कतार विश्वकपका रङ्गशाला

कतार विश्वकपका खेलहरू आठवटा रङ्गशालामा खेलिने छ। आठै रङ्गशालाका आ–आफ्ना विशेषता रहेका छन्। यी रङ्गशालाको बनावटले कतारको भौगोलिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेको देखिन्छ। पहिलो पटक खाडी क्षेत्रमा हुन लागेको विश्वकपलाई निकै महत्त्वका साथ हेरेको कतारले रङ्गशाला निर्माणमा कुनै कमी बाँकी राखेको छैन। सबै रङ्गशाला वातानुकूलित छन्।