मङ्सिर महिनाको राशिफल २०८२
सामान्य अस्वस्थताको योग रहेको छ । यात्रा एवं सवारी चलाउँदा विशेष सावधानी अपनाउनु पर्ला । स्थान परिवर्तन एवं यात्राको योग छ । पठनपाठनमा मध्यम सफलता प्राप्त होला । धार्मिक एवं सामाजिक काममा मन रमाउने छ । कार्यव्यस्तता बढेर जानाले शारीरिक परिश्रम केही बढी नै पर्ने देखिन्छ ।