• १२ साउन २०८१, शनिबार

उच्च मूल्यका जडीबुटी खेतीको प्रवर्द्धन गर्न गुणस्तरीय बिरुवा उत्पादन गर्ने

blog

काठमाडौं, जेठ १५ गते । सरकारले उच्च मूल्यउक्त जडीबुटी खेतीको प्रवर्द्धन गर्न गुणस्तरीय बिरुवा उत्पादन गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसदमा आगामी आर्थिक वर्ष २०८१-८२ को बजेट प्रस्तुत गर्दै यस्तो बताउनुभएको हो ।

जडीबुटीको व्यापार सहजीकरण गर्न प्रयोगशाला प्रमाणीकरण गर्ने व्यवस्था मिलाउने, प्रशोधन गरी जडीबुटीको निर्यात गर्ने, हिमाली क्षेत्रका यार्चागुम्बा लगायतका उच्च मूल्य जडीबुटीको अनुसन्धान गरिने उहाँले बताउनुभयो ।