इजिप्टको नवौँ विपत्ति (नाइन्थ प्लेग) मा तीन दिन पूर्ण अन्धकार भयो तर इस्वी संवत् ५३६ मा विश्वका अधिकांश क्षेत्र १८ महिनासम्म अन्धकारमा डुब्ने घटना भयो । रहस्यमय कुहिरोले युरोप, मध्य पूर्व तथा एसियाको ठूलो क्षेत्र ढाकियो । दिनको समयमा कुहिरोले सूर्यका किरण छेक्नाले तापक्रमसमेत धेरै घट्यो, जसले गर्दा अन्नपात उब्जनी नराम्रोसँग प्रभावित हुँदा मानिस भोकै मर्न थाले । वास्तवमा त्यस अवधिलाई हामी अन्धकार युग भन्न सक्छौँ ।
आधुनिक युगमा वैज्ञानिकले त्यस कुहिरोको मुख्य स्रोत पत्ता लगाएका छन् । इस्वी संवत् ५३६ मा आइसल्यान्डमा भएको ज्वालामुखी विस्फोटबाट निस्केको धुवाँ धुलो उत्तरी गोलाद्र्धको आकाशमा फैलिएर पृथ्वीको ठूलो क्षेत्रमा लामो समय अन्धकार भएको थियो । यसरी नै सन् १८१५ मा विस्फोट भएको माउन्ट तोम्बोराले त पृथ्वीको जलवायु परिवर्तन नै गरिदिँदा धेरै वर्षसम्म अकालको अवस्था सिर्जना भएको थियो । माउन्ट तोम्बोरा जत्तिको ठूलो ज्वालामुखी विस्फोट रेकर्डमा छैन ।
पहिलो अन्धकार युगको प्रथम १८ महिनाको अन्धकार कस्तो थियो होला त ? बैजेन्टाइन इतिहासवेत्ता प्रोकोपियसले लेखेका छन् ‘यी सबै वर्षमा चन्द्रमा सरह चमकबिनाको उज्यालो लिएर सूर्य उदाउँथ्यो ।”
सूर्य निरन्तर ग्रहण लागेको जस्तो देखिने गथ्र्यो तथा ती वर्षमा मानिसहरू न त युद्ध न त महामारी वा मृत्यु हुने कुनै अन्य कारणबाट मुक्त रहेको उनले लेखेका छन् ।
हार्वर्ड विश्वविद्यालयमा इतिहासका प्राध्यापक तथा एन्टिक्युटी पेपरका सह–लेखक माइकल म्याककर्मिकले सन् १९९० को दशकसम्म यस खालको रिपोर्टलाई खासै महत्त्व दिएर हेरिँदैनथ्यो । एन्टिक्युटी पेपरमा पहिलो अन्धकार युगका बारेमा हालै एक अनुसन्धान रिपोर्ट प्रकाशित भएको थियो ।
वैज्ञानिकहरूले आयरल्यान्डमा रुखका चक्रको जाँच गर्दा इस्वी संवत् ५३६ तिर कुनै असाधारण घटना भएको पत्ता लगाए । युरोप र एसियामा ग्रीष्मयाममा ३५ डिग्री फरेनहाइटदेखि ३७ डिग्री फरेनहाइटसम्मको तापमान भयो । अझ चीनमा त ग्रीष्ममै हिउँ प-यो । यो सबै घटना ज्वालामुखीको खरानीले सौर्य प्रकाश छेक्दा भएको थियो ।
म्याककर्मिक भन्छन्, “त्यो निको तेज परिवर्तन थियो । रातारात त्यो घटना भयो । प्राचीन प्रमाणले वास्तवमा केही विशेष सङ्केत गरेका छन् ।”
एक रोमन राजनीतिज्ञ क्यासियोडोरसले लेखेका छन्, ‘दिउँसो आफ्नो छायाँ नदेख्दा हामीलाई आश्चर्य भयो ।’ सूर्यको रङ पनि परिवर्तन भएर हल्का नीलो भयो, चन्द्रमाले आफ्नो कान्ति गुमायो तथा सबै ऋतु एकैसाथ आएको जस्तो भयो ।
इस्वी संवत् ५३६ को ज्वालामुखी विस्फोटपछि समेत इस्वी संवत् ५४० र ५४७ मा थप विस्फोट हुँदा उत्तरी गोलाद्र्धमा धुवाँ धुलोको बादल हट्न अझै समय लाग्यो । म्याककर्मिकका अनुसार इस्वी संवत् ५३६ को वसन्त ऋतुमा ज्वालामुखी विस्फोटले सुरु भएको ‘लेट एन्टिक आइस एज’ पश्चिम युरोपमा करिब इस्वी संवत् ६६० सम्म रह्यो । मध्य एसियामा इस्वी संवत् ६८० सम्म यसको प्रभाव रहेको विश्लेषण म्याककर्मिकको छ ।
चिसो र भोकमरीको यस अवधिले युरोपमा जुन आर्थिक गतिरोध ल्यायो त्यो इस्वी संवत् ५४१ मा झनै तीव्र भयो, जतिबेला पहिलो पटक ब्युबोनिक प्लेगले युरोप ग्रस्त हुन पुग्यो । प्लेगले गर्दा बैजेन्टाइन साम्राज्य वा पूर्वी रोमन साम्राज्यमा एक तिहाइभन्दा बढी मानिसको ज्यान गएको थियो ।
अमेरिकाको माने विश्वविद्यालयमा पृथ्वी तथा जलवायु विषयका प्राध्यापक आन्द्रेई खुर्बाटोभको भनाइ छ, ‘इस्वी संवत् ५३६ को कुहिरोलाई झनै सघन बनाउने गरी अन्य अज्ञात ज्वालामुखी विस्फोट पनि भएको हुनुपर्छ ।
आइसल्यान्डमा विस्फोट भएको त्यस ज्वालामुखीले यति धेरै खरानी र धुलो, धुवाँ आकाशमा फाल्यो कि युरोप एकछिनमा अन्धकारमा डुब्यो । त्यसपछि इस्वी संवत् ५४० मा भएको अर्को विस्फोटले एक दशक जति तापक्रम न्यून गरायो । ज्वालामुखी त विस्फोट भएर चाँडै शान्त भयो तर त्यसको प्रभाव वर्षौंसम्म रह्यो । इस्वी संवत् ५३६ देखिको एक दशकलाई दुई हजार वर्षमा सबैभन्दा चिसो अवधि मानियो । सातौँ शताब्दीमा आइपुगेपछि मात्र पृथ्वीको जलवायु र अर्थव्यवस्था आफ्नो मार्गमा आएको वैज्ञानिकहरूको विश्लेषण छ । विस्फोटको १८ महिनापछि कुहिरो हट्न थालेको आभास भयो तर ५४० र ५४७ मा भएका थप विस्फोटले समस्या बल्झायो । युरोप र एसियामा कुहिरो हट्न थाले पनि तापक्रम घट्न पुग्यो, गर्मीयाममै हिउँद जस्तो भयो । मध्य एसियाको औसत तापक्रम चार डिग्री सेल्सियसले घट्दा त्यहाँ खेतीपातीमा असर परेर चाँडै नै अकालको अवस्था आइप-यो।
ज्वालामुखीले सिर्जित अवस्थाबाट पीडित भएकाले भ्रान्ति, ज्वरो र लिम्फनोड सुन्निने समस्या बेहोरेको भनाइ छ प्रोकोपियसको । यस ज्वालामुखीको प्रकोपका कारण स्वास्थ्य समस्याका साथै भोकमरीले समेत धेरै मानिसको मृत्यु भएको थियो ।
– युवामञ्च