• ८ वैशाख २०८१, शनिबार

रामोजीमा निताको चलचित्र

blog

निता ढुङ्गाना / अभिनेत्री

पछिल्लो दशकमा नेपाली चलचित्रले छायाङ्कनको दायरा फराकिलो पार्दै लगेका छन् । कुनै समय नेपालमा मात्र छायाङ्कन गरिने चलचित्र अहिले विदेशका उत्कृष्ट लोकेसनमा खिचिन थालिएको छ । यही क्रममा नेपाली चलचित्रको इतिहासमा पहिलो पटक चलचित्र ‘ह्रस्व दीर्घ’ भारतको प्रख्यात रामोजी फिल्म सिटीमा खिचिने भएको छ ।

चलचित्रलाई निताको कम्पनी निता फिल्मस्ले निर्माण गर्न लागेको छ । पहिलो पटक रामोजी फिल्म सिटीमा आफ्नो चलचित्र छायाङ्कन हुने निश्चित भएपछि निता खुसी छिन् । यो चलचित्रमा उनको प्रेमीकाका रूपमा हरिहर अधिकारी रहनेछन् । 

चलचित्रमा ‘गजनी’ फेम्ड अभिनेता प्रदीपराजसहित केही भारतीय कलाकारको पनि अभिनय रहनेछ । चलचित्र साउनबाट फ्लोरमा जाँदैछ ।