दुवै देशले एकअर्काविरुद्ध अत्याधुनिक हतियार प्रयोग गर्न थालेपछि सीमा क्षेत्र प्रतिबन्धित गरियो । कम्बोडियाले थाइल्यान्डबाट फलफूल र तरकारी आयात रोक्यो, बिजुली र इन्टरनेट सेवा लिन बन्द गर्यो ।
दक्षिणपूर्वी एसियामा पर्ने छिमेकी मुलुकहरू थाइल्यान्ड र कम्बोडियाबीच पाँचदिने युद्ध भएको छ । वर्षौंदेखिको सीमा विवादलाई लिएर गएको साउन ८ गते सुरु भएको युद्ध साउन १२ गते मध्यरातमा अन्त्य भयो ।
मलेसियाको मध्यस्थतामा थाइल्यान्ड र कम्बोडियाबीच शान्तिवार्ता भएको थियो । मलेसियाका प्रधानमन्त्री अनबर इब्राहिमको पहलमा थाइल्यान्डका कार्यवाहक प्रधानमन्त्री पुमताम वेचयचाई र कम्बोडियाका प्रधानमन्त्री हुन मानेतबीच भएको शान्तिवार्ता सफल भई बिनासर्त युद्धविराम गरियो । यस युद्धमा दुवै देशका गरी ३५ जना सैनिक र गैरसैनिकको मृत्यु भयो भने दुई सयभन्दा बढी घाइते भए । सीमा क्षेत्रका दुई लाखभन्दा बढी बासिन्दा विस्थापित भएका थिए ।
विवादित सीमावर्ती क्षेत्रमा साउन ८ गते कम्बोडियाले रकेट प्रहार गर्दा थाइल्याडका एक सैनिकसहित १२ नागरिक मारिएपछि थाइल्यान्डको सेना प्रत्याक्रमणमा उत्रेको थियो । यो घटनाको एक दिनअघि सीमामा भएको बारुदी सुरुङ विस्फोटमा एक थाई सैनिक घाइते भएका थिए । त्यसपछि थाइल्यान्डले कम्बोडियाबाट आफ्ना राजदूत फिर्ता बोलायो ।
दुवै देशका सैनिकबीच साउन ८ गते बिहानैदेखि सीमा क्षेत्रमा गोली हानाहान भयो । थाइल्यान्डले कम्बोडियाको सैन्य अखडामा विमानद्वारा बम खसाल्यो । त्यसपछि कम्बोडियाले थाइल्यान्डसँगको कूटनीतिक सम्बन्ध घटाउँदै अत्यधिक बल प्रयोग गरेको आरोप लगाएर संयुक्त राष्ट्रसङ्घमा उजुरी ग¥यो । यसबीच चीनले दुवै देशलाई वार्ताबाट विवाद समाधान गर्न अपिल ग¥यो । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले तत्काल युद्धविराम गर्न दबाब दिए ।
दुवै देशले एकअर्काविरुद्ध अत्याधुनिक हतियार प्रयोग गर्न थालेपछि सीमा क्षेत्र प्रतिबन्धित गरियो । कम्बोडियाले थाइल्यान्डबाट फलफूल र तरकारी आयात रोक्यो, बिजुली र इन्टरनेट सेवा लिन बन्द ग¥यो । दुवै देशले सीमामा सैनिक तैनाथी पनि बढाएका थिए ।
सीमाका छ क्षेत्रमा हिंसात्मक घटना भए । पहिलो भिडन्त सुरिन र कम्बोडियाको ओद्दार मिनचे प्रान्तको सिमानामा रहेको प्राचीन ता मुएन थोम मन्दिर नजिकैको क्षेत्रमा भएको थियो । थाइल्यान्ड र कम्बोडियाका सैनिकले तुलनात्मक रूपमा सानो तर विवादित सीमा क्षेत्रमा एकअर्कातिर गोली हानाहान गरेपछि मे महिनामा विवाद चुलिएको थियो । उक्त क्षेत्रलाई दुवै मुलुकले आफ्नो भएको दाबी गर्छन् ।
साउन ८ गतेदेखि थाई अधिकारीले सीमा पूर्ण रूपमा बन्द गरे । त्यसको प्रतिवादमा कम्बोडियाले पनि थाई चलचित्र र टिभी कार्यक्रममा प्रतिबन्ध लगायो । दुवै पक्षको राष्ट्रवादी भावनाले स्थितिलाई थप उत्तेजित बनायो ।
थाइल्यान्ड र कम्बोडियाले आठ सय किलोमिटरभन्दा बढी लामो सीमा साझा गर्छन् । फ्रान्सेली औपनिवेशिक शासन अन्तर्गत सन् १९०७ मा बनाइएको नक्साले कम्बोडिया र थाइल्यान्डको सीमा क्षेत्र प्रस्ट्याएको थियो । कम्बोडियाले त्यस क्षेत्रलाई दाबी गर्न सोही नक्सा प्रयोग गर्दै आएको छ भने थाइल्यान्डले नक्सा गलत भएको तर्क गरिरहेको छ ।
दुवै देशबीच मुख्य लडाइँ एक हजार वर्ष पुरानो प्रेहबिहार वरपर भएको छ । सन् १९६२ मा अन्तर्राष्ट्रिय न्यायालयले बिहार क्षेत्रमा कम्बोडियाको सार्वभौमिकता रहेको बताएको थियो । यो निर्णयले दुवै देशबीच द्विपक्षीय सम्बन्धमा ठूलो खलल पु¥यायो । सन् २०११ मा दुवै देशका सेनाबीच यस विषयलाई लिएर छोटो अवधिको झडप भएको थियो । अनि कम्बोडिया यस मुद्दालाई लिएर अदालत गयो । उक्त झडपमा करिब २० जनाको मृत्यु भयो र हजारौँ विस्थापित भएका थिए । अदालतले सन् २०१३ मा कम्बोडियाको पक्षमा फैसला सुनाएको थियो । कम्बोडिया सीमा विवाद समाधान गर्न फेरि अन्तर्राष्ट्रिय अदालतमा पुगेको छ तर थाइल्यान्डले अदालतको क्षेत्राधिकारलाई अस्वीकार गरेको छ ।
कम्बोडिया र थाइल्यान्डबीच झन्डै सय वर्षदेखि सीमा विवाद थाती रहेको छ । कम्बोडिया सन् १९५३ मा फ्रान्सबाट स्वतन्त्र भएको थियो । त्यतिबेलै दुई देशबीचको सीमारेखा कोरियो । सन् २००८ मा कम्बोडियाले ११ औँ शताब्दीको मन्दिरलाई युनेस्को विश्व सम्पदासूचीमा दर्ताको प्रयास गरेपछि दुई देशबीचको विवाद उत्कर्षमा पुगेको थियो । त्यसयता दुई देशबीच बेलाबेला झडप हुने गरेको छ ।
विवादमा रहेको ११ सय वर्ष पुरानो शिव मन्दिरलाई ‘प्रेह विहेर’ भनेर चिनिन्छ । यो मन्दिर खमेर सम्राट सूर्य वर्मनले भगवान् शिवका लागि बनाएका थिए तर समयसँगै यो मन्दिर आस्थाको केन्द्र मात्र नभएर राष्ट्रवाद, राजनीति र सैन्य शक्तिको अखडा पनि बन्न पुगेको छ ।
गत जुलाई २ मा थाइल्यान्डका प्रधानमन्त्री पेटोन्टार्न सिनावात्रालाई अदालतले निलम्बन ग¥यो । कारण के थियो भने उनले एक फोन कलमा कम्बोडियाका एक वरिष्ठ नेतालाई काका भनेर सम्बोधन गरेकी थिइन् ।
त्यो पनि त्यतिबेला जब सीमामा अवस्था निकै तनावपूर्ण थियो । यो वार्तालाप बाहिरिएपछि जनताले यसलाई राष्ट्रिय स्वाभिमानविपरीत ठाने । केही समयमै यो राजनीतिक आँधीमा परिणत भयो र प्रधानमन्त्रीले आफ्नो कुर्सी गुमाउनु प¥यो ।
कम्बोडियाले यो मन्दिर आफ्नो क्षेत्रभित्र रहेको दाबी गरेको छ भने थाइल्यान्डले मन्दिरको केही भाग आफ्नो सुरिन प्रान्तमा पर्ने बताउँछ । वास्तवमा यो मन्दिर डाङ्ग्रेक पहाडमा एक रणनीतिक क्षेत्रमा अवस्थित छ । जहाँ एक पटक ऐतिहासिक खमेर राजमार्ग बनेको थियो । जसले आजको अङ्गकोर (कम्बोडिया) लाई फिमाई (थाइल्यान्ड) सँग जोडेको छ ।
यो विवाद २० औँ शताब्दीको सुरुबाट सुरु भएको मानिन्छ । सन् १९०४ मा प्राकृतिक जलविभाजनका आधारमा सीमा निर्माण गर्ने निर्णय भएको थियो । फ्रान्सेली उपनिवेशवादीहरूले सन् १९०७ मा तयार गरेको नक्सामा उक्त मन्दिर कम्बोडियामा देखाएका थिए । थाइल्यान्डले यसलाई स्वीकार गरेको पनि थियो तर सन् १९३० मा थाइल्यान्डले विरोध ग¥यो । जुन धेरै ढिलो थियो र अन्तर्राष्ट्रिय न्यायालयले यो विरोध अस्वीकार गरिदियो ।
सन् १९६२ मा अन्तर्राष्ट्रिय अदालतले कम्बोडियालाई मन्दिरको अधिकार दिएको थियो । यद्यपि थाइल्यान्डले यो निर्णयलाई पूर्ण रूपमा स्वीकार गरेन र अझै पनि मन्दिर छेउछाउको क्षेत्रमा आफ्नो दाबी कायम राखेको छ । २००८ मा जब कम्बोडियाले मन्दिरलाई युनेस्को विश्वसम्पदा स्थलमा समावेश गरायो त्यसयता दुई देशबीचको तनाव झनै बढेको छ ।
सन् २००८–२०११ को बीचमा मन्दिरका लागि धेरै झगडा भएको थियो । २०११ मा त्यहाँ एक हप्तासम्म भारी गोली हानाहान भयो ।
सन् २०२५ को मेमा स्थिति एक पटक फेरि बिग्रियो । थाइल्यान्डले दाबी ग¥यो, कम्बोडियन ड्रोन निगरानी गतिविधि आफ्नो क्षेत्रमा भयो । यसपछि दुई देशबीच रकेट फायर र हवाई हमलाको खबर बाहिर आयो ।
दुई देशबीच तीर्थयात्रीका लागि संयुक्त सम्झौता पनि भएको थियो तर मन्दिरको सन्दर्भमा सैन्य शक्ति प्रदर्शनले दुवै पक्षमा राष्ट्रवादी भावना जन्माएको छ । सन् २०२५ को फेब्रुअरीमा कम्बोडियाली सैनिकले मन्दिर क्षेत्रमा प्रवेश गरेर राष्ट्रिय गान गाए र थाई सेनालाई खुला चुनौती दिए । अप्रिलमा दुई देशबीच स्थानीय तहमा सम्झौता पनि भयो तर त्यो अल्पकालीन रह्यो ।
–युवामञ्च