मेष:
मध्यम फलदायी महिना रहेको छ । शारीरिक आरोग्यताका साथै मानसिक प्रसन्नतासमेत अनुकूल रहला । आकस्मिक यात्रा एवं स्थान परिवर्तनको सम्भावना देखिन्छ । उच्च मनोबलका साथ कार्यक्षमतामा समेत उल्लेख्य वृद्धि भएर जाने छ । प्रतिस्पर्धामा सफलता मिल्ने छ । गर्न आँटेका काम तथा मनले सोचेका योजनामा ढिलासुस्ती गराउने देखिन्छ । सामान्य विवादको योग रहेकाले बोलीचालीमा विचार पुर्याउनु पर्ला । धार्मिक कार्यका साथै सामाजिक काममा समेत अभिरुचि लाग्ने छ । रमाइलो ठाउँको यात्रा तथा मनोरञ्जनका अवसर मिल्ने छन् । आर्थिक पक्षका काममा मध्यम सफलता मिल्ने छ ।
वृष:
स्थान परिवर्तन एवं रमाइलो यात्राको सम्भावना देखिन्छ । रमाइलो पारिवारिक भेटघाटको अवसर मिल्ने छ । व्यर्थको दौडधुप केही बढी नै पर्न जानाले शारीरिक ताप केही बढ्ने देखिन्छ । पठनपाठनमा अनावश्यक बाधाअड्चन देखापर्ने छन् । घरायसी खर्चको मात्रा बढेर जाने छ । आर्थिक पक्षका काममा मध्यम सफलता मिल्ने छ । शारीरिक आरोग्यताका साथै मानसिक प्रसन्नता अनुकूल रहने छ । धार्मिक एवं सामाजिक कार्यमा समेत सहभागी हुनु पर्ला । महिनाको उत्तरार्धमा मनोरञ्जनका अवसर मिल्ने छन् ।
मिथुन:
कार्यव्यस्तता बढेर जानाले शारीरिक ताप केही बढी नै पर्ने देखिन्छ । घरायसी चिन्ताले केही बढी नै सताउला । पठनपाठनमा मध्यम सफलता मिल्ने छ । सामान्य अस्वस्थताको सम्भावना देखिएकाले खानपानमा विशेष विचार पुर्याउनु पर्ला । सामान्य चोटपटकको सम्भावना देखिएकाले सवारी चलाउँदा सावधानी अपनाउनु पर्ला । रमाइलो यात्रा एवं मनोरञ्जनका अवसर मिल्ने छन् । पठनपाठनमा सामान्य बाधाअड्चन देखापर्ने छन् । धार्मिक कार्यका साथै सामाजिक कार्यमा अभिरुचि लाग्ने छ । महिनाको उत्तरार्धमा धनागमको योग रहेको छ ।
कर्कट:
शारीरिक आरोग्यताका साथै मानसिक प्रसन्नता अनुकूल रहने छ । आकस्मिक यात्रा एवं स्थान परिवर्तनको सम्भावना देखिन्छ । मनले सोचेका योजना क्रमशः बन्दै जाने छन् । उच्च मनोबलका साथ कार्यक्षमतामा समेत उल्लेख्य वृद्धि भएर जाने छ । आर्थिक कारोबारमा महìवपूर्ण सफलता प्राप्त होला । अध्ययन अध्यापनमा अनावश्यक बाधाअड्चन देखापर्ने छन् । महिनाको उत्तरार्धमा रमाइलो पारिवारिक भेटघाटको अवसर प्राप्त होला । घरायसी खर्चको मात्रा केही बढेर जाला । आत्मीयजनको भेटघाटले मन रमाउने छ ।
सिंह:
गर्न आँटेका काममा अनावश्यक बाधाअड्चन एवं ढिलासुस्ती गराउने देखिन्छ । शारीरिक आरोग्यताका साथै मानसिक प्रसन्नता अनुकूल रहने छ । अनावश्यक खर्चको मात्रा बढेर जाला । ठुला लगानी तथा लेनदेनसम्बन्धी कारोबार नगर्दा नै राम्रो होला । यात्रा एवं सवारी चलाउँदा विशेष सावधानी अपनाउनुपर्ने देखिन्छ । पठनपाठनमा सफलता प्राप्त होला । धार्मिक एवं सामाजिक कार्यमा सहभागी हुनुपर्ने छ । महिनाको उत्तरार्धमा धनागमका साथै मनोरञ्जनका अवसर मिल्ने छन् ।
कन्या:
गर्न आँटेका काममा अनायासै नसोचेका समस्या आइपर्ने छन् । सामान्य अस्वस्थताको सम्भावना रहेकाले खानपानमा विचार पुर्याउनु पर्ला । लेनदेनसम्बन्धी आर्थिक कारोबार नगर्दा नै राम्रो होला । व्यर्थको दौडधुपले शारीरिक ताप केही बढी नै पर्न जाला । घरायसी खर्चको मात्रा बढेर जानाले आर्थिक अभावको स्थिति देखापर्ने छ । घरायसी विषयलाई लिएर दम्पतीमा सामान्य खटपट पर्ने देखिन्छ । साथीभाइ एवं मित्रमिलनको अवसर प्राप्त होला । पठनपाठनमा अनावश्यक बाधाअड्चन देखापर्ने छन् ।
तुला:
कार्यव्यस्तता बढेर जानाले शारीरिक ताप केही बढी नै पर्ने देखिन्छ । सामान्य अस्वस्थताको सम्भावना रहेकाले खानपानमा विचार पुर्याउनु पर्ला । रमाइलो भ्रमणको अवसर मिल्ने छ । पठनपाठनका साथै धार्मिक क्रियाकलापमा अभिरुचि लाग्ने छ । आर्थिकपक्षका काममा मध्यम सफलता मिल्ने छ । रोकिएका काम क्रमशः बन्दै जाने छन् । धार्मिक एवं सामाजिक कार्यमा सहभागी हुनुपर्ने छ । रमाइलो यात्रा एवं मनोरञ्जनका अवसरसमेत मिल्ने छन् ।
वृश्चिक:
रोकिएका काम क्रमशः बन्दैजाने छन् । सफलताको महिना रहेको छ । शारीरिक आरोग्यताका साथै मानसिक प्रसन्नता अनुकूल रहने छ । उच्च मनोबलसाथ कार्यक्षमतामा समेत बढोत्तरी गराउला । धार्मिक एवं सामाजिक कार्यमा अभिरुचि लाग्ने छ । आत्मीयजनको भेटघाटले मन रमाउने छ । आर्थिक पक्षका कारोबारबाट राम्रै सफलता मिल्ने छ । मानसम्मान एवं पदप्रतिष्ठासमेत बढ्ने योग रहेको छ । महिनाको उत्तरार्धमा आकस्मिक यात्राको योग रहेको छ ।
धनु:
उच्च मनोबलका साथ कार्यक्षमतामा समेत उल्लेख्य वृद्धि भएर जाला । बाधाअड्चन क्रमशः हटेर जानुका साथै सोचेका योजना क्रमशः बन्दै जाने छन् । प्रतिस्पर्धामा सफलता मिल्ने छ । आफन्त एवं आत्मीयजनको भेटघाटले मन रमाउने छ । शारीरिक आरोग्यताका साथै मानसिक प्रसन्नता अनुकुल रहने छ । धार्मिक एवं सामाजिक काममा अभिरुचि बढेर जाला । आर्थिक पक्षका काममा राम्रै सफलता मिल्ने छ । रमाइलो पारिवारिक भेटघाटका साथै मनोरञ्जनका अवसरसमेत मिल्ने छन् ।
मकर:
मध्यम फलदायी महिना रहेको छ । कार्यव्यस्तता बढेर जाला । सामान्य अस्वस्थताको योग रहेकाले खानपानमा विचार पुर्याउनुपर्ने छ । गर्न आँटेका काममा अनावश्यक बाधाअड्चन आइपर्नुका साथै ढिलासुस्ती गराउने देखिन्छ । दम्पतीमा घरायसी विषयलाई लिएर सामान्य असमझदारी आउने छ । महिनाको उत्तरार्धमा नयाँ ठाउँको यात्रा एवं मनोरञ्जनका अवसर मिल्ने छन् । इष्टमित्रसँगको रमाइलो भेटघाटका साथै मनोरञ्जनका अवसरसमेत मिल्ने छन् ।
कुम्भ :
सामान्य अस्वस्थताको सम्भावना देखिन्छ । कार्यव्यस्तता बढेर जानाले शारीरिक परिश्रम केही बढी नै पर्ने ग्रहयोग रहेको छ । परिवारमा धार्मिक एवं माङ्गलिक कार्यको सम्भावना रहेको छ । घरायसी खर्चको मात्रा बढेर जानाले आर्थिक अभावको स्थिति देखा पर्ला । सन्तानको विषयलाई लिएर दम्पतीमा सामान्य असमझदारी समेत देखा पर्ला । अध्ययन अध्यापनमा अभिरुचि लाग्ने छ । धार्मिक एवं सामाजिक काममा समेत सहभागी हुनु पर्ला । महिनाको उत्तरार्धमा धनागमको योग रहेको छ ।
मीन:
शारीरिक आरोग्यता अनुकूल रहने छ । रमाइलो भ्रमणको अवसर मिल्ने छ । आम्दानीका अवसर मिल्ने छन् । कार्यव्यस्तता केही बढेर जाने छ । आर्थिक पक्षका काममा राम्रै सफलता मिल्ने छ । दम्पतीमा सामान्य विषयलाई लिएर विवाद निस्कने देखिन्छ । पठनपाठनमा अनावश्यक बाधाअड्चन देखापर्ने छन् । सामाजिक एवं धार्मिक काममा सहभागी हुनु पर्ला । महिनाको उत्तरार्धमा धनागमका साथै मनोरञ्जनका अवसर मिल्ने छन् ।