नेफाम गर्ल : निर्वस्त्र र नराम्रोसँग जलेकी बालिका
घातक नेफाम आक्रमणका कारण त्राहिमाम गर्दै भागिरहेका बालबालिकाको एउटा तस्बिर भियतनाम युद्धको मात्रै होइन २औँ शताब्दीमा युद्धको विभीषिका बयान गर्ने एक स्पष्ट विम्ब बन्न पुग्यो। कालो धुवाँ उनीहरूको ठीक पछाडि तरङ्गित भइरहेको छ, अबोधहरूको मुहार भय, पीडा र हडबडीले आक्रान्त देखिन्छ। दक्षिण भियतनामी सेनाको २५औँ डिभिजनका केही सैनिक असहाय भएर उनीहरूलाई पछ्याउँदै छन्– ऐतिहासिक तस्बिरमा यो स्पष्ट देख्न सकिन्छ।