प्रकृतिसँगको सम्बन्ध दर्साउने पर्व तिहार
नेपालमा सहस्रौँ वर्षदेखि मनाइँदै आइरहेका अनेकौँ चाडपर्वमध्ये सर्वश्रेष्ठ, सर्वोत्तम र सर्वतोमुखी चाड तिहार हामीमाझ आइरहेको छ । सफासुग्घर घरमा मात्र लक्ष्मी आउँछिन् भन्ने धार्मिक मान्यता अनुरूप घरआँगन यस बेला लिपपोतले सुन्दर बनाइएका हुन्छन् ।