युक्रेनमा रहेको चेर्नोबिल ऊर्जा संयन्त्रमा सन् १९८६ अप्रिल २६ मा भयङ्कर परमाणु दुर्घटना भएको थियो । दुर्घटनाको शक्तिले चार रेक्टर स्केलको भूकम्प नै आयो तथा हिरोसिमा र नागासाकीमा अमेरिकाले पड्काएका परमाणु बमले भन्दा पनि धेरै मात्रामा रेडियोधर्मी विकिरण चेर्नोबिल वरिपरि कैयौँ किलोमिटर क्षेत्रफलमा फैलिन पुग्यो ।
यसरी पैmलिएको रेडियोधर्मी विकिरण बेलारुस, युक्रेन तथा युरोपका केही क्षेत्रसम्म पुगेको थियो । यी सबैको नतिजाको कारण थियो ‘दी एलिफेन्ट्स फुट’ अर्थात् हात्तीको खुट्टा, जो चेर्नोबिल क्षेत्रभित्र गहिराइमा अवस्थित पग्लिएको परमाणु इन्धन हो । ‘दी एलिफेन्ट्स फुट’ नामबाटै यो परिचित छ ।
सन् १९८६ मा युक्रेनी परमाणु दुर्घटनाबाट भएको उत्पादनलाई ‘एलिफेन्ट्स फुट’ का रूपमा वर्णन गरिएको छ । कोरियम र अन्य धातुको उच्च रेडियोधर्मी मिश्रण हो यो, जो ठूलो परिमाणमा छ । परमाणु दुर्घटनापछि चेर्नोबिलको भूमिगत परमाणु संयन्त्रमा यो मिश्रण बनेको थियो ।
परमाणु भट्टीको पग्लिएको ‘कोर’ भट्टी रहेको मुख्य भवनको भूमिगत कक्षमा चिसो पानीको सम्पर्कमा आउँदा ‘एलिफेन्ट्स फुट’ सिर्जना हुन पुग्यो । भट्टीका इन्धनरूपी छडहरू खण्डित भए र परमाणु इन्धन बाहिर निस्कियो, जो पानी र सतहको कङ्क्रिटसँग मिसिँदा ‘एलिफेन्ट्स फुट’ बनेको थियो ।
यस प्रक्रियामा ‘एलिफेन्ट्स फुट’ अर्थात् हात्तीको खुट्टा भन्ने शब्द कसरी आयो भन्ने प्रश्न उठ्नु स्वाभाविक हो । पग्लिएको पदार्थले अन्नतः हात्तीको खुट्टा जस्तो स्वरूप लिएकाले त्यसलाई ‘एलिफेन्ट्स फुट’ भनिएको हो । ‘एलिफेन्ट्स फुट’ का कारण चौतर्फी ठूलो जनधनको नोक्सानी भयो । रेडियोधर्मी विकिरणका कारण मानिसलगायतका जीवजन्तु क्षणभरमै मर्न सक्थे । यसैले मानव जीवनको रक्षा गर्न जोखिम क्षेत्रबाट तीन लाख ३६ हजार मानिसलाई रातारात अन्यत्र सारिएको थियो । साथै परमाणु संयन्त्रको ३० किलोमिटर परिधिलाई रेडियोधर्मिताको जोखिम क्षेत्र भनी खाली गराइयो ।
सङ्क्षेपमा भन्नु पर्दा चेर्नोबिलको ‘एलिफेन्ट्स फुट’ आफ्नो अत्यन्त घातक रेडियोधर्मी विकिरणका कारण निकै खतरनाक छ । एक अनुमानअनुसार मानिसका लागि यसको जोखिम घातक सीमाभन्दा लगभग पाँच सय गुणा बढी छ ।
यसलाई यसरी बुझ्न सकिन्छ, यदि ‘एलिफेन्ट्स फुट’ को विकिरणको प्रभावमा केही मानिस प¥यो भने केही मिनेटमा उसको मृत्यु हुनेछ ।
चेर्नोबिलको भूमिगत कक्षमा ‘एलिफेन्ट्स फुट’ रहेको छ र आज पनि अत्यधिक रेडियोधर्मी विकिरण भएका कारण त्यहाँ मानिसलाई जान दिइएको छैन ।
चेर्नोबिल दुर्घटना किन भयो ?
इतिहासले भन्छ, चेर्नोबिल परमाणु दुर्घटनामा मानवीय गल्ती र यान्त्रिक पक्षलाई दोष दिन मिल्छ । मानवीय गल्ती र भट्टीको त्रुटिपूर्ण डिजाइनको संयोजन थियो चेर्नोबिल दुर्घटनामा ।
सन् १९८६, अप्रिल २५ का दिन संयन्त्रका कामदार ऊर्जा उत्पादन प्रणालीलाई आपत्कालीन रूपमा बन्द गर्नुपर्दाको अवस्थाका बारेमा परीक्षण गरिरहेका थिए तर परीक्षणका लागि राम्रोसँग तयार नभएका उनीहरूले सुरक्षाका केही प्रणालीलाई निष्क्रिय गरिराखेका थिए । जसको नतिजा उनीहरूले परमाणु भट्टी बन्द गर्ने प्रयास गर्दा त्यसमा विस्फोट भयो र हावामा रेडियोधर्मी पदार्थ चारैतिर पैmलियो ।
विस्फोटले परमाणु भट्टी रहेको भवनको छत नै उछिट्टियो तथा भट्टी र नजिकका अन्य भवनमा समेत आगलागी भयो । अग्निसमन टोली घटनास्थलमा सक्रिय भए पनि उनीहरूसँग आपत्कालीन परमाणु दुर्घटनाको अवस्थासँग जुध्ने यथोचित उपकरण थिएन । आगलागी नियन्त्रण गर्ने प्रयासमा उल्टै रेडियोधर्मी पदार्थ उनीहरूले यताउता पैmलाएर परिस्थिति झनै बिगारे । जसको नतिजा विस्फोट र आगलागीबाट परमाणु भट्टीको करिब पाँच प्रतिशत इन्धन बाहिर निस्कियो, जुन जलेर चारैतिर रेडियोधर्मी विकिरण पैmलिन पुग्यो ।
समग्रमा भन्नुपर्दा करिब ५० जना अग्निनियन्त्रकको मृत्यु तत्कालको रेडिएसन सिन्ड्रोमले भयो । साथै नौ बालबालिकाले थायराइड क्यान्सरका कारण ज्यान गुमाए । विस्फोटपछिको कोलाहल र दौडधुप तथा क्षति कल्पना बाहिरको कुरा थियो ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार चेर्नोबिल घटनाका कारण करिब चार हजार मानिसको मृत्यु भयो । अधिकांश मानिसको मृत्यु रेडियोधर्मी विकिरणले गर्दा लागेको क्यान्सरका कारण भएको थियो ।
घटनाको छानबिनबाट पत्ता लाग्यो, भट्टीमा विस्फोट हुँदा दुई जना श्रमिकको मृत्यु भएको थियो । विकिरणको प्रभावले गर्दा बिरामी परेका २८ श्रमिकको एक हप्तापछि निधन भयो । तीन लाखभन्दा बढी मानिसलाई त्यस क्षेत्रबाट अन्यत्र सारियो तर वातावरणमा परेको प्रभावको असर अझै देख्न सकिन्छ । विकिरणको धेरथोर प्रभाव परेकाहरू धेरै वर्षपछिसम्म घातक रोगबाट पीडित हुनुप-यो । सन् २००५ मा विशेषज्ञहरूले गरेको अनुमानअनुसार थप चार हजार मानिसको मृत्यु विकिरणको दीर्घकालीन प्रभावले भएको थियो । दुर्घटनापछि चेर्नोबिल वरिपरि २६ सय वर्गकिलोमिटर क्षेत्रफललाई बसोबास र प्रवेश अयोग्य इलाका तोकियो र यो क्षेत्र अझै पनि निर्जन नै छ ।
चेर्नोबिलको ‘एलिफेन्ट्स फुट’ एक स्मृति सन् १९८६ देखि चेर्नोबिलको ‘एलिफेन्ट्स फुट’ले चेर्नोबिल ऊर्जा संयन्त्रमा भएको भयानक घटनाको याद दिलाउँछ ।
पग्लिएको परमाणु इन्धन र अन्य पदार्थले परमाणु शक्तिको खतरा तथा त्यसमा सुरक्षा उपायको महìव सम्झना गराउँछ । ‘एलिफेन्ट्स फुट’ लाई सदाका लागि निस्तेज बनाउने व्यापक प्रयास हुँदाहुँदै पनि यो वातावरण र मानव स्वास्थ्यका लागि ठूलो खतरा रहेकै छ ।
–युवामञ्च