• १३ वैशाख २०८१, बिहिबार

वस्तुगत–खण्डअन्तर्गत लोकसेवा आयोगबाट सोधिने नमुना प्रश्नको उत्तर

blog

राष्ट्रिय–सन्दर्भ

१. नागरिक लगानी कोषको स्थापना कहिले भएको हो ?

वि.सं. २०४७ चैत ४

 देशको आर्थिक विकासका लागि सर्वसाधारण जनतालाई समेत बचत गर्न प्रोत्साहन गरी लगानीका अवसर बढाउन, अवकाश कोष तथा सामाजिक सुरक्षणका कार्यक्रम सञ्चालन गर्न र पुँजीबजारमा गतिशीलता ल्याउने प्रमुख उद्देश्यका साथ नागरिक लगानी कोष ऐन, २०४७ अनुसार स्थापित यो संस्थाले वि.सं. २०४८ माघ १ गतेदेखि कारोबार सुरु गरेको ।

कोषले सर्वसाधारण, विभिन्न सङ्गठित सङ्घ–संस्थामा कार्यरत कर्मचारी, कामदार तथा सङ्गठित सङ्घ–संस्थाबाट समेत विभिन्न कार्यक्रमअन्तर्गत बचत सङ्कलन गरी त्यसरी सङ्कलित बचत रकमलाई दक्ष र व्यावसायिक ढङ्गबाट लगानी प्रबन्ध गर्दै आएको ।

कोषले स्वदेश र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लक्षित गरी नागरिक पेन्सन योजनासमेत सञ्चालन गर्दै आएको ।

कोषले केन्द्रीय कार्यालय काठमाडौँ एवं शाखा कार्यालय पोखरा, विराटनगर र बुटवलबाट सेवाप्रवाह गरिरहेको । यससँगै कोषले 

सुदूरपश्चिम प्रदेशको अत्तरियामा शाखा सञ्चालनको प्रक्रिया अघि बढाएको ।

कोषले मर्चेन्ट बैङ्कका रूपमा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक, सेयर रजिस्ट्रार, धितोपत्र तथा डिवेन्चरको प्रत्याभूति गर्ने कार्य गरिरहेको साथै दोस्रो बजारतर्फ सेयर तथा डिवेन्चरको खरिद बिक्रीलगायतका पुँजीबजारको विकास, विस्तार र स्थायित्व प्रदान गर्ने जस्ता महìवपूर्ण कार्यसमेत गर्दै आइरहेको ।

कोषलाई सक्षम ट्रस्टी संस्थाका रूपमा स्थापित गराउने, स्वीकृत अवकाश कोष, उपदान तथा पेन्सन कोष एवं बीमा कोषलगायतका कार्यक्रमको दायरा विस्तार गर्नेतर्फ समेत कोष कार्यरत रहेको ।

कोषको कर्मचारी बचत वृद्धि अवकाश कोष, उपादान कोष, लगानीकर्ता हिसाब योजना, नागरिक एकाङ्क योजना, नागरिक पेन्सन योजना, बीमाकोेष योजनाअन्तर्गत निजामती बीमा कोष, शिक्षक बीमा कोष, नार्क बीमा कोष, सैनिक बीमा कोष, सशस्त्र प्रहरी बीमा कोष, राष्ट्रिय अनुसन्धान बीमा कोष, सरकारी ऋणपत्र, बचत पत्र तथा धितोपत्रमा लगानी जस्ता कार्यक्रम कार्यान्वयनमा रहेका ।

वि.सं. २०७८ पुस मसान्तसम्म कोष रु. एक खर्ब ८४ अर्ब ९० करोड रुपियाँ बराबरको स्रोत परिचालन गर्न सफल भएको । यो अवधिमा कोषले रु. एक खर्ब ८३ अर्ब ९१ करोड लगानी गरेको ।

पुँजीगत संरचना

अधिकृत पुँजी : रु. आठ अर्ब

जारी पुँजीः रु. आठ अर्ब

चुक्ता पुँजीः रु. तीन अर्ब २७ करोड

उपर्युक्त अनुसारको पुँजीगत संरचनामा देहायबमोजिमको सेयर स्वामित्व रहेको ः

१. नेपाल सरकार : २३.३४ प्रतिशत

२. नेपाल स्टक एक्सचेन्ज लि : १०.०० प्रतिशत

३. राष्ट्रिय बीमा संस्थान : ३१.५५ प्रतिशत

४. अन्य बैङ्क तथा वित्तीय संस्था : १५.११ प्रतिशत

५. सर्वसाधारण : २०.०० प्रतिशत

२. नेपालमा कृषि तथा पशु बीमाको सुरुवात कहिलेदेखि भएको हो ?

वि.सं. २०६९

३. अन्तर्राष्ट्रिय विकास सहायता परिचालन नीति कार्यान्वयन समितिको अध्यक्ष को हुने व्यवस्था छ ?

अर्थमन्त्री

४. सरकारद्वारा राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा कसलाई नियुक्त गरियो ?

महाश्रम शर्मा 

५. राष्ट्रिय शिक्षक सेवा आयोगको स्थापना कहिले भएको हो ?

वि.सं. २०५५

६. जल तथा ऊर्जा आयोगको अध्यक्ष को हुने प्रावधान छ ?

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री

७. जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत निर्माण गरिने जलविद्युत् आयोजनामध्ये सबैभन्दा ठूलो जलविद्युत् आयोजना कुन हो ?

माथिल्लो अरुण जलविद्युत् आयोजना

७. हालै पुनर्निर्माण गरिएको धरहराको उचाइ कति रहेको छ ?

९२.२५ मिटर

८. झापाको बिर्तामोडमा प्रदेश गौरव भिलेजको स्थापना कहिले गरिएको हो ?

वि.सं. २०७७ फागुन १८

९. जात्रा र पर्वको सहर भनी कुन सहरलाई चिनिन्छ ?

भक्तपुर 

१०. हेरिटेज ट्रेक सम्पदा पदमार्गको लम्बाइ कति रहेको छ ?

२.२ किलोमिटर

(विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोकादेखि स्वयम्भूसम्म)

११. सुर्खेत–हिल्सा सडकलाई के नामकरण गरिएको छ ?

प्रधानमन्त्री अन्तर्राष्ट्रिय द्रुत मार्ग

१२. महाकावि लक्ष्मीप्रसाद देवकोटाका एउटै नामका दुई  कृति के के हुन् ?

पहिलोः वसन्ती (नेपाली झ्याउरे गीतिकाव्य, २००९) र दोस्रो ः वसन्ती 

(लघुकाव्य, २०३९)

१३. नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय स्तरको प्रमाणपत्र कहिले प्राप्त गरेको हो ?

वि.सं. २०७४ असार २०

१४. ‘नेपाली कलाको रुपरेखा ः प्राचीन र मध्यकालीन’ नामक कृतिका लेखक को हुन् ?

सत्यमोहन जोशी

१५. देशको जनसङ्ख्याको अनुपातको आधारमा वैदेशिक रोजगारीका लागि सबैभन्दा धेरै नागरिक विदेशिने राष्ट्रमा नेपाल कतिऔँ स्थानमा रहेको छ ?

दोस्रो (पहिलो ः लेबनान)

१६. बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ अनुसार वाणिज्य बैङ्कका अध्यक्षले पद तथा गोपनीयताको शपथ लिने सम्बन्धमा के व्यवस्था रहेको छ ?

गभर्नरसँग लिनुपर्ने 

१७. वैज्ञानिक अनुसन्धानको क्षेत्रमा लाग्दै आएका प्रा.डा. कालुराम खम्बूको नामबाट उनले नै पत्ता लगाएको भ्यागुतोको नाम के राखिएको छ ?

कालुराम फ्रग

(उनले सर्प र भ्यागुतासम्बन्धी विषयमा विद्यावारिधि गरेका ।)

१८. नेपालमा पहिलो पटक राष्ट्रिय सुरुक्षा नीति कहिले आएको हो ?

वि.सं. २०७३ वैशाख ३०

१८. नेपालमा विद्युतीय राहदानीको सुरुवात कहिलेदेखि भएको हो ?

वि.सं. २०७८ मङ्सिर १

पहिलो विद्युतीय राहदानी संस्कृतिविद् सत्यमोहन जोशीले प्राप्त गरेका ।

चिप्स एवं विद्युतीय बारकोडसहितको यो पासपोर्ट बढी सुरक्षित मानिने ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आईकाओ) ले यसलाई सुरक्षित पासपोर्ट भनी परिभाषित गरेको ।

हालसम्म विश्वका १२० भन्दा बढी मुलुकले ई–पासपोर्ट जारी गरेका ।

नेपालमा जारी ई–पासपोर्टको प्रथम पृष्ठमा सगरमाथाको चित्र अङ्कित रहेको ।

१९. नेपालमा अप्टिकल फाइबर बिछ्याउने कार्यको सुरुवात कहिलेदेखि गरिएको हो ?

वि.सं. २०७६ जेठ ६

‘डिजिटल पूर्वाधार समृद्धिको आधारः हाम्रो प्रयास सूचना प्रविधिको विस्तार’ नाराका साथ अप्टिकल फाइबर बिछ्याउने कार्य धादिङको गल्छीका साथै सिन्धुलीका्े खुुर्कोट र धनकुटाको हिलेबाट सुरुवात भएको ।

अप्टिकल फाइबरमार्फत उच्च गतिको ब्यान्डविथ प्रवाह गर्न सकिने ।

२०. नेपालमा आमनिर्वाचन दिवस कहिलेदेखि मनाउन थालिएको हो ?

वि.सं. २०७३

नेपालमा वि.सं. २०१५ फागुन ७ मा पहिलो आमनिर्वाचन भएको सम्झनामा हरेक वर्ष फागुन ७ का दिन यो दिवस मनाउन थालिएको ।

२१. बागमती प्रदेशको पहिलो बालमैत्री नगरपालिका कुन हो ?

भीमेश्वर न.पा., दोलखा

२२. प्रमुख निर्वाचन आयुक्त वा निर्वाचन आयुक्तको पदमा नियुक्तिका लागि आवश्यक पर्ने न्यूनतम शैक्षिक योग्यता कति हो ?

स्नातक तह

२३. खस आर्य भन्नाले कुन–कुन जाति बुझिन्छ ?

ब्राह्मण, क्षेत्री, ठकुरी, सन्न्यासी–दशनामी

२४. नेपालसँग हवाई सम्झौता भएको प्रथम राष्ट्र कुन हो ?

भारत

२५. नेपालसँग हवाईसेवा सम्झौता भएको ४०औँ राष्ट्र कुन हो ?

अस्ट्रेलिया

२६. नापी विभागद्वारा धरातलीय स्वरूपबारे जानकारी हासिल गर्नका लागि लाइडर सर्भेको सुरुवात कहिले गरिएको हो ?

वि.सं. २०७८ वैशाख २१

२७. नेपालमा किसान सूचीकरण राष्ट्रिय अभियानको सुरुवात कहिलेदेखि गरिएको हो ?

वि.सं. २०७७ फागुन २२  

कृषि तथा पशुपक्षी विकास मन्त्रालयले तयार पारेको किसान सूचीकरण व्यवस्थापन प्रणालीको शुभराम्भ गर्दै अभियान थालनी गरिएको । 

सूचीकरण अभियानपश्चात् सरकारबाट उपलब्ध हुने सेवा सुविधा वास्तविक किसानले पाउने विश्वास गरिएको ।

युरोपियन युनियनको सहयोगमा किसान सूचीकरण व्यवस्थापन प्रणाली कार्यक्रम सञ्चालन भएको ।

२८. नेपालको वर्तमान संविधानअनुसार राज्यको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकासम्बन्धी अधिकार एवं अवशिष्ट अधिकारसमेतलाई के भनिन्छ ?

राज्यशक्ति 

२९. महिला र पुरुषबीच समानता कायम गर्न सार्वजनिक साधनस्रोतको न्यायोचित विनियोजन गर्ने प्रकृतिको बजेटलाई के भनी चिनिन्छ ?

लैङ्गिक बजेट

नेपालमा आ.व. २०६४÷६५ देखि लैङ्गिक बजेट लागू गरिएको । 

महिला र पुरुषबीच समानता कायम गर्न सहयोग पु¥याउनु, बजेट कार्यक्रम र आयोजनाबाट महिलाको क्षमता अभिवृद्धि गर्नु, महिला र पुरुषका भिन्न भिन्न आवश्यकतालाई भिन्न भिन्न प्रकारले सम्बोधन गर्नु, आयोजना चक्रका सबै प्रक्रियामा महिलाको सक्रिय एवं सार्थक सहभागिता गराउनु, लाभको बाँडफाँटमा महिलाको हिस्सा वृद्धि गर्नु, सार्वजनिक स्रोत साधनको न्यायोचित वितरण गर्नु लैङ्गिक बजेटको उद्देश्य रहेको ।


अन्तर्राष्ट्रिय–सन्दर्भ

३०. क्षेत्रफलका हिसाबले सबैभन्दा ठूलो आसियान राष्ट्र कुन हो ?

इन्डोनेसिया (जनसङ्ख्याका हिसाबले पनि ठूलो रहेको ।)

क्षेत्रफलका हिसाबले सबैभन्दा सानो आसियान राष्ट्र–सिङ्गापुर 

आसियानको एक मात्र भूपरिवेष्ठित राष्ट्र– लाओस

३१. लागू पदार्थको उत्पादन तथा ओसारपसारको राजधानी मानिने गोल्डन ट्रयाङ्गल कुनकुन देशको सीमामा पर्दछ ?

थाइल्यान्ड, लाओस र म्यानमार

३२. विश्वमा सबैभन्दा बढी विद्युत् उत्पादन गर्ने राष्ट्र कुन हो ?

चीन

३३. पाँच शक्ति राष्ट्र अमेरिका, रुस, चीन, बेलायत र फ्रान्स परमाणु अस्त्र विस्तार अन्त्य गर्ने सम्बन्धमा कहिले सहमत भएका हुन् ?

सन् २०२२ जनवरी ४

३४. १८ करोड वर्ष पुरानो समुद्री डाइनोसरको कङ्काल कहाँ फेला परेको छ ?

बेलायत (सन् २०२२ जनवरी १५)

३५. कुन राष्ट्रले सन् २०२१ मा क्तबतभ या झभचनभलअथ यखभच मचगन खष्यभिलअभ घोषणा गरेको हो ?

इक्वेडर

३६. विश्वकै ठूलो खगोल विज्ञान सङ्ग्रहालय कहाँ रहेको छ ?

साङ्घाई (चीन)

सङ्ग्रहालयको क्षेत्रफल ३९ हजार वर्गमिटर रहेको । 

तौलविहीनता अनुभव गर्न सकिने यस सङ्ग्रहालयमा ब्रह्माण्डका तारालगायतका पिण्ड एवं गतिविधिको अवलोकन गर्न सकिने ।

यस परियोजनाको डिजाइन थोमस बोङ्गले गरेका ।

यो सङ्ग्रहालय सन् २०२१ जुलाई १८ देखि सर्वसाधारणका लागि खुला गरिएको ।

३७. गोल्डन कार्ड भिसा प्रचलनमा ल्याउने राष्ट्र कुन हो ?

यूएई

३८. बिट क्वाइनलाई वैधता दिने पहिलो मुलुक कुन हो ?

एलसाल्भाडोर

३९. अस्ट्रेलियाले बेल्ट एन्ड रोड ईनीसीएटीभ परियोजना कहिले रद्द गरेको हो ?

सन् २०२१ अप्रिल २१ (बीआरआई परियोजना रद्द गर्ने यो पहिलो राष्ट्र हो ।)

४०. संविधान सभाबाट संविधान निर्माण गर्ने विश्वको पहिलो राष्ट्र कुन हो ?

फ्रान्स (सन् १७९१)

४१. ‘माई प्याड माई राइट’ कार्यक्रमको सुरुवात कसले गरेको हो ?

त्रिपुरा राज्य (भारत)

४२. एसिया प्रशान्त आर्थिक सहयोग (ब्एभ्ऋ) को स्थापना कहिले भएको हो ?

सन् १९८९

स्थापना कालमा १२ देश मात्र रहेको यस सङ्गठनमा हाल २१ सदस्य राष्ट्र छन् ।

यसको प्रधान कार्यालय सिङ्गापुरमा रहेको ।

यस संस्थाको पहिलो सम्मेलन सन् १९८९ मा अस्ट्रेलियामा सम्पन्न भएको ।

४३. हिन्द महासागर र बङ्गालको खाडीमा चल्ने वायुलाई के भनी चिनिन्छ ?

साइक्लोन 

(थार तथा गोवी मरुभूमिमा बहने तातो हावालाई ‘लु’ भनी चिनिने ।)

४४. उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो) को स्थापना कहिले भएको हो ?

सन् १९४९ अप्रिल ४

४५. गरिबी तथा अभावबाट बालबालिकाको मुक्तिका लागि स्थापित संस्था Compassion International (CI) को स्थापना कहिले भएको हो ?

सन् १९५२

(यसको मुख्यालय अमेरिकाको क्लोराडोमा रहेको ।)

४६. इजरायल र यूएईबीच शान्ति सम्झौता कहिले भएको हो ?

सन् २०२० सेप्टेम्बर १५

४७. विश्व इतिहासमा ‘म्यान अफ ब्लड एन्ड आइरन भनी कसलाई चिनिन्छ ?

विस्मार्क

४८. रावलपिण्डी रिजोलुसन नामक कार्यक्रम केसँग सम्बन्धित छ ?

बाल मजदुरी उन्मूलन

४९. ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) को सुरुवात कुन देशबाट भएको हो ?

अमेरिका

यो प्रविधि पहिलो पल्ट सन् १९७३ मा अमेरिकी रक्षा विभागमा प्रयोगमा ल्याइएको । पूर्ण क्षमताका साथ यो सन् १९९५ देखि प्रयोगमा आएको ।

आकाशबाट लिइएको चित्रबाट सम्बन्धित ठाउँको बारेमा जानकारी लिन सकिने यो प्रविधिको विकासमा बाडफोर्ड पार्किन्सन, रोजर एल एस्टोन र इभान ए गेटिङको योगदान रहेको ।

यो स्पेस–बेस्ड स्याटेलाइट नेभिगेसन सिस्टम हो ।

५०. ‘जीवन साइकलको सवारी जस्तै हो, जसमा सन्तुलन कायम राख्न निरन्तर चलिरहनु आवश्यक छ ।’ भन्ने भनाइ कसको हो ?

अल्बर्ट आइन्स्टाइन, वैज्ञानिक 

५१. हिंसात्मक प्रदर्शन भएपछि काजखस्तानका राष्ट्रपति कास्यत जोमार्त तोकाएभद्वारा सरकार विघटन गरी सङ्कटकाल लागू कहिले गरियो ?

सन् २०२२ जनवरी ५

विविध

५२. उद्योग दिवस २०७८ को नारा के रहेको छ ?

स्वदेशी उद्यम र उत्पादन ः दिगो औद्योगिक पुनरुत्थान

५३. ‘ग्रिन डिल अफ दी इयर २०२१’ उपाधिबाट सम्मानित हुने नेपाली बैङ्क कुन हो ?

एनएमबी बैङ्क

५४. वन्यजन्तु एक बासस्थानबाट अर्को बासस्थानमा आवतजावत गर्ने बाटोलाई के भनिन्छ ?

जैविक मार्ग

५५. भिक्टोरिया क्रस विजेता तुलबहादुर पुनको सम्मानमा कुन मुलुकले रेलवे सेवाको नामकरण गरेको छ ?

बेलायत

५६. नयन नाच कुन जातिमा प्रचलनमा रहेको छ ?

मगर

५७. कोरोना महामारीका बेला नेपालका विभिन्न पर्यटकीय गन्तव्यमा अलपत्र परेका पर्यटकलाई उद्धार गरेबापत नेपाल कुन अवार्डबाट सम्मानित भएको हो ?

बेस्ट रेस्पोन्स टु दी प्यान्डेमिक अवार्ड २०२१ 

चर्चित म्यागजिन (एड्भेन्चर एवं ट्राभलसम्बन्धी) वन्डरलस्टद्वारा सो अवार्ड प्रदान गरिएको ।

नेपालले विभिन्न नौ मुलुकलाई पछाडि पार्दै सो अवार्ड प्राप्त गरेको ।

५८. शरीरमा राता रक्तकोष वा हेमोग्लोबिनको कमी भएमा कुन रोग लाग्दछ ?

रक्तअल्पता

५९. विश्व खेलकुद महोत्सव ओलम्पिकको आयोजना गर्ने पहिलो एसियाली सहर कुन हो ?

जापानको टोकियो 

(जापानको टोकियामा सन् १९६४ मा ओलम्पिक खेलकुद प्रतियोगिता आयोजना गरिएको ।)

६०. फोब्र्स अन्डर थर्टी एसिया २०२१ मा पर्न सफल नेपाली प्रतिभा को हुन् ?

गौरिका सिंह (पौडी खेलाडी)

६१. सूचना तथा सञ्चारको सबैभन्दा पुरानो सेवा कुनलाई मानिन्छ ?

हुलाक सेवा

६२. तीन आयाम भन्नाले केलाई बुझिन्छ ?

लम्बाइ, चौडाइ र उचाइ

६३. “जोसँग सन्तोषरूपी धन छ उही नै वस्तुतः धनी हो, जसको तृष्णा धेरै छ ऊ धनी भएर पनि परम निर्धनी हो ।” भन्ने विचारक को हुन् ?

शङ्कराचार्य 


लेखन/संयोजन :टङ्क के. सी.