तनहुँ र लमजुङमा रासायनिक मलको अभाव नहुने
तनहुँ र लमजुङका कृषकले धान तथा मकै खेतीका लागि रासायनिक मलको अभाव झेल्नु नपर्ने भएको छ ।
खडेरीले बिउ सुकेपछि किसानलाई खेत बाँझै रहने चिन्ता
बाजुराका अधिकांश ठाउँमा लामो समयसम्म परेको खडेरीका कारण धमाधम धानको बिउ (बेर्ना) सुक्न थालेका छन् ।
किसानलाई डालेघाँसका ६४ हजार बिरुवा वितरण
भूसंरक्षणसँगै पशुपालनमा जोड दिने उद्देश्यले यस वर्ष चार जिल्लाका किसानलाई डालेघाँसका ६४ हजार बिरुवा वितरण गरिएको छ ।
चित्लाङमा दूध दिने बाख्राको विकास गरिँदै
दूध उत्पादन भन्ने बित्तिकै आम उपभोक्ता र किसानले गाई वा भैँसीपालन सम्झन्छन् तर दैनिक चार लिटर दूध दिने ‘सानन’ जातको बाख्रा हुन्छ भन्दा धेरैलाई अचम्म लाग्न सक्छ ।
खिजीदेम्बाको कृषि उत्पादन बजारीकरण गरिने
जिल्लाको खिजीदेम्बा गाउँपालिकाको कृषि उत्पादन बजारीकरण गरिने भएको छ । गाउँपालिकाभित्र उत्पादन हुने कृषि उत्पादनहरु बजारीकरण गरिने भएको हो ।
बिमाको रकम दिने तयारीमा सरकार
कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले कृषि बिमाका लागि दिनुपर्ने अनुदान रकम दिने तयारीमा सरकार लागेको बताउनुभएको छ । उहाँले कृषि मन्त्रालयले माग गरेको ९७ करोड रुपियाँ अर्थ मन्त्रालयबाट स्वीकृत भएर आउनेबित्तिकै त्यो वितरण हुने बताउनुभयो । आइतबार नेपाल पशु चिकित्सा परिषद्को डिजिटल काउन्सिल र पुस्तकालयको उद्घाटन तथा आइएसओ ९००१:२०१५ को लोकार्पण कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
फेवाफाँटमा रोपाइँ महोत्सव तयारी
पोखराको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले हुँदैआएको रोपाइँ महोत्सव यस वर्ष पोखरा महानगरपालिका –२३ फेवाफाँटमा हुने भएको छ ।
किसानलाई कृषि सामग्री सहयोग
सहकारी संस्थामा आबद्ध अगुवा किसानलाई कृषि सामग्री सहयोग गरिएको छ । व्यावसायिक तरकारी खेतीबाट आम्दानी बढाउन सहयोग गर्न कृषि सामग्री सहयोग गरिएको हो ।
व्यावसायिक केरा खेतीबाट राम्रो आम्दानी
पछिल्लो समय युवा जनशक्तिले देशमा अवसर नदेखेर विदेशिनेक्रम बढ्दो छ । आर्थिक उन्नति र पारिवारिक दायित्वको बाध्यताले वैदेशिक रोजगारीको सपना बुन्दै राहदानीका लागि दैनिक सयौँ युवा प्रशासनमा भिड लगाउँदै आएका छन् ।
उखु र मकै बालीमा क्षति
महोत्तरीमा लामो समयदेखि वर्षा नहुँदा उखु र मकै खेती सुक्न थालेका छन् । मौसम विभागले देशभर मनसुन सक्रिय भएको जनाए पनि महोत्तरीमा एक पटक मात्र पानी परेको छ ।
कृषकलाई मर्कामा पर्न दिइने छैन : मन्त्री साह
कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले दुग्ध विकास संस्थान (डिडिसी) मा काम गर्ने कर्मचारीका कारण डिडिसी घाटामा गएको बताउनुभएको छ । डिडिसीमा अनियमितता छ, बिचौलियाहरू हाबी छन्, हिसाब किताब चुस्त राखिँदैन भन्दै उहाँले व्यवस्थापनकै कारण संस्था घाटामा गएको बताउनुभयो । नेकपा (एमाले) निकट उपभोक्ता हित संरक्षण तथा सुशासन केन्द्रीय विभागद्वारा शुक्रबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा उहाँले भन्नुभयो, “संस्थानलाई निजीकरण गरेर भए पनि समस्या समाधान हुन्छ । कृषकलाई मर्कामा पर्न दिइने छैन ।”
यो बर्खेबालीमा मल अभाव हुँदैन : मन्त्री साह
कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले यसपाली वर्षा याममा रासायनिक मल खादको अभाव नहुने बताउनुभएको छ । रासायनिक मल आउनेक्रम जारी रहेकाले मल अभाव नहुने उहाँको भनाइ छ ।
खडेरीले मकै सुक्न थाले, टारीखेतमा रोपाइँ गर्न समस्या
असारको पहिलो हप्ता बितिसक्दा पनि पानी नपरेपछि किसान चिन्तित बनेका छन् । लामो समयको खडेरीका कारण बारीमा लगाएका मकै सुक्न थालेपछि किसान चिन्तित बनेका हुन् ।
आजदेखि पनौती हिले जात्रा सुरु
काभ्रेपलाञ्चोकको ऐतिहासिक नगर पनौतीमा एक हजार चार सय २० वर्षदेखि मनाइँदै आइएको हिले जात्रा आजदेखि सुरु हुँदै छ ।
भक्तपुरका किसानलाई धान रोप्ने चटारो
यस वर्ष मनसुन चाँडै सुरु भएपछि भक्तपुरका किसानलाई धान रोपाइँको चटारो परेको छ । भक्तपुरका चारवटै नगरपालिकाका खेतहरुमा यतिखेर धान रोप्ने किसानको लर्को देखिन्छ ।
रासायनिक मलको अभाव हुँदैनः मन्त्री साह
कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले चालु आर्थिक वर्ष र आगामी आर्थिक वर्षमा रासायनिक मलको अभाव नहुने बताउनुभएको छ ।
व्यावसायिक भैँसी पालनबाट मनग्य आम्दानी
घोराही उपमहानगरपालिका-६ बचाहामा बाबुराम वलीले विगत तीन वर्षदेखि व्यावसायिक भैँसी पाल्दै आउनुभएको छ । उहाँले बाबुराम बहुउद्देश्यीय कृषि तथा पशुपन्क्षी नामको फार्म दर्ता गर्नुभएको छ ।
भद्रपुर नगरपालिकाद्वारा करेसाबारी प्रवर्द्धन गर्न किसानलाई सहयोग
भद्रपुर नगरपालिकाले किसानलाई करेसाबारी तालिम दिएर कृषि सामग्री पनि वितरण गरेको छ । चालु आवमा सहरी क्षेत्र लक्ष्यित करेसाबारी प्रवर्द्धन कार्यक्रमअन्तर्गत करेसाबारीमा तरकारी खेती विस्तार गर्न नगरपालिकाले किसानलाई सहयोग गरेको हो ।
रहरले थालेको बाख्रा पालन : बन्यो बोयर बाख्रा उत्पादन केन्द्र
बेनी नगरपालिका-३ भकिम्लीका धनबहादुर श्रीषले रहरमा सुरु गरेको बाख्रा पालन व्यावसायिक बनेपछि अगुवा किसानको पहिचान बनाउनुभएको छ ।
पालुङटारको लिची किन्न व्यापारी बारीमा
गोरखाको पालुङटार नगरपालिकामा विगत लामो समयदेखि व्यावसायिक रुपमा खेती गर्दै आएका पालुङटार नगरपालिका – ७ च्याङलिङ आहालेबरका ईश्वर श्रेष्ठले आफ्नो ४५ रोपनी जग्गामा लगाएको लिची खरीद गर्न मकवनापुरदेखि व्यापारी उहाँको बारीमा नै आएको बताउनुभएको छ ।
कृषि प्रवर्धनका लागि एफएओ र एएफयुबिच सम्झौता
कृषक समुदायको उत्थान तथा कृषिमा जलवायु कार्यलाई सम्बोधन गर्न संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) र नेपालको कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु) बिच समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्रीसमेत रहनुभएका कृषि तथा वन विज्ञान विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा भुटान र नेपालका लागि (एफएओ) का प्रतिनिधि केन सिमिजु र कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्राडा पुण्यप्रसाद रेग्मीले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको छ ।
कुलेखानी जलाशयमा नौ लाख माछाका भुरा छोडियो
मकवानपुरको कुलेखानीमा नौ लाख माछाका भुरा छोडिएको छ । इन्द्रसरोवर रिजरभ्वायरको जलीय जैविक विविधता संरक्षणका लागि नौ लाख २० हजार माछाको भुरा छाडिएको हो । मत्स्य विकास केन्द्र, कुलेखानी मकवानपुरले ८ लाख र प्राकृतिक जलाशय मत्स्य प्रवर्धन एवं संरक्षण केन्द्र हेटौँडाले एक लाख २० हजार माछाका भुरा कुलेखानी जलाशयमा छाडेका हुन् ।
मेसिनले धान रोप्न सिकाउँदै कृषि प्राविधिक
चितवनको राप्ती नगरपालिका २ गड्यौलीमा मेसिनले धान रोप्न सिकाउँदै कृषि प्राविधिक । यहाँको आधुनिक तरकारी तथा फलफूल कृषि उत्पादक सहकारी संस्थालाई प्राधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाइ चितवनले ५० प्रतिशत अनुदानमा धान रोप्ने मेसिन उपलब्ध गराएको हो ।
चैते धान काटेर खेतमा नराख्न नार्कको सुझाव
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले आगामी साता कोशी, मधेश, बागमती प्रदेशमा मनसुनी हावाको प्रभाव रहने देखिएको हुँदा चैते धानबाली काटेर खेतमा नछाड्न किसानलाई जानकारी गराएको छ । नार्क अन्तर्गतको राष्ट्रिय कृषि वातावरण अनुसन्धानले बुलिटन प्रकाशित गरी सो कुराको जानकारी गराएको हो । किसानहरू यतिखेर चैते धान घर भित्र्याउने चटारोमा रहेको र मनसुन पनि सक्रिय हुन लागेको अवस्थामा किसानलाई समयमा सचेत गराउनका लागि यो जानकारी गराएको केन्द्रका प्रमुख डा. ध्रुवराज भट्टराईले बताउनुभयो ।