• १८ कात्तिक २०८२, मङ्गलबार

कांग्रेस केन्द्रीय कार्यालयको ताला खुल्यो

blog

पार्टी कार्यालयमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित ।

ललितपुर, कात्तिक १८ गते । युवा पुस्ताको प्रतिनिधित्व बढाउन माग गर्दै शुक्रबार नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा लगाइएको ताला मङ्गलबार खुलेको छ । 

कार्यवाहक सभापति पूर्णबहादुर खड्काको पहलमा पार्टी कार्यालयमा लगाइएको  ताला खुलेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । 

नेपाल विद्यार्थी सङ्घका केही विद्यार्थीले सो ताला लगाएका थिए । कार्यवाहक सभापति खड्काले पार्टीमा युवाहरूको सङ्ख्यात्मक वृद्धिको माग स्वीकार्य रहेको बताउनु भयो । युवाहरूले कार्यवाहक सभापतिलाई ज्ञापनपत्र पनि बुझाएका छन् ।