बाङ्गोपनाको चिन्ता
लिङ्गमा बाङ्गोपना देखिएको र यसबाट आफू चिन्तित भएको कुरा लिएर थुप्रै व्यक्ति यौन चिकित्सक कहाँ धाउँछन्। लिङ्गको फेदैदेखि लिङ्ग दायाँबायाँ वा मुनितिर ढल्किनु स्वभाविक कुरा हो। उत्तेजित वा कडा नभएको अवस्थामा आफ्नै बोझ थाम्न नसकेर लिङ्ग तलतिर लत्रिन्छ। व्यक्ति सीधा उभिएको अवस्थामा उत्तेजित लिङ्गमा सामान्यतया बाङ्गोपना हुँदैन। तर सुतेको बेला दायाँ वा बायाँ ढल्किन सक्छ।