• २ पुस २०८२, बुधबार

पुस–महिनाको राशिफल २०८२

blog

मेष राशि :

शारीरिक आरोग्यता अनुकूल रहला । कार्यव्यस्तता बढेर जाने छ । आकस्मिक यात्रा एवं स्थान परिवर्तनको सम्भावना रहेको छ । काममा देखिएका बाधाअड्चन महिनाको उत्तरार्धमा हटे । जाने छन् ।  । सामान्य अस्वस्थताको सम्भावना देखिएकाले आहारविहारमा विचार पुर्‍याउनु पर्ला । घरायसी खर्चको मात्रा बढेर जाने छ । नयाँ कामको थालनी हुने सम्भावना रहेको छ  । पठनपाठनमा मध्यम सफलताको योग रहेको छ । धार्मिक एवं सामाजिक कार्यमा  अभिरुचि लाग्ने छ । महिनाको उत्तरार्धमा धनागमका साथै मनोरञ्जनका अवसरसमेत मिल्ने छन् ।

 वृष राशि :

सामान्य अस्वस्थताको सम्भावना देखिएकाले खानपानमा ध्यान दिनु पर्ला ।  मानसिक दुबिधा एवं अस्थिरता बढेर जाला ।  धार्मिक कार्यका साथै सामाजिक काममा अभिरुचि लाग्ने छ । रमाइलो पारिवारिक भेटघाटको अवसर मिल्ने छ ।  पठनपाठनमा सफलताको योग रहेको छ । आर्थिक पक्षका काममा सफलता प्राप्त होला । महिनाको पूर्वार्धमा अनावश्यक विवादमा पार्ने योग रहेकाले बोलीवचनमा विचार पुर्‍याउनु पर्ला । महिनाको उत्तरार्धमा धनागम एवं मनोरञ्जनका अवसर मिल्ने छन् ।

मिथुन राशि :

यात्रा एवं सवारी चलाउँदा विशेष ध्यान दिनुपर्ने छ । कार्यव्यस्तता बढेर जानाले शारीरिक एवं मानसिक ताप केही बढी नै पर्न जाने देखिन्छ ।  गर्न आँटेका काममा सामान्य बाधाअड्चन  आउनुका साथै ढिलासुस्तीसमेत गराउने देखिन्छ । सन्तान एवं परिवारको चिन्ताले केही पिरोल्ने छ । अध्ययन अध्यापनमा मध्यम सफलताको योग रहेको छ । सामाजिक क्षेत्रका काममा  विशेष अभिरुचि लाग्ने छ । महिनाको उत्तरार्धमा धनागमको योग रहेको छ ।

कर्कट राशि :

उच्च मनोबलका साथ कार्यक्षमतामा समेत उल्लेख्य वृद्धि भएर जाला । मनले सोचेका योजना बन्दै जाने छन् । विवादमा विजय एवं मानसम्मान तथा पदप्रतिष्ठा बढेर जाने छ । बोलीको प्रभावले महत्वपूर्ण काम बन्ने देखिन्छ । शारीरिक आरोग्यताका साथै मानसिक प्रसन्नता अनुकूल रहने छ ।  प्रतिस्पर्धामा महìवपूर्ण सफलता प्राप्त होला ।  पठनपाठनमा सोचे अनुसारको सफलता मिल्ने छ । धार्मिक एवं सामाजिक काममा अभिरुचि लाग्ने छ । नयाँ ठाउँको  भ्रमणको अवसरसमेत मिल्ने छ । 

सिंह राशि :

सामान्य विवादको सम्भावना देखिएकाले बोलीचालीमा विचार पुर्‍याउनु पर्ला । यात्रा एवं सवारी चलाउँदा विशेष सतर्कता अपनाउनु पर्ला । घरायसी चिन्ताले सताउने छ । शारीरिक आरोग्यता अनुकूल रहने छ ।  दाम्पत्य सम्बन्धमा सामान्य मनमुटावको स्थिति देखापर्ने छ ।  अध्ययन अध्यापनमा अनावश्यक बाधाअड्चन देखापर्ने छन् ।  धार्मिक कार्यमा अभिरुचि लाग्ने छ ।  महिनाको उत्तरार्धमा धनागम एवं मनोरञ्जनका अवसर मिल्ने छन् । 

कन्या राशि :

सन्तान एवं परिवारको चिन्ताले केही पिरोल्ने देखिन्छ । कार्यव्यस्तता बढेर जानाले शारीरिक ताप केही बढी नै पर्न जाला । यात्रा एवं सवारी चलाउँदा धेरै सावधानी अपनाउनुपर्ने छ । लेनदेनसम्बन्धी कारोबारमा सतर्कता अपनाउनु पर्ला । साथीसङ्गतमा विचार पुर्‍याउनुपर्ने छ । पठनपाठनमा सफलताको योग रहेको छ । धार्मिक एवं सामाजिक क्षेत्रका काममा मन लाग्ने छ ।  घरायसी खर्चको मात्रा बढेर जाला । महिनामा आकस्मिक यात्राको सम्भावना रहेको छ ।  

तुला राशि :

सफताको महिना रहेको छ । उच्च मनोबलका साथ कार्यक्षमतामा समेत उल्लेख्य वृद्धि भएर जाला । रमाइलो भेटघाटको अवसर मिल्ने छ । शारीरिक आरोग्यताका साथै मानसिक प्रसन्नता अनुकूल रहने छ । रोकिएका काम क्रमशः बन्दैजाने छन् । प्रतिस्पर्धामा सफलता मिल्ने छ । आर्थिक पक्षका कामबाट राम्रै लाभ होला । सुखद पारिवारिक वातावरणका साथै मनोरञ्जनका अवसर मिल्ने छन्  । पठनपाठनमा गहिरो अभिरुचि लाग्ने छ । धार्मिक कार्यका साथै सामाजिक कार्यमा समेत अभिरुचि लाग्ने छ ।

वृश्चिक राशि :

मध्यम फलदायी महिना रहेको छ । कार्यव्यस्तता बढेर जानाले शारीरिक ताप केही बढी नै पर्न जाला । शारीरिक आरोग्यता अनुकूल रहने छ । व्यर्थको विवादमा पार्ने देखिएकाले बोलीचालीमा विचार पुर्‍याउनु पर्ला । स्थान परिवर्तन एवं यात्राको सम्भावना रहेको छ । पठनपाठनका साथै बौद्धिक क्रियाकलापमा समेत मन लाग्ने छ । महिनाको उत्तरार्धमा रोकिएका काम बन्नुका साथै मनोरञ्जनका अवसरसमेत मिल्ने छन् । 

धनु राशि :

स्थान परिवर्तनको योग रहेको छ । कार्यव्यस्तता केही बढेर जाने छ । आँटेका काममा अनायासै नसोचेका समस्या आइपर्नाले दिक्क पार्ला । सामान्य अस्वस्थताको योग रहेकाले खानपानमा विचार पुर्‍याउनुपर्ने छ । ठुला लगानी एवं लेनदेनसम्बन्धी कारोबार नगर्दा नै राम्रो होला  ।  घरायसी चिन्ताले केही बढी नै पिरोल्ने छ । पठनपाठनमा सामान्य बाधाअड्चन देखापर्ने छन् । महिनाको उत्तरार्धमा धनागमका साथै मनोरञ्जनका अवसर मिल्ने छन् ।

मकर राशि : 

अनावश्यक खर्चको मात्रा बढेर जाला । मनले सोचेका योजनामा सामान्य बाधाअड्चन एवं ढिलासुस्ती गराउन सक्ने छ । लेनदेनसम्बन्धी आर्थिक क्रियाकलापमा सावधानी अपनाउनुपर्ने छ । शारीरिक एवं मानसिक परिश्रम केही बढी नै पर्न जाला । धार्मिक एवं सामाजिक काममा अभिरुचि लाग्ने छ । पठनपाठनमा सफलताको योग रहेको छ । घरायसी खर्चको मात्रा बढेर जाला । दाम्पत्य सम्बन्धमा विश्वासको अभाव देखापर्ने छ । महिनाको उत्तरार्धमा धनागम तथा मनोरञ्जनको अवसर मिल्ने छ  ।  

कुम्भ राशि :

शारीरिक आरोग्यताका साथै मानसिक प्रसन्नता समेत अनुकूल रहला । मनोबल उच्च रहनुका साथै कार्यक्षमतामा समेत प्रगति भएर जाने छ । प्रतिस्पर्धामा सफलता मिल्ने छ । धार्मिक एवं सामाजिक क्षेत्रका काममा अभिरुचि लाग्ने छ ।  आर्थिक पक्षका काममा सफलता मिल्ने छ ।  रमाइलो पारिवारिक भेटघाटका साथै मनोरञ्जनका अवसर मिल्ने छन् । सामान्य विवादको सम्भावना रहेकाले बोलीचालीमा सावधानी अपनाउनु पर्ला ।  

मीन राशि :

शारीरिक आरोग्यताका साथै मानसिक प्रसन्नता समेत अनुकूल रहला । सोचेका योजनामा सफलता मिल्ने छ । रमाइलो यात्रा एवं मनोरञ्जनका अवसर मिल्ने छन् । प्रतिस्पर्धामा सफलता मिल्ने छ । लेनदेनसम्बन्धी कारोबारमा सावधानी अपनाउनु पर्ला । पठनपाठनमा अनावश्यक बाधाअड्चन देखापर्ने छन् । आर्थिक पक्षका काममा मध्यम सफलताको योग रहेको छ । महिनाको उत्तरार्धमा स्थान परिवर्तनको सम्भावना देखिन्छ ।

 

Author

ज्यो. हरिप्रसाद पौडेल