• ३० वैशाख २०८१, आइतबार

पत्थरमा गाडिएको त्यो तरबार

blog

भावी राजाको बलशाली पकडले मात्रै निस्कने गरी पत्थरमा गाडिएको तरबार राजा आर्थरसँग जोडिएका मिथकको एक महìवपूर्ण पक्ष मानिन्छ । प्रश्न उठ्छ, ब्रिटेनको विच्छृङ्खल अन्धकार युगको धूम्म त्यस्तो केही ऐतिहासिक आधार छ, जसमा कैयौँ इतिहासवेत्ता, लेखक र खजाना खोजकर्ता मथिङ्गल गरिरहेका छन् । कोही मानिस थियो वा कुनै स्थान, आर्थरको कुनै अंश भेटिन्छ कि भनेर अन्तहीन विश्लेषण अझै थामिएको छैन ।

कथाको एक भागमा मर्लिन अर्थात् आर्थरको एक रूपले भनेका थिए, वास्तविक राजाले मात्र यस तरबारलाई बाहिर निकाल्न सक्छ तथा जब एक आर्थरले यसो गर्न सक्ने छन् उनले स्वयंलाई बहादुर राजा युथर पेन्ड्रागनको छोरा भन्ने छन् । त्यो तरबार त्यसपछि आर्थरको शक्तिशाली हतियार हुनेछ । जसलाई एक्सक्यालिबर भनिन्छ ।

तर पत्थरमा गाडिएको तरबारको कथाको अन्तःप्रेरणा ब्रिटेनबाट होइन, इटालीबाट आउँदा कस्तो होला ? यसको प्रमाण १२औँ शताब्दीको पत्थरमा पाउन सकिन्छ, जुन इटालीको टस्केनीमा रहेको एक शिलामा अझै पनि छ ।

सियनाको दक्षिण पश्चिममा अवस्थित मोन्टसेपी गिरिजाघरको सेन्ट ग्यालगानोको पत्थरमा रहेको तरबार ज्यूँका त्यूँ छ । पत्थरमा गाडिएको यस तरबारका बारेमा पहिलेदेखि नै ठूलो चासो रहेको छ । त्यसबारेमा थाहा पाउने वा त्यसलाई प्रत्यक्ष देख्नेले यसको रहस्य जान्ने प्रयास अवश्य गर्छन् ।

तरबारको बिँड, काठको मुठ तथा तीन फिट लामो धारको केही इन्च मात्र पत्थर माथि देख्न सकिन्छ । किंवदन्ती के छ भने इटालीका योद्धा ग्यालगानो गुइडोटीले सन् ११८० मा युद्ध परित्याग गरेर साधु बन्दा यो तरबार पत्थरमा गाडेका थिए ।

वर्षौंसम्म तरबार नक्कली भएको आशङ्का गरिएको थियो तर हालैका वैज्ञानिक परीक्षणले सबै शङ्का उपशङ्कालाई खारेज गरेर धातुको यो तरबार १२औँ शताब्दीदेखि त्यहाँ रहेको स्पष्ट पारेको छ । 

पाभिया विश्वविद्यालयका लुइगी गार्लास्सेलीले दि गार्जियन पत्रिकासँगको अन्तर्वार्तामा भनेका छन्, “धातुको समयावधि तोक्नु धेरै कठिन कार्य हो तर हामी भन्न सक्छौँ धातुको संयोजन तथा शैली अपूर्व कथा युगिन देखिन्छ । हालै यसलाई नक्कली भन्नेको तर्क खारेज गर्न हामी सफल भएका छौँ ।”

तरबार मध्ययुग कालको मात्र होइन जमिन भेदन गर्ने राडार विश्लेषणबाट के थाहा भएको छ भने तरबारको मुनि एक गुफा छ । जो समाधिको अवशेष हुनसक्छ, सकभर मानिसको समाधि । 

यसको थप जानकारी हासिल गर्न उत्खनन गर्नुपर्ने मान्यता गार्लास्सेलीको छ ।  इटालीका विद्वान् मारियो मोइरागीले आफ्नो एक पुस्तकमा लेखेअनुसार आर्थरियन पत्थरको कथा टस्केनीको तरबारबाट प्रेरित छ । आर्थर र तरबारका बारेमा १३औँ शताब्दीको एक अङ्ग्रेजी पुस्तक स्पष्ट रूपमा पत्थरमा गाडिएको इटालीको तरबार अस्तित्वमा आएपछि सार्वजनिक भएको थियो । 

सोही गिरिजाघरमा दुईवटा सुरक्षित (ममी बनाइएका) पारिएका हात छन् । तिनको वैज्ञानिक परीक्षणबाट ती पनि १२औँ शताब्दीतिरको भएको स्पष्ट भएको छ । किंवदन्तीअनुसार टस्केनीको गिरिजाघरबाट जो कोहीले तरबार चोर्ने प्रयास गर्थे उसको हात चुँडिन्थ्यो । 

किंवदन्ती कतिसम्मको छ भने एक पटक पत्थरमा गाडिएको तरबार चोर्न तीन जना मानिसले कोसिस गर्दा उनीहरूमाथि तत्कालै चट्याङ प¥यो र ब्वाँसोले समेत आक्रमण ग¥यो । उनीहरूको हात जिउबाट चुँडिन पुग्यो । 

योद्धा ग्यालगानो एक सामन्ती जमिनदारका छोरा थिए । उनी आफ्नो अहङ्कार र क्रुरताले परिचित थिए। हत्या, हिंसा र आतङ्कको जस्वन बिताइरहेका उनलाई देवदूत माइकलले आफ्नो जीवन परिवर्तन गर्न आह्वान गरिरहेका थिए, किंवदन्तीले यस्तो भन्छ । 

ग्यालगानोले आफू साधु बन्ने निर्णय लिएको विश्वास गरिन्छ । उनले एक पहाडमा चढेर आफ्नो जीवनलाई ध्यान प्रार्थनामा समर्पित गर्दा एक दिव्य आवाजले उनलाई आफ्ना पापकर्म पखाल्नु पर्ने बतायो । जसका लागि उनले यस तरबारद्वारा पत्थर काट्न सजिलो हुने दिव्यात्माले निर्देशन दिएका थिए। 

जब ग्यालगानोले आफ्नो शक्ति सिद्ध गर्न पत्थरमा आफ्नो तरबार हिर्काए तरबार विस्तारै गाडिँदै गयो । नौनी काटे जसरी तरबार पत्थरमा पसेको कथा इटालीमा अझै पनि सुन्न पाइन्छ । आफ्नो बाँकी जीवन ग्यालगानोले साधु बनेरै व्यतित गरे । उनको मृत्युको चार वर्षपछि उनलाई सन्त घोषणा गरी तरबार गाडिएको पत्थर छेउमा गिरिजाघर निर्माण गरिएको थियो ।    

जे होस् टस्केनीमा एउटा पत्थरमा तरबार गाडिएको छ र तरबार पत्थरमा गाडिएको बारेमा स्पष्ट पार्ने प्रमाण फेला परेको छैन। सबै कुरा किंवदन्तीमै आधारित छन्। वैज्ञानिकले पत्थरभित्र तरबार छिरेको प्रमाणित गरेका त छन् तर कसले र किन त्यसरी तरबार पत्थरमा छिरायो रहस्य खुलेको छैन ।  

– युवामञ्च