• १७ असार २०७९, शुक्रबार

समुद्रमा वर्ष दिन पौँठेजोरी

blog

सालभरि जहाज फसिरह्यो, जहाजको पिँधलाई बरफले धकाल्ने र अठ्याउन छाडेन । अन्ततः सन् १९१५ अक्टोबर २७ मा बरफमा एक उच्च चापको लहर उठ्यो, त्यसले जहाजको पृष्ठभाग माथि उठाइदियो । अनि त्यसको पतवार र तल्लो भाग धुजा हुन पुग्यो । बरफिलो पानी अब जहाजमा पस्न थाल्यो । 

“यो डुब्न थाल्यो साथी हो,” कोही कराए, “भाग्ने बेला भयो ।”

ब्रिटिस अन्वेषण पानीजहाज एचएमएस इन्ड्युरेन्स एन्टार्कटिकामा १० महिना पहिले समुद्रमा जमेको बरफमा फसेदेखि नै अर्नेस्ट स्याकल्टन र उनको चालकदलका सदस्यहरू आइपर्ने यस्तै अवस्थाको तयारी गरेर बसेका थिए । 

अन्वेषणको नेतृत्व लिइरहेका स्याकल्टनले एन्टार्कटिकाको वेडल समुद्रको तटमा एक आधार शिविर स्थापना गर्ने लक्ष्य लिएका थिए ।  

जहाजमा बसेर आफ्नो दिन बिताइरहेकाहरूले आफ्ना सरसामान जहाजबाट निकालेर बरफमा राखे र त्यहीँ शिविर खडा गरे । २५ दिनपछि जहाजको भग्नावशेष फेरि हल्लियो र एचएमएस इन्ड्युरेन्स सदाका लागि बरफमा बिलायो । 

स्याकल्टनको कमानमा रहेका सबै २७ जना अविश्वसनीय रूपमा एन्टार्कटिकाको थकाउ अन्वेषणमा बाँचे तर उनीहरूको जहाज डुब्यो र इतिहासमा बिलिन भयो– १०६ वर्षसम्म ।

सन् २०२२ मार्च ९ मा वैज्ञानिक र साहसीहरूको एक दलले एन्टार्कटिकाको वेडल समुद्रको पिँधमा एचएमएस इन्ड्युरेन्सको अवशेष खोजेको घोषणा ग¥यो । सो अन्वेषण दलले समुद्रमुनि सञ्चालन गर्न सकिने यन्त्र र ड्रोनद्वारा एचएमएस इन्ड्युरेन्सको अवशेष खोजेको थियो । उनीहरूले निर्मल र बरफिलो पानीमा लामो समयदेखि १० हजार फिटमुनि रहेको काठे जहाजका तस्बिर समेत सार्वजनिक गरे । 

१६ दिनसम्म उनीहरूले भयङ्कर लहर र तेज वायुको प्रहार सहे, डुङ्गाबाट पानी बाहिर फ्याँक्ने र पालबाट बरफ हटाउने काम उनीहरूले गरिरहनु प-यो ।

एन्टार्कटिका जानका लागि एचएमएस इन्ड्युरेन्सले सन् १९१४ डिसेम्बर ५ मा आन्ध्र महासागरको दक्षिणमा अवस्थित ब्रिटेन अधिनस्त साउथ जर्जियाबाट प्रस्थान गरेको थियो । त्यसमा २७ पुरुष तथा लुकेर सवार भएका थप एक जना थिए । ६९ कुकुर र एक ढाडे बिरालोलाई समेत सँगै लगिएको थियो । अन्वेषणको नेतृत्व लिइरहेका स्याकल्टनले एन्टार्कटिकाको वेडल समुद्रको तटमा एक आधार शिविर स्थापना गर्ने लक्ष्य लिएका थिए । त्यसअघि दुई पटक यस्तै अन्वेषणमा स्याकल्टनलाई सफलता मिलेको थिएन, उनी दक्षिणी ध्रुवमा जसरी पनि पुग्न चाहन्थे । 

उनीसहितको सानो अन्वेषण दल त्यहाँबाट पहिले त महादेशीय जल क्षेत्रलाई पार गरेर न्युजिल्यान्डको दक्षिणमा रहेको रोज समुद्रमा पुग्ने, जहाँ उनीहरूको प्रतीक्षा गरिरहेको अर्को दलले अगाडिको यात्राका लागि रसदपानी जहाजमा लाद्ने योजनाअनुसार काम भइरहेको थियो । 

एलिफेन्ट टापुमा प्रत्येक बिहान फ्रान्क वाइल्डले सबैलाई फटाफट आफ्ना झिटीगुन्टा बाँध्न भन्दथे । कमान्डर आज आइपुग्ने छन् ! हरेक दिन उनले यस्तै आदेश दिए । उनका सहयोगी दिन प्रतिदिन उदास र आशङ्कित हुन थाले ।

साउथ जर्जियाबाट प्रस्थान गरेको दुई दिनपछि एचएमएस इन्ड्युरेन्स एन्टार्कटिका महादेशको वरिपरि बाक्लो बरफ जमेको समुद्री सीमा क्षेत्रमा प्रवेश ग¥यो । कैयौँ हप्तासम्म जहाजले धक्का खाँदै, बरफ फुटाल्दै आफ्नो बाटो बनाएर अगाडि बनायो, सुस्तरी यात्रा गर्दै जहाज दक्षिणतिर लागिरह्यो तर जनवरी १८ मा अचानक आएको उत्तरी आँधीले पानीमा तैरिएका बरफका पत्रलाई जमिनतिर जोरले धकालेर खाँदिदियो, बरफका पत्र आपसमा टाँसिएर झनै कडा बन्न पुगे । एकाएक अब जहाजलाई न त अगाडि बढ्ने न त फर्कने नै बाटो बाँकी रह्यो । चालकदलका एक सदस्य थोमस अर्डी लिसका शब्दमा– इन्ड्युरेन्स चारैतिरबाट घेरियो, चकलेट बारभित्र बदम रहे जसरी बरफमा जहाज फस्यो । 

त्यति बेला उनीहरू एक दिनभित्रै निर्धारित स्थानमा पुग्न सक्थे तर बरफको मन्द प्रवाहले उनीहरूलाई दिन प्रतिदिन पर पर लग्दै गयो । उनीहरूसँग अब दैनिकी निर्धारण गर्ने र हिउँदयाम सकिने प्रतीक्षा गर्नुबाहेक केही विकल्प थिएन । 

जहाजमा सँगै गएका एक शल्यचिकित्सक अलेक्जेन्डर म्याकलिनले लेखेका छन्, स्याकल्टनले कतै रोष प्रकट गरेनन् वा निराशाको अलिकति पनि सङ्केत देखाएनन् । उनले हामीहरूलाई सरलता शान्तिपूर्वक भने, हामीले बरफमा हिउँद बिताउनु पर्छ । यसको जोखिम र सम्भावनाका बारेमा उनले व्याख्या गरे, उनले आफ्नो आशा गुमाएनन् र हिउँदको तयारी गर्नमा लागे ।”

उनीहरूले एचएमएस इन्ड्युरेन्सलाई बरफको पन्जाबाट निकाल्न सक्दो प्रयत्न गरे । साथसाथै लामो समय बाँच्ने यत्न पनि थालियो । चालक दलका सदस्यले अपनाउन सक्ने सबै कोसिस गरे, आफूसँग भएका सबै उपाय उनीहरूले अपनाए, त्याग गर्न सकिने सबथोकसँग माया मारियो । जहाजमा भार घटाउन बाइबल, अन्य पुस्तक, लुगाफाटो, उपकरण, दानदान्तव्य सबै वस्तु हटाइयो । केही कुकुरलाई गोली हानेर मारियो, अरूलाई मार्दाको जस्तो सन्ताप ढाडे बिरालोलाई मार्दा पनि भयो तर उनीहरूसँग विकल्प थिएन । 


बरफ जमेको समद्रमै हिँडेर अगाडि बढ्ने आरम्भिक योजना बनाइयो र त्यसअनुसार उनीहरूले कदम पनि चाले तर सात दिनमा मात्र १२ किलोमिटर दूरी तय गर्न सकिएपछि यो योजना त्याग गरियो ।  

स्याकल्टनले लेखेका छन्, “कुनै विकल्प थिएन तर पानीमा तैरिरहेको बरफको पत्रमा एक पटक फेरि शिविर खडा गर्ने तथा त्यहाँबाट उम्कनका लागि अनुकूल परिस्थिति सिर्जना नहुन्जेलसम्म धैर्य राख्नुबाहेक हामी के नै गर्न सक्थ्यौँ ।”

सुस्तरी तथा एकनासले बरफ थप उत्तरतिर प्रवाहित हुन थाल्यो र सन् १९१६ अप्रिल ७ मा क्लेरेन्स एन्ड एलिफेन्ट टापुहरूको हिउँले सेताम्मे शिखर देखिन थाले, यसबाट उनीहरूमा आशाको लहर दौडियो । 

आफ्नो डायरीमा स्याकल्टनले लेखेका छन्, तैरिरहेका बरफको पत्रले हामीलाई राम्रो साथ मिलिरहेको थियो तर ती आफ्नो यात्राको अन्त्यमा पुग्दै थिए र कुनै पनि बेला धुँजा धुँजा पर्न सक्थे ।”

अप्रिल ९ मा त्यस्तै भयो, उनीहरूको मुनि ठूलो धाँजा परेर बरफ विभक्त हुन सुरु भयो । स्याकल्टनले शिविर उठाउन र डुङ्गा पानीमा उतार्न आदेश दिए । एकैछिनमा उनीहरूले अन्ततः त्यस बरफलाई छाडे, जसले उनीहरूलाई सुख र दुःख दुवै दिएको थियो । 

अब उनीहरूका अगाडि सङ्घर्ष गर्नुपर्ने नयाँ शत्रु थियो, खुला समुद्र । त्यसले उनीहरूको अनुहारमा चिसो पानीका छिटा फ्याँक्ने र शरीरलाई बरफिलो पानीले रुझाइरहेको थियो । समुद्रले डुङ्गाहरूलाई कहिले यता त कहिले उता पछार्ने गर्नुका साथै अनेक समस्यासँग सङ्घर्ष गरिरहेका उनीहरूलाई जीवनमरणको अवस्थामा ल्याइपु¥यायो । 

यति हुँदा पनि कप्तान वर्सलेले समुद्रमा छ दिन रहँदासम्म पानीका छिटा र वायु प्रवाहको दिशाबाट जलमार्ग निर्धारित गरिरहे । त्यति बेलासम्म क्लेरेन्स एन्ड एलिफेन्ट टापुहरू मात्र ४८ किलोमिटर पर देखिइरहेका थिए । सबै जना निकै थाकिसकेका थिए । वर्सले नसुतेको ८० घण्टा भइसकेको थियो । त्यहाँ कोही समुद्री बिरामी (सिसिकनेस)ले त कोही झाडापाखालाले ग्रस्त भएका थिए । स्याकल्टनका उपकमान्डर फ्रान्क बाइल्डले त्यस अवस्थाको बयान गर्दै लेखेका थिए, कमसे कम आधा जति विक्षिप्त अवस्थामा थिए । तैपनि उनीहरू आफ्नो लक्ष्यमा पुग्न दृढतापूर्वक जुटेकै थिए र अप्रिल १५ मा उनीहरू एलिफेन्ट टापुको तटमा आइपुगे । 

चार सय ९७ दिन पहिले साउथ जर्जियाबाट प्रस्थान गरेका उनीहरूले पहिलो पटक सुक्खा स्थानमा पाइला टेकेका थिए तर उनीहरूको अग्नि परीक्षा अझै सकिएको थिएन । उनीहरूकहाँ कोही आइपुग्ने सम्भावना निकै कम थियो र नौ दिन आराम गरेर स्वास्थ्यलाभ प्राप्ति तथा तयारीपछि स्याकल्टन, वर्सले र अन्य चार जना सहयोग खोज्न एक लाइफबोट जेम्स केयर्डमा सवार भए । १२ सय ८७ किलोमिटर टाढा रहेको साउथ जर्जियाको ह्वेलिङ स्टेसन जान त्यहाँबाट समुद्री यात्रामा लागे । 

१६ दिनसम्म उनीहरूले भयङ्कर लहर र तेज वायुको प्रहार सहे, डुङ्गाबाट पानी बाहिर फ्याँक्ने र पालबाट बरफ हटाउने काम उनीहरूले गरिरहनु प¥यो । स्याकल्टनले डायरीमा लेखे, मेघगर्जन गर्ने जस्तो बादलमुनि ठूला लहरले निरन्तर डुङ्गालाई झट्का दिइरह्यो । समुद्रको हरेक छाल एक यस्तो शत्रु जस्तो थियो जसलाई हेर्ने र असफल बनाउने प्रयत्न गर्नु प¥यो । उनीहरू लक्ष्यको निकै नजिक हुँदासम्म तेज हावा र ठूला छाल कुनै पनि बेला हावी हुने सम्भावना बनिरह्यो । 


भोलिपल्ट हावाको तेज कम भयो र उनीहरू मानव बसोबास भएको क्षेत्र छेउमा आइपुगे । सहयोग लगभग प्राप्त हुने अवस्था थियो तर समस्या यतिमै समाप्त भएन । आँधीले जेम्स केयर्डलाई गलत मार्गमा हुत्याइदियो । उनीहरूको डुङ्गा ह्वेलिङ स्टेसन रहेको टापुको अर्को किनाराको तटमा पुग्यो । यस कारण स्याकल्टन, वर्सले र टम क्रिएनले पैदलै लक्ष्यतिर बढ्नु प¥यो । उनीहरूले पहाड चढे, ग्लेसियरमा चिप्लिए । यस्तो बाटोमा हिँडे जहाँ यसअघि मानिसले हिँडेका थिएनन् । ३६ घण्टासम्म यात्रामा जोरजुलुम गरी उनीहरू स्टेसनमा आइपुगे । 

ह्वेलिङ स्टेसनमा यसरी तीन अपरिचित अकस्मात् आइपुग्ने सम्भावना थिएन । त्यसमा पनि पहाडतिरबाट त निश्चय नै कोही पनि आउने छैन । तैपनि उनीहरू त्यहाँ थिएनन् । उनीहरूको कपाल, दाह्री बेढङ्गका थिए, करिब दुई वर्षदेखिको तनाव र कठिनाइले उनीहरूको अनुहार डढाएको जस्तो कालो र चाउरिएको थियो । 

स्टेसन मेनेजर थोराल्फ सोर्लका अगाडि तीन जना उभिँदाको क्षणलाई नर्वेजेली ह्वेल सिकारीले यसरी बयान गरेका छन् । मेनेजरले भने, तिमीहरू यस्ता को मानिस हौ ? र भद्दा दाह्री भएका मानिसले सुस्तरी भने, “मेरो नाम स्याकल्टन हो ।” म त्यहाँबाट गएँ र रुन थालेँ ।”

जेम्स केयर्डमा सवार भएर आएका अन्य तीन सदस्यलाई समेत बचाउ गरिएपछि तुरुन्तै सबैको ध्यान एलिफेन्ट टापुमा रहेका बाँकी २२ जनाको उद्दारमा केन्द्रित भयो । तैपनि यो अन्तिम कार्य अनेक पक्षबाट धेरै नै प्रयत्न गर्नु पर्ने र समय लाग्ने भयो । स्याकल्टनले उद्धारका लागि प्रस्थान गरेको पहिलो जहाज विस्तारै बरफिलो समुद्रमा अगाडि बढ्दा इन्धनको समस्या आएर फकल्यान्ड टापु फर्कन बाध्य भयो । उरुग्वेको सरकारले उनीहरूलाई एउटा जहाज दियो र त्यो जहाज एलिफेन्ट टापुको १६१ किलोमिटरको दूरीमा पुग्दा बरफले त्यसलाई समेत समस्यामा पा¥यो । 

एलिफेन्ट टापुमा प्रत्येक बिहान फ्रान्क वाइल्डले सबैलाई फटाफट आफ्ना झिटीगुन्टा बाँध्न भन्दथे । कमान्डर आज आइपुग्ने छन् ! हरेक दिन उनले यस्तै आदेश दिए । उनका सहयोगी दिनप्रति दिन उदास र आशङ्कित हुन थाले । 

सन् १९१६ अगस्त म्याकलिनले यस्तो लेखे, उद्धार जहाजको व्यग्रतापूर्वक प्रतीक्षा गरियो  । तीमध्ये केहीले आशा मारिसकेका थिए ।

स्याकल्टनले चिलीबाट यल्चो नामको तेस्रो जहाज प्राप्त गरे । अन्ततः सन् १९१६ अगस्त ३० मा स्याकल्टन र उनका सहयोगीहरूको सङ्घर्षको गाथा सम्पन्न भयो । टापुमा रहेकाहरू सिल माछा पकाएर दिउँसोको भोजन गर्न बसेका मात्र के थिए, उनीहरूले तट नजिकै यल्चोलाई देखे । जेम्स केयर्ड गएको १२८ दिन भइसकेको थियो र यल्चो देखा परेको एक घण्टाभित्र एलिफेन्ट टापुको तट क्षेत्रमा निर्माण गरिका शिविर उठाइयो र टापुबाट सबैले बिदा लिए । आन्ध्र महासागरमा यात्रा सुरु गरेको २० महिनापछि समेत एचएमएस इन्ड्युरेन्सको चालक दलका सबै सदस्य जीवित र सुरक्षित थिए । 

स्याकल्टनको चाकदलका सदस्यहरू चामत्कारिक रूपमा ब्रिटेन फर्किंदा उनीहरूको जहाज साथमा थिएन । एक शताब्दीभन्दा बढी समय एचएमएस इन्ड्युरेन्स इतिहासको सबैभन्दा मायावी जहाजका रूपमा समुद्रको गहिराइमा रह्यो । सन् २०२२ मा समुद्री खोजकर्ता र वैज्ञानिकहरूको एक टोलीले वेडल समुद्रको पिँधमा सो जहाजको अवशेष पत्ता लगाए, जुन पहिले रेकर्ड गरिएको  जहाज डुबेको क्षेत्रबाट करिब साढे छ किलोमिटर दक्षिणमा पर्दछ ।   

स्याकल्टन कहिल्यै पनि दक्षिण धु्रवमा पुग्न सकेनन् वा एन्टार्कटिका पार गर्न सके । उनले एक पटक फेरि आन्ध्र महासागरको अन्वेषणमा निस्किए तर एचएमएस इन्ड्युरेन्समा साथमा गएकाहरूले नयाँ यात्राका क्रममा स्याकल्टन धेरै कमजोर र आत्मविश्वास नै कम भएको महसुस गरे । सन् १९२२ जनवरी ५ मा साउथ जर्जियामा रहेको एक जहाजमा हृदयाघातबाट उनको निधन भयो । उनी मात्र ४७ वर्षका थिए । – हिस्ट्रीबाट उमेश ओझाद्वारा अनुवादित तथा सम्पादित ।