बदलिँदै वनकरिया

खेती किसानीको खासै अनुभव नभएका जङ्गलमा कन्दमूल खोज्ने तथा जडीबुटी, कुरिलो सङ्कलन गरी बजार या गाउँमा बेची अन्न जम्मा गरेर जीविका गर्दै आएको जाति हो– वनकरिया । जङ्गली उत्पादनमा पूर्णतः निर्भर यो जाति कृषिकर्मसँग लामो समय परै बस्यो । जङ्गलमा बस्ने र अन्य समुदायसँगको सम्पर्कबाट टाढै रहँदै आएको यो जातिका मानिस नयाँ मानिससँग हत्तपत्त बोलिहाल्न चाहँदैनन् ।