मातृसत्तात्मक डोल्पो
नेपालको जातीय, सांस्कृतिक, हावापानीलगायतमा व्यापक विविधता छ । यति सानो देशमा रहेको विविधतालाई स्पष्ट पार्न नेपालका मानार्थ नागरिक, भूगर्भ वैज्ञानिक तथा सामाजिक अध्येता स्विट्जरल्यान्डका टोनी हेगेनले नेपाललाई ‘एसियाको जातीय गोलमेच’ भनेका छन् । नेपाली विविधताको एउटा सौन्दर्य हो डोल्पो जाति ।