१. सन् २०२५ मा भौतिकशास्त्रतर्फको नोबेल पुरस्कारबाट सम्मानित हुने व्यक्तित्व को–को हुन् ?
जोन क्लार्क (बेलायत), मिसेल एच डेभरेट (फ्रान्स) र जोन एम मार्टिनिस (अमेरिका)
नोबेल पुरस्कार–२०२५
२. फिफाद्वारा २३ औँ विश्वकप फुटबल २०२६ को आधिकारिक बल कहिले सार्वजनिक गरियो ?
सन् २०२५ अक्टोबर २
– बलको नाम : ट्रिओन्डा
– ‘ट्री’ भन्नाले तीन आयोजक राष्ट्र (अमेरिका, क्यानडा र मेक्सिको) र ‘ओन्डा’ भन्नाले स्पेनिस/पोर्चुगिज भाषामा ‘तरङ्ग’ हुने । यस अनुरूप पहिलो पटक तीन देशद्वारा सहआयोजित विश्वकपको सांस्कृतिक एवं भावनात्मक महìव झल्काउने ।
– सन् २०२६ विश्वकपका सबै खेलमा यही बल प्रयोग हुने जनाइएको ।
– विश्वकप आयोजना मिति : सन् २०२६ जुन ११ – जुलाई १९
– सहभागी राष्ट्र : ४५ (पहिलो पटक ४५ राष्ट्रको सहभागिता, यसअघि सहभागी राष्ट्र :३२)
– उद्घाटन खेल : जुन ११, मेक्सिको, अज्टेका स्टेडियम
– फाइनल खेल : जुलाई १९, अमेरिका, मेटलाइफ स्टेडियम
३. पद्मश्री साधना सम्मान २०८२ कसलाई प्रदान गरियो ?
रमा शर्मा
– पद्म श्री गौरव पुरस्कार : प्राध्यापक अभि सुवेदी
– पद्म श्री साहित्य पुरस्कार : रमेश भुसाल (कृति : छालबाटो)
– पुरस्कार राशि : जनही तीन लाख रुपियाँ
४. विश्व बैङ्कले सन् २०२५ अक्टोबरमा सार्वजनिक गरेको ‘साउथ एसिया डेभलपमेन्ट रिपोर्ट’ अनुसार आव २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर कति हुने प्रक्षेपण छ ?
२.१ प्रतिशत
– विश्व बैङ्कले जेनजी आन्दोलनका कारण परिवर्तित राजनीतिक परिस्थितिका कारण नेपालको आर्थिक वृद्धिमा कटौती हुने जनाएको ।
– यस अघि अप्रिलमा विश्व बैङ्कले ५.२ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको थियो ।
– विश्व बैङ्कका अनुसार नेपालमा बेरोजगार दर २२.७ प्रतिशत रहेको ।
– आव २०८३/८४ मा भने नेपालको आर्थिक वृद्धिदर ४.७ प्रतिशत हुने विश्व बैङ्कले प्रक्षेपण गरेको ।
दक्षिण एसियाली राष्ट्रहरूको स्थिति (सन् २०२५)
भुटान – ७.३ प्रतिशत
भारत – ६.५ प्रतिशत
बङ्गलादेश – ४.८ प्रतिशत
माल्दिभ्स – ३.९ प्रतिशत
श्रीलङ्का – ३.५ प्रतिशत
समग्र दक्षिण एसियाको औसत आर्थिक वृद्धिदर – ५.८ प्रतिशत
५. एयर इन्डियाको ड्रिम लाइनर ७८७ जहाज (नयाँ दिल्लीबाट लन्डनका लागि उडेको) कहिले दुर्घटनाग्रस्त भएको हो ?
सन् २०२५ जुन १२ (२४१ जनाको दुःखद निधन भएको, एक जना बाँच्न सफल ।)
६. निर्धारित समयमा दर्ताका लागि नआएसँगै फेसबुकलगायतका सामाजिक सञ्जालमाथि कहिले प्रतिबन्ध लगाइएको थियो ?
विसं २०८२ भदौ १९ (जेनजी आन्दोलन भएसँगै भदौ २३ गते नै प्रतिबन्ध फुकुवा गरिएको ।)
७. सरकारले भूमि समस्या समाधान आयोग खारेज गर्ने निर्णय कहिले गरेको हो ?
विसं २०८२ असोज २३
– भूमि समस्या समाधान आयोग गठन आदेश २०८१ बमोजिम गठन भएको आयोग र सबै जिल्ला समिति खारेज गर्ने निर्णय गरेको ।
८. सरकारले हालै कुन जिल्लालाई विपत् सङ्कटग्रस्त जिल्ला घोषणा ग¥यो ?
इलाम (विसं २०८२ असोज २३)
– इलामलाई तीन महिनाका लागि विपत् सङ्कटग्रस्त जिल्ला घोषणा गरिएको ।
९. इजरायल र हमासबिच कहिलेदेखि लागु हुने गरी युद्धविराम सम्झौता भएको हो ?
सन् २०२५ अक्टोबर ११
– युद्धविराम सम्झौतामा युद्धविराम सुरु भएको ७२ घण्टाभित्र बन्धकलाई रिहा गरिने जनाइएको ।
– बन्धकको सट्टा इजरायलले आफ्ना जेलमा रहेका सयौँ प्यालेस्टिनी कैदीलाई रिहा गर्ने ।
१०. बिमस्टेक बडापत्रमा कति धारा रहेका छन् ?
३६
– प्रस्तावना ल्याइएको : सन् २०१८ (चौथो सम्मेलन, नेपाल)
– बडापत्रमा हस्ताक्षर : ५ औँ सम्मेलन (सन् २०२२, श्रीलङ्का)
– नेपालको तर्फबाट बडापत्रमा हस्ताक्षर गर्ने : तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा
– बडापत्रमा हस्ताक्षर गर्ने एक मात्र राष्ट्रपति : श्रीलङ्काबाट गोटाबाया राजापाक्षे
– हस्ताक्षर भएको मिति : सन् २०२२ मार्च ३०
– बडापत्रमा ११ वटा उद्देश्य र दुई वटा सिद्धान्त रहेका ।
– अनुसूची : २ वटा (अनुसूची १ : झन्डा, अनुसूची २ : प्रतीक चिह्न)
– नेपालको प्रतिनिधि सभाबाट बडापत्र अनुमोदन : २०८० चैत २०
– कार्यान्वयन मिति : सन् २०२४ मे २०
११. अन्तर्राष्ट्रिय बेपत्ता दिवस कहिले मनाइन्छ ?
हरेक वर्ष अगस्ट ३०
१२. विश्व हुलाक दिवस कहिले मनाइन्छ ?
हरेक वर्ष अक्टोबर ९
– सन् २०२५ को नारा : नागरिकका लागि हुलाक : स्थानीय सेवा, विश्वव्यापी पहुँच ।
– विश्वव्यापी रूपमा अत्यावश्यक सेवाका रूपमा रहेको हुलाक सेवाको विश्व हुलाक प्रणालीमा विश्व हुलाक सङ्घ स्थापना भएको दिन अक्टोबर ९ लाई संसारभर विश्व हुलाक दिवसका रूपमा मनाउने गरिएको ।
– नेपालमा विसं १९३५ मा ‘नेपाल हुलाक घर’ स्थापना गरी औपचारिक रूपमा हुलाक सेवाको सुरुवात भएको ।
– नेपालले सन् १९५६ अक्टोबर ११ (विसं २०१३ असोज २६) मा विश्व हुलाक सङ्घको सदस्यता प्राप्त गरेसँगै नेपाल पनि विश्व हुलाक मञ्चको सक्रिय सदस्यका रूपमा व्रिmयाशील रहेको ।
१३. जलवायु परिवर्तन र यसको प्रभावसम्बन्धी विश्व सम्मेलन (सिसिआई–२०२५) कहिले र कहाँ सम्पन्न भएको हो ?
विसं २०८२ भदौ २१–२३, काठमाडौँ
१४. नेपालले रुबेला रोग निवारण गर्ने सफलता कहिले हासिल गरेको हो ?
विसं २०८२ भदौ २
१५. क्युआर कोर्डको आविष्कार कसले गरेका हुन् ?
मासाहिरो हारा (जापान)
– आविष्कार : सन् १९९४
– क्युआर अर्थात् क्विक रेस्पोन्स कोर्ड एउटा दुई–आयामिक म्याट्रिक्स बारकोर्ड हो । यसमा सेतो पृष्ठभूमिमा कालो वर्गाकार बक्सहरू हुन्छन्, जसले विशिष्ट ढाँचा बनाउँछ ।
– क्यामेरा वा अन्य इमेजिङ उपकरणहरूले सजिलै पढ्न सक्ने गरी यसको संरचना बनाइएको हुन्छ ।
– हाल यो प्रविधि मोबाइल, टिकट, उत्पादन लेबलदेखि बैङ्किङसम्मका क्षेत्रमा अनिवार्य जस्तै बनेको छ ।
१६. नेपाल विश्व स्वास्थ्य सङ्गठनको कार्यकारी सदस्यमा कहिले निर्वाचित भएको हो ?
सन् २०२५ मे
१७. कोशी प्रदेश पर्यटन वर्ष २०८२ कहिले घोषणा गरिएको हो ?
विसं २०८१ चैत २७
१८. हाल नेपालकी जीवित देवी श्रीकुमारी पदमा कसलाई चयन गरियो ?
आर्यतारा शाक्य (विसं २०८२ असोज १४)
– नवनियुक्त जीवित देवी आर्यतारा शाक्य अब वसन्तपुरस्थित कुमारीघरमा बस्नुहुने छ । कुमारीलाई धार्मिक कार्य, पूजाआजा र राज्यका प्रमुख चाडपर्वमा विधिपूर्वक उपस्थित गराइने परम्परा छ ।
– काठमाडौँ महानगरपालिका–१७ निवासी अनन्त शाक्य र प्रतिस्था शाक्यकी सुपुत्री आर्यतारा शाक्यलाई गुठी संस्थानको मिति २०८२ असोज ९ गतेको निर्णय अनुसार श्रीकुमारी मातामा नियुक्त गरिएको ।
– परम्परा अनुसार कुमारी तृष्णा शाक्यको कुमारी बस्ने औसत उमेर १२ वर्ष पूरा भएकाले दसैँको महाअष्टमीका दिन कुमारीघरमा नयाँ कुमारी भित्र्याइएको ।
– नेपालमा ‘कुमारी’ प्रथा एक जीवित देवीका रूपमा मानिन्छ, जसलाई ‘तलेजु भवानी’ को अवतारका रूपमा पूजा गरिन्छ । विशेष गरी काठमाडौँको वसन्तपुर दरबार क्षेत्रमा बस्ने कुमारीलाई राजकीय कुमारी मानिन्छ ।
– दसैँ, इन्द्रजात्रालगायतका महत्वपूर्ण चाडपर्वमा नवनियुक्त कुमारीको उपस्थितिलाई विशेष महìव दिइन्छ । कुमारी चयन प्रक्रिया अत्यन्तै परम्परागत मानक अनुसार हुने गर्छ । उमेर, स्वास्थ्य, पारिवारिक पृष्ठभूमि तथा विशेष शारीरिक–आध्यात्मिक लक्षणका आधारमा गुठी संस्थान र सम्बन्धित जातीय समुदायका प्रतिनिधिहरूको सहभागितामा नयाँ कुमारी चयन गरिन्छ ।
१९. विभिन्न देशमा निर्यात गर्न सकिने नेपालमा उत्पादित खाद्य वस्तुको सङ्ख्या कति रहेको छ ?
८१४
२०. नेपालमा श्रमिकको न्यूनतम पारिश्रमिक मासिक कति निर्धारण गरिएको छ ?
रु. १९,५५०।– (विसं २०८२ साउन)
२१. गण्डकी प्रदेश सभाले मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषाका रूपमा प्रयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक कहिले पारित गरेको हो ?
विसं २०८२ असार २४
२२. सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा २०८२ अनुसार हाल नाफामा रहेका सार्वजनिक संस्थान कति छन् ?
२८ वटा (नोक्सानमा रहेका : १५, दुई वटाको विवरण प्राप्त नभएको ।)
२३. अध्यागमन विभागद्वारा ई–भिसा सेवाको शुभारम्भ कहिले गरियो ?
विसं २०८० माघ २६
प्रस्तुतकर्ता : टङ्क केसी