• २९ वैशाख २०८१, शनिबार

गायिका टीका प्रसाईंसंग १६ प्रश्न

blog

तपाईंसँग सबैभन्दा बहुमूल्य वस्तु के छ ?

मोबाइल फोन नै हो। अहिले म रेडमीको एन्ड्रोइड फोन प्रयोग गरिरहेकी छु।

यदि घर छाडेर जानु पर्दा एउटा वस्तु मात्र लिएर जानु परे के लैजानुहुन्छ ?

म मोबाइल फोन नै लिएर जान्छु। किनभने यसभित्र डिजिटल प्रविधिका कारण नागरिकतादेखि सबै महìवपूर्ण कागजपत्र राख्न मिल्छ।

तपाईंलाई आफ्नो सबैभन्दा बढी गर्व लाग्ने वस्तु के हो ?

मेरो आवाज नै हो।

घरको कुन कोठामा सबैभन्दा बढी मनपर्ने वस्तु छन् ?

मेरो बेडरुममा छन्। मैले प्रयोग गर्ने र मेरो करियरलाई आवश्यक पर्ने कुरा त्यहाँ छन्। त्यसमा अवार्ड र सम्मानहरू पनि पर्छन्।

कुन वस्तु किन्दा सबैभन्दा बढी सन्तुष्टि मिल्छ ?

यही भन्ने छैन। आवश्यकताअनुसार किनिरहेकी हुन्छु। आफूलाई कुन बेला के आवश्यकता पर्छ, त्यही सामानअनुसार नै सन्तुष्टि मिल्छ।

कुन वस्तुबिना तपाईं एकछिन बाँच्न सक्नुहुन्न ?

प्रकृति। प्रकृतिले दिने हावा पानीले हामी बाँचिरहेका छौँ। जिन्सी वस्तुको कुरा गर्दा त्यस्तो कुनै छैन।

तपाईंले कहिल्यै आफूले महत्त्वपूर्ण ठानेको वस्तु चोर्नुभएको छ ?

अहिलेसम्म त्यसरी चोरेको छैन। तर स्कुल पढ्दा साथीहरूसँग मिलेर बारीमा रोपेको काँक्रा चोर्न जाँदा घरको मान्छेले देखेपछि भाग्थ्यौँ।

आफ्ना वस्तुसँग तपाईंको आत्मीयता कत्तिको छ ?

बच्चादेखिको सामान अथवा १२, १३ वर्ष हुँदादेखिको सामान पनि मसँग एकदमै सुरक्षित छ।

तपाईंले बाल्यकालमा कुन वस्तुलाई धेरै महìवपूर्ण ठान्नुभयो ?

म बाल्यकालदेखि नै हरेक कुरामा चासो राख्थेँ। म आर्ट गर्न मन पराउँथे। आर्ट नसिके पनि आफ्नै हिसाबले बनाउँथे। अहिले पनि मैले बनाएका कतिपय आर्ट घरमा छन्, कतिपय त अरूले थाहै नपाई लग्नुभयो । गाउँमा अरूको कुरा गर्नुभन्दा घरमै बसेर सिर्जनात्मक काममा संलग्न हुन्थेँ ।

तपाईं कस्तो स्वभावको महिला हो ?

म अलिकति साउन्ड नेचर, अनि सहनशील महिला हुँ। सकारात्मक सोचाइ बोकेर बस्ने महिला हुँ।

जीवनमा कहिले कोही मन परेको छ ?

मैले मन पराएको मान्छे पाइसकेकी छु। (हाँस्दै)

राति घरबाट बाहिर जानुपर्दा कहाँ जानुहुन्छ ?

झट्टै निस्किएर जानुपर्ने अवस्था आयो भने कहाँ जानुपर्ने हो त्यो हेरेर हुन्छ। बेलुका हरियाली अनि सुनसान हुने ठाउँमा जान्छु।

तपाईंले कसैलाई नभनेको आफ्ना तीन बानी के के हुन् ?

म कहिलेकाहीँ एक्लै बसेर रुन्छु। चलचित्र हेरेँ या कुनै टेलिफिल्म हेर्दा त्यहाँको दृश्यले मलाई भावुक बनाउँछ। म कुनै पनि मान्छेलाई नराम्रो सोचाइले हेर्दिनँ। घरमा खाली हात बस्दिनँ । घरमा सामान मिलाउनेदेखि सजाउनेसम्म काम गर्छु ।

तपाईंको मनपर्ने फेसनशैली कुन हो ?

म खासै फेसनमा चासो राख्दिनँ। मलाई अरूभन्दा अलि फरक बन्न मनपर्छ। सामान किन्दा फेसन के छ भन्दा पनि फेसनभन्दा फरक के छ त्यो हेर्छु।

मनमा शङ्का उब्जिए के गर्नुहुन्छ ?

त्यो बेलामा म धैर्यमा नै बढी विश्वास गर्छु। कसैलाई केही प्रतिक्रिया जनाउने भन्दा पनि एक किसिमको शान्त र धैर्य हुन्छु।

तपाईंलाई कस्तो खालको केटा मन पर्छ ?

मलाई मेरो श्रीमान्जस्तै शालिन, भद्र केटा मनपर्छ। 


प्रस्तुति : नेमिष गौतम