सङ्गीत सञ्चारको दुनिया“

सङ्गीतलाई भाषाको पनि भाषा मान्ने गरिन्छ । सञ्चारकर्ममा भाषा असफल रहँदा पनि सङ्गीत सफल रहेको दृष्टान्त भेटिन्छ । कोरियाली गीत तथा नृत्य ‘ग्याम्नाम स्टाइल’ लाई दृष्टान्तको रूपमा लिन सकिन्छ । बहुसङ्ख्यक मानिस कोरियाली भाषासँग परिचित नभए पनि संसारभरका युवा यसमा झुमे । भाषिक पुल नहुँदा भावसञ्चार गर्ने अथाह तागत सङ्गीतमा रहन्छ भन्ने तथ्य ‘ग्याम्नाम स्टाइल’ ले स्थापित गरिदिएको छ ।