द्वैध चरित्रले भयो जर्मनी विभाजन

जर्मनीलाई भोगचलनका आधारमा चार क्षेत्रमा विभाजित गर्ने अस्थायी उपाय अन्ततः शीतयुद्धमा एक राष्ट्र विभाजनको कारण बन्यो । जतिबेला सन् १९४५ मे ८ मा मित्रराष्ट्रहरू युरोपमा जितको विजय दिवस मनाइरहेका थिए बेलायती सैनिक कमान्डर बर्नार्ड ल मन्टगोमरीले आफ्ना सैनिकलाई सचेत गराउँदै भने, “हामीले जर्मनीसँगको युद्ध जितेका छौँ । अब हामीले शान्ति हासिल गरौँ ।”