थारू समुदायको साङ्गठनिक संरचना
थारू समुदाय आफ्नो समुदाय र परिवारमा ज्यादै व्यवस्थित र अनुशासित जाति मानिन्छ । यस जातिको घरायसी, सामुदायिक तथा पेसागत र कृषि कामका लागि फरक फरक जिम्मेवारीसहितको साङ्गठनिक संरचना रहेको हुन्छ । त्यसैले आज पनि थारू समुदायमा पारिवारिक सङ्गठन बलियो देखिन्छ ।