भुइँ स्याउको उत्पादनसँगै उद्यममा जोडिँदै महिला
फिदिम ३ का देउमान श्रेष्ठलाई श्रीमती हिमाकुमारी सोही वडामा गठन भएको सुनौलो नाम्दु अर्ग्यानिक भुईँ स्याउ उत्पादन महिला समूहको सदस्य बन्दा खुसी लागेको थिएन ।
खाद्य ऐनले तोक्यो पाँच लाखसम्म जरिबाना
खाद्य पदार्थ बिक्रीवितरण तथा निकासी पैठारीमा लापर्बाही गरेमा वा स्वच्छतामा ध्यान नदिएमा त्यस्ता व्यवसायीका लागि सरकारले कडा कारबाहीको व्यवस्था गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हालै ल्याएको खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ मा सो व्यवस्था गरिएको हो । अनुमतिपत्र नलिई खाद्य व्यवसाय सञ्चालन गरेमा, पैठारी गर्नुअघि अनुमति नलिएको, दूषित खाद्य पदार्थको उत्पादन, प्रशोधन, निकासी, पैठारी, बिक्रीवितरण गरेमा पचास हजारदेखि पाँच लाख रुपियाँसम्म र पाँच वर्ष कैद वा दुवै सजाय हुने ऐनमा उल्लेख छ । मानव उपभोगका लागि देहायको कुनै अवस्थाको दूषित खाद्य पदार्थको उत्पादन, प्रशोधन, निकासी, पैठारी, सञ्चय, ढुवानी वा बिक्रीवितरणका लागि राख्न वा गर्न, गराउनमा ऐनले पूर्ण रूपमा बन्देज लगाएको छ ।
नेपालमा उत्पादित कटहर सीमावर्ती भारतीय बजारमा लोकप्रिय
धनुषामा उत्पादित कटहर भारतीय बजारमा लोकप्रिय हुँदैगएको छ । विगतमा यातायातको सुविधा नभएका कारण नेपाली बजारमा मात्र बिक्री हुने कटहर अहिले भारतीय बजारमा बिक्री वितरण भइरहेको छ, जसबाट ग्रामीण क्षेत्रका युवाले आर्थिक लाभ लिन थालेका छन् ।
अर्गानिक कृषि उपजको बजारीकरण गर्दै राजभण्डारी
विषादीयुक्त कृषि उपजले बजार लिइरहेका बेला बागलुङ बजारका सुवास राजभण्डारी अर्गानिक कृषि उपजको बजारीकरणमा व्यस्त हुनुहुन्छ ।
थाहाको आलु (फोटो फिचर)
मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिका–४ को नयाँ गाउँ आलु खेतीका लागि प्रख्यात मानिएको छ । चर्चा नै कमाएपछि यहाँको त्रिभुवन राजपथ छेउमा आलुको स्तम्भ नै निर्माण गरिएको छ ।
धान नबिकेपछि झापाका किसान चिन्तित
गत चैतमा उत्पादित चैते धान नबिकेपछि झापाको कचनकवल गाउँपालिकाका किसान चिन्तित बनेका छन् । केही समयअघि स्थानीय व्यापारीलाई किसानले प्रतिमन रु एक हजार ५० देखि रु एक हजार दुई सयसम्ममा धान बिक्री गरे पनि हाल बिक्री ठप्प भएको कचनकवल गाउँपालिका–२ का किसान दुर्गाप्रसाद थापाले बताउनुभयो ।
अनुदानको मल वितरण व्यवस्थापन निर्देशिका संशोधन हुँदै
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अनुदानको मल वितरण व्यवस्थापन निर्देशिका २०७७ लाई संशोधन गर्ने भएको छ । मल पर्याप्त भए पनि त्यसलाई वितरण तथा व्यवस्थापनमा समस्या देखिएका कारण त्यसलाई सरल र सहज बनाउनका लागि ऐन संशोधन गर्न लागिएको कृषि मन्त्रालयका प्रवक्ता एवं सहसचिव सवनव शिवाकोटीले बताउनुभयो । रासायनिक मल वितरणका लागि कृषि मन्त्रालयले निर्देशिका तयार गरी सोही अनुसार तीन वटै तहमा मल वितरण तथा व्यवस्थापन सुरु गरेको थियो तर त्यसमा समस्या देखिएका कारण त्यसलाई संशोधन गर्न लागिएको उहाँले बताउनुभयो । निर्देशिका अनुसार मल आयात र बिक्रीवितरण भइरहेको थियो । संशोधनका लागि मन्त्रालयका सहसचिव रामकृष्ण श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको छ । सो समितिले संशोधनका लागि कार्य गरिरहेको उहाँले बताउनुभयो ।
लिमीमा उवा छर्ने चटारो
नाँम्खा गाउँपालिका-६ को हिमालपारिको गाउँ लिमीका तीन गाउँलाई यतिबेला उवा छर्ने चटारो छ । सदा झैँ यस वर्ष लिमीवासीले दुई महिनापछि उवा छर्ने गरेको पाइएको हो ।
सुनसरीको बाढी प्रभावित क्षेत्रमा रोपाइँ सुरु
सुनसरी खोलाको बाढीको उच्च जोखिममा रहेको क्षेत्रमा किसानले धान रोपाई सुरु गरेका छन् । बाढी प्रभावित क्षेत्र मानिने भोक्राहा नरसिंह गाउँपालिका ५ र ७ नम्बर वडाका स्थानीय किसान अहिले धान रोपाइँमा व्यस्त बनेका छन् ।
फाँटभरी काँक्रो खेती (फोटो फिचर)
काँक्रोले भरिएको सुन्दर फाँट । फाँटदेखि माथि चिटिक्क परेको गाउँ । हालै मात्र कालोपत्रे भएको सडक । यो दृश्य पर्वतको जलजला गाउँपालिका ७ धाइरिङस्थित सल्यानको फाँट हो । सल्यान गाउँ ताजा तरकारी र बिउ उत्पादनको पकेट क्षेत्र हो ।
विद्यालयभित्र फलफूल बगैँचा
झट्ट हेर्दा फलफूलको बगैँचा जस्तै लाग्छ । दुई दर्जन बढी फलफूलका बिरुवा विद्यालयको प्राङ्गणमा देखिन्छ । बगैँचाभित्र अहिले २० बोटमा लटरम्मै आँप फलेको छ । यहाँ पुग्ने जो कोहीलाई टक्क रोकिन्न मन लाग्छ र फलेका आँप हेरिरहूँ जस्तै हुन्छ ।
बागलुङमा जेठमै रोपाइँ सुरु
बागलुङका किसानलाई जेठ महिनामै धान रोपाइँको भ्याइनभ्याइ छ । असार लाग्न केही दिन बाँकी छदै किसानहरू रोपाइँमा व्यस्त भएका छन् । सिँचाइ सुविधा भएका स्थानहरूमा यतिखेर धान रोपाइँको चटारो सुरु भइसकेको छ ।
धान उत्पादन वृद्धि हुने अनुमान
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का वैज्ञानिकले वर्षाका कारण यस पटक धान उत्पादनमा वृद्धि हुने अनुमान गरेका छन् । आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने अनुमान जल तथा मौसम विज्ञान विभागले गरेको छ । पर्याप्त पानी प¥यो भने धानको उत्पादनमा वृद्धि हुने धानका वैज्ञानिक रामवरण यादवले बताउनुभयो । धान खेतीका लागि २५ सय मिलिलिटर पानी आवश्यक पर्ने गरेको बताउँदै उहाँले कतिपय ठाउँमा क्षेत्रमा औसत करिब नौ सय मिलिलिटर पानी पर्छ तर १५ सय मिलिलिटरभन्दा बढी पानी प¥यो भने धानका लागि राम्रो हुने गरेको बताउनुभयो ।
कैलालीमा चैते धान खेतीतर्फ आकर्षण बढ्दै
कैलालीको घोडाघोडी नगरपालिका-८ का ५४ वर्षीय बुझाउन चौधरी चैते धान भित्र्याउने तयारीमा हुनुहुन्छ । तीन वर्षदेखि चैते धानको खेती गरिरहेका उहाँले यस पटक पनि पाँच कट्ठा जमिनमा धान लगाउनुभएको छ । उहाँ त्यही धान भित्र्याउने तयारीमा हुनुहुन्छ ।
व्यावसायिक कृषिमा आकर्षित हुँदै कोदारका किसान
भोजपुर नगरपालिका–७ वडा कार्यालय कोदारले किसानका लागि ‘प्रोत्साहन कार्यक्रम’ सञ्चालन गरेपछि यहाँका किसान व्यावसायिक कृषिमा आकर्षित हुँदै गएका छन् ।
साउनदेखि गुणस्तर ऐन कार्यान्वयनमा
‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१’ जारी भए पनि अगामी आर्थिक वर्षदेखि मात्र कार्यान्वयनमा आउने भएको छ । यो ऐन अनुसार विभिन्न नियमावली बनाउने गृहकार्य भइरहेको हुनाले अगामी आवको साउन १९ गते कार्यान्वयनमा ल्याउने कृषि तथा पशुपन्छी विकास मन्त्रालय (कृषितर्फ) का सचिव डा. दीपक खरालले बताउनुभयो ।
ब्रान्डिङ गरिँदै लहानको आँप
आँपको राजधानी मानिएको लहानको मालदह आँप ब्रान्डिङ गरेर काठमाडौं पठाउने तयारी भएको कृषि शाखा लहानले जनाएको छ ।
तरकारी खेतीमा कृषकको हौसला बढाउँदैछ प्रदेश सरकार
बिहान झिसमिसेदेखि गोधुली साँझसम्म खेतबारीमा नङ्ग्रा खियाउँदा पनि भनेजस्तो आम्दानी नहुँदा कुनैबेला अगमशेर राई दिक्क बन्नुहुन्थ्यो । तर प्रविधिको विकासले उहाँको कामलाई अहिले सहज बनाइदिएको छ ।
बाँझो जग्गामा सामूहिक किवी खेती
गुल्मीमा २३ जना कृषकहरू मिलेर ५४० रोपनी क्षेत्रफलमा सामूहिक किवी खेती गरेका छन् । जिल्लाको काली गण्डकी गाउँपालिका वडा नम्बर एक सिरकोटमा वर्षौँ देखी बाझिएको जग्गालाई सदुपयोग गर्दै ५४० रोपनी क्षेत्रफलमा व्यवसायी रूपमा किवी खेती गरेका हुन् ।
राजा च्याउले पाउन थाल्यो बजार
नेपाली बजारमा च्याउको प्रजाति ‘राजा च्याउ’ ले बजार र चर्चा पाउन थालेको छ । एनसी एग्रो टेक इन्डस्ट्रिजले उत्पादन र बजारीकरण गर्दै आएको किङ ओयस्टर जातको उक्त च्याउ ‘राजा च्याउ’ को नामबाट उत्पादन गरेर नेपाली बजारमा बिक्री वितरण हुँदै आएको छ । ‘एनसी एग्रो टेक इन्डस्ट्री’ का निर्देशक दीपकप्रसाद न्यौपानेको पहलमा सुरु गरिएको ‘राजा च्याउ’ को उत्पादनले बजार लिन थालेको हो । व्यापारकै सिलसिलामा कोरोना महामारीभन्दा केहीअघि चीन पुग्दा उहाँले स्थानीय बजारमा उक्त च्याउको माग धेरै भएको महसुस गरेपछि यसको व्यावसायिक उत्पादन सुरु गरेको बताउनुहुन्छ ।
रोजगारी नपाएपछि मौरीघार उद्योग सञ्चालन, वार्षिक २५ लाख कमाइ
कास्कीको पोखरा महानगरपालिका-३१ बेगनासका सूर्यप्रसाद लामिछाने मौरीपालनमा जोडिएको १८ वर्ष बित्यो ।
धानको बीउ छर्दै
सुनसरीको गढी गाउँपालिका ३ छिटाहामा बिहीबार धानको बीउ छर्दै किसान । यतिबेला किसानलाई धानको बीउ राख्न धमाधम छ ।
खलङगामा धान रोपाइँ
प्युठान नगरपालिकाको अन्नभण्डारको रुपमा चिनिने बिजुवार फाँटमा धान रोप्दै किसान
किसानलाई आधारभूत सीप प्रदान
बेनी नगरपालिकाका किसानहरूलाई एकीकृत शत्रुजीव व्यवस्थापन (आइपिएम) कृषक पाठशाला मार्फत ज्ञान र सीप प्रदान गरिएको छ ।