• १० मंसिर २०८१, सोमबार

रक्त क्यान्सर उपचार सम्भव छ

blog

कान्ति बाल अस्पतालमा अङ्कोलोजी विभागको इमर्जेन्सी कोठाको दायाँतर्फ रहेको शय्यामा एक जना दस वर्षे बालक मोबाइल फोनमा रमाउँदै भिडियो हेर्दै गरेको देख्दा लाग्छ, उनलाई खासै गम्भीर समस्या छैन । नजिकै कुर्सीमा बसेका १६ वर्षीय युकेश राई एक टक लगाएर बालकलाई नियालिरहेका छन् । इच्छाबहादुरको कुरुवा हुन् दाइ युकेश ।

गएको वैशाखमा माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएपछि नै युकेश भाइको रेखदेखमा जुटेका छन्, यसको कारण अरू केही होइन उनको भाइलाई एक खालको रक्त क्यान्सर भएको छ ।

करिब पाँच महिना अगाडि खाना खान मन नलाग्ने भएपछि एक दिन इच्छाबहादुरको नाकबाट अचानक रगत बग्न थाल्यो, परिवारजन चिन्तित भए । ओखलढुङ्गाका अस्पताल हुँदै काठमाडौँ आइपुगेको उनको परिवारजनले रोगको पहिचान हुँदासम्म दुई लाखभन्दा बढी रुपियाँ खर्चिसकेको थियो । 

कान्ति बाल अस्पताल आइपुगेपछि इच्छाबहादुरलाई क्यान्सर भएको पत्ता लाग्यो । अङ्कोलोजी डिपार्टमेन्टकी वरिष्ठ नर्सिङ निरीक्षक निलकुमारी थापाका अनुसार इच्छाबहादुरलाई अक्युट लिम्फोब्लास्टिक ल्युकेमिया (एएलएल) भएको छ । ‘एएलएल’ भनेको रक्त क्यान्सरको प्रकार हो । रगत र ‘बोन म्यारो’मा ह्वाइट ब्लड सेल (डब्ल्यूबीसी) अर्थात् सेतो रक्तकोषको मात्रा अस्वाभाविक घटीबढी भएको अवस्थासँग यो रोग सम्बन्धित छ । 

अस्पतालको सामाजिक सुरक्षा एकाइका अनुसार गएको दस महिनामा क्यान्सरका २६७ नयाँ बिरामी औषधि उपचार कार्यक्रमबाट लाभान्वित भएका छन् । 

मानेभन्ज्याङका इच्छाबहादुरको उपचारमा हालसम्म करिब दस लाख रुपियाँ खर्च भइसकेको परिवारजनको भनाइ छ । ‘केमोथेरापी’को तेस्रो चक्रका लागि उनी हाल अस्पतालमा भर्ना छन् । 

कान्ति अस्पतालको सो डिपार्टमेन्टमा उपचारका लागि हाल १५ बालबालिका भर्ना छन् । जसमध्ये चार जना रक्त क्यान्सरबाट पीडित छन् र अधिकांशलाई ‘केमोथेरापी’ गरिएको छ । दिवा सेवामा उपचार गराएर घर फर्किनेको छुट्टै एकाइ भुईंतल्लामा छ । त्यस डिपार्टमेन्टमा १४ वर्ष उमेरसम्मका क्यान्सर पीडित बालबालिकाको उपचार गरिन्छ । उपचारको क्रममा शय्या, ल्याब, एक्स रे, सिटी स्क्यानलगायतको सुविधा अस्पतालले निःशुल्क गरेको छ । 

अस्पतालको सामाजिक सुरक्षा एकाइका अनुसार गएको दस महिनामा क्यान्सरका २६७ नयाँ बिरामी औषधि उपचार कार्यक्रमबाट लाभान्वित भएका छन् । उक्त सङ्ख्या आर्थिक वर्ष २०७७/०७८ मा २६० थियो । 

सरकारले क्यान्सर बिरामीलाई ‘विपन्न नागरिक औषधि उपचार कार्यक्रम’बाट उपचार खर्चमा सहयोग गर्दै आएको छ । एकाइका सहजकर्ता सन्तोष घिमिरेले वैशाख महिनासम्म सिफारिसका आधारमा राज्यकोषबाट २६७ जना बिरामीलाई ४४ लाख १९ हजार बराबरको सहयोग उपलब्ध गराइएको छ ।

रक्त क्यान्सरका कति बिरामी ?

एक अध्ययनअनुसार नेपालमा वार्षिक लगभग सात सय ल्युकिमिया, दुई सय लिम्फोमा र ७० मल्टिपल माइलोमाका नयाँ बिरामी थपिँदै आएका छन् । 

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को तथ्याङ्कले के देखाउँछ भने सन् २०१९ मा नेपालको नौ जिल्लामा मात्रै रक्त क्यान्सरका ४५७  नयाँ बिरामी फेला परेका थिए । एक वर्षअघि ४३८ जना रक्त क्यान्सरका नयाँ बिरामीको पुष्टि भएको थियो । परिषद्ले जनसङ्ख्यामा आधारित क्यान्सर रजिस्टी« (पीबीसीआर) कार्यक्रम सञ्चालन गर्दै आएको छ । काठमाडौँ उपत्यकाका तीन जिल्ला, मधेश प्रदेशको आठमध्ये सप्तरी, सिरहा, धनुषा र महोत्तरी तथा पूर्वी र पश्चिमी रुकुममा पीबीसीआर अध्ययन भइरहेको छ । 

कार्यक्रमकी अनुसन्धान अधिकृत उमा काफ्लेले माथिका नौ जिल्लामा सन् २०१९ मा क्यान्सरका जम्मा तीन हजार दुई सय ९५ र सन् २०१८ मा तीन हजार तीन सय ४९ नयाँ बिरामीको पुष्टि भएको जानकारी दिएकी छन् । 

पहिलो पटक सन् २०१८ मा उक्त अनुसन्धान सुरु गरिएको थियो । अधिकृत काफ्ले भन्छिन्, “सन् २०१९ पछि कोभिड–१९ को प्रकोपले बिरामीको यथार्थ चित्रण आउन नसकेको हो कि जस्तो लाग्छ तर अघिल्लोे वर्षको तुलनामा सन् २०१९ को चित्र बढी वस्तुपरक छ ।”

तथ्याङ्कको विश्लेषण गर्दा सन् २०१९ मा नौ जिल्लामा पुष्टि भएका क्यान्सरका नयाँ बिरामीमध्ये करिब १४ प्रतिशत रक्त क्यान्सरका बिरामी हुन् । एक वर्षअघि रक्त क्यान्सरका बिरामी करिब १३ प्रतिशत थिए । 

काठमाडौँस्थित निजामती कर्मचारी अस्पताल नेपालमा रगतको क्यान्सरको विशिष्टिकृत उपचार थलो हो । अस्पताल प्रशासनका अनुसार हाल रक्त क्यान्सरका ३० बिरामी अस्पतालमा भर्ना भएर उपचार गराइरहेका छन् । वार्षिक करिब चार सय रक्त क्यान्सरका रोगीको पहिचानपछि निजामती अस्पतालमा उपचार गरिँदै आएको छ ।


 

रगतको रोग के हो ?

रगतमा दुई प्रकारका पदार्थ हुन्छन्, कोष र प्लाज्मा । कोष र प्लाज्मामध्ये कुनैमा गडबडी भयो भने रगतसम्बन्धी रोग लाग्छ । कोषमा रातो रक्तकोष(आरबीसी), सेतो रक्तकोष (डब्ल्यूबीसी) र प्लेटलेट्स हुन्छ । आरबीसी कम हुनु पनि रोग हो, बढी हुनु पनि रोग हो । रगतमा हेमोग्लोबिन पनि हुन्छ ।

फलाम तìवकोे कमी हुनु, रक्तअल्पता, भिटामिन बी१२ को कमी हुनु,  कलेजो, मिर्गौला वा मुटुको रोगले हेमोग्लोबिन कम हुन सक्छ । हेमोग्लोबिनको कमी भएमा रगतको क्यान्सर पनि हुन सक्छ । धेरैजसो रगतको क्यान्सर हेमोग्लोबिनको कमीले गर्दा हुन्छ । 

हेमोग्लोबिन बढी हुनु पनि रोग हो । कसैको हेमोग्लोबिन २० वा २२ हुन्छ । केटा मान्छेमा हेमोग्लोबिन अधिकतम १६.५ भन्दा बढी हुनुहँुदैन भन्छौँ हामी । केटी मान्छेमा हेमोग्लोबिन १६ भन्दामाथि हुनुहुन्न । मुटु, छाती वा कलेजोको रोगले पनि हेमोग्लोबिन घटबढ हुन सक्छ । रगतको क्यान्सरले पनि हेमोग्लोबिन बढी हुन सक्छ । यी सबै रातो रगतको कुराहरू भए ।

सेतो रक्तकोष कम हुनु पनि रोग हो, बढी हुनु पनि रोग हो । रगतका साधारण रोगले पनि सेतो रक्तकोष कम हुन्छ । जस्तै– रुघाखोकीको बेला कुनै औषधि खाँदा सेतो रक्तकोष कम हुन सक्छ । फियो सुन्निएको छ भने सेतो रक्तकोष देखिन्छ । रगतको क्यान्सरले समेत सेतो रक्तकोष कम गर्दछ । 

रगतको क्यान्सरहरू मुख्य रूपमा ५६ प्रकारका हुन्छन् । कोषको कम हुनु पनि रोग हो, बढी हुनु पनि रोग हो । कोष कम हुनु वा बढी हुनु रगतको क्यान्सर हुन सक्छ तर रगतको अन्य रोगमा पनि कोष कम वा बढी हुन सक्छ । 

प्लेटलेट्समा पनि त्यस्तै हो । यो कम हुनु पनि रोग हो, बढी हुनु पनि रोग हो । रगतको साधारण रोगमा पनि प्लेटलेट्स कम वा बढी हुनसक्छ । शरीरमा फलाम तìवको मात्रा कम भएमा प्लेटलेट्स बढी देखिन्छ र क्यान्सरमा पनि बढी हुन्छ । 

तसर्थ हेमोग्लोबिनको मात्रा मात्रै हेरेर रगतको क्यान्सर हो भन्न सकिन्न । किनभने रगतका साधारण रोगमा समेत यी मात्रा कम वा बढी हुन सक्छ । रगतका साधारण रोग वा रगतको क्यान्सरको रिपोर्ट हेर्दा रगतका यी अवयवको मात्रा बढी वा कम उस्ताउस्तै हुन्छ । साधारण रिपोर्टकै आधारमा कसैलाई रगतको क्यान्सर भएको हो कि हैन भन्ने निचोडमा पुग्न सकिन्न । त्यसका लागि अझै बढी र विशिष्ट जाँचहरू गर्नुपर्ने हुन्छ । 

यसैगरी प्लाज्मामा रगत जमाउने तìवहरू हुन्छन् । जसलाई हामी ‘फ्याक्टर’ भन्छौँ । फ्याक्टर एकदेखि १३ सम्म हुन्छ । फ्याक्टर कम भयो भने पनि शरीरमा रक्तस्राव बढी हुन्छ जस्तै हिमोफिलिया । हिमोफिलियामा फ्याक्टर ८ र ९ एकदमै कम हुन्छ । जसले गर्दा बिरामीलाई बढी रक्तस्राव हुने गर्छ । ती फ्याक्टर बढी बन्यो भने रगत जम्छ । जसले गर्दा खुट्टामा, दिमागमा वा मुटुमा रगत जम्ने हुनसक्छ । यसैका कारणले ५० वर्ष नपुग्दै पक्षघात हुन सक्छ । 


फेला पर्ने रक्त क्यान्सर के के हुन् ?

रगतका क्यान्सरलाई रेशा रेशामा छुट्याउँदा एक सयभन्दा बढी प्रकारका भेटिन्छन् । नेपालमा रगतका क्यान्सरमा अक्युट ल्युकेमिया, लिम्फोमा र मल्टिपल माइलोमा बढीजसोमा देखिएको छ । लिम्फोमा मात्रै ६० प्रकारका हुन्छ । 


नेपालीमा देखिने रगतका गम्भीर समस्या

नेपालमा देखिने रगतका गम्भीर समस्यामध्ये एउटा त रगतको क्यान्सर नै हो । जसलाई हामी ल्युकिमिया, लिम्फोमा र मल्टिपल माइलोमा भन्छौँ । क्यान्सरबाहेकका रगतको रोगमा हाम्रा लागि ठूलो चुनौती भनेको अप्लास्टिक एनिमिया हो । 

बोन म्यारो सुक्ने रोग हो यो, क्यान्सरचाहिँ होइन तर बोन म्यारो सुकेर जान्छ । बोन म्यारोबाट रगतको कुनै पनि कोष बन्दैन । यो एकदमै विकराल अवस्थामा छ । यसका बिरामीमा बोन म्यारोमा रगत नै बन्दैन । शरीरमा रातो र सेतो रक्तकोष तथा प्लेटलेट्स घटेर जान्छ । रक्तअल्पता र आईटीपी (इम्युन थ्रम्बोसाइटोपेनिया परपुरा)अर्थात् रगतमा प्लेटलेट्स घटेर जाने समस्या धेरैजसोमा देखिन्छ । 


क्यान्सर भए/नभएको कसरी बुझ्ने ?

शरीरमा रातो रगतको कमी भयो भने स्याँस्याँ हुने, एकदमै थकान लाग्ने, कान बज्ने, अलिकता सिँढी चढ्यो कि सास फुल्ने हुन्छ । सेतो रक्त कोष कम भयो भने शरीरमा सङ्क्रमण हुन्छ । निमोनिया हुने, कान पाक्ने, मुखमा घाउ आइरहने, गुद्द्वारमा घाउ भइरहने, छालामा घाउ भएर पिप निस्कने र निको नहुने हुन्छ । प्लेटलेट्स कम भएमा रक्तस्राव अधिक हुन्छ । प्लेटलेट्स कम भएको अवस्थामा मुखमा रगत जमेको देखिने, नाक, गिजाबाट रगत आउने, शरीरको विभिन्न भागबाट अस्वाभाविक रक्तस्राव हुने गर्छ । 

क्यान्सरले गर्दा हुने सेतो रक्तकोष कम भयो भने सङ्क्रमण नै हुने हो, क्यान्सरले गर्दा प्लेटलेट्स कम भयो भने रक्तस्राव नै हुने भयो । त्यही भएर बिरामीको लक्षण हेरेर क्यान्सर भएको छ यसै भन्न सकिन्न । 


उपचार कसरी र किन भयावह ?

रगतको क्यान्सरलाई समयमै उपचार गरिए निको पार्न सकिन्छ तर औषधिले छुनुप-यो । रगतको क्यान्सरको उपचार दुईथरीले गरिन्छ । किमोथेरापी–औषधि सेवन गरेर । अर्को बोन म्यारो प्रत्यारोपण गरेर । 

यी दुवै विधि नेपालमा सम्भव छ । दुवै उपचार प्रक्रिया, काठमाडौँको निजामती अस्पतालमा सन् २०११ देखि निरन्तर उपलब्ध छन् । किमोले निको हुने बिरामीलाई किमो दिइने र किमोले निको नहुने बिरामीलाई बोन म्यारो प्रत्यारोपण गरिन्छ । 

लिम्फोमा भएको छ भने पहिले किमोथेरापी दिने हो, निको भएन भने बोन म्यारो प्रत्यारोपण गर्ने हो । ल्युकिमियालाई पनि पहिले किमोथेरापी दिने दिएर हेरिन्छ तर किमोथेरापी दिएपछि पनि फर्केर आउने वा किमोथेरापीबाट निको नहुने भएमा बिरामीमा बोन म्यारो प्रत्यारोपण विधिबाट उपचार गरिन्छ । 

जन्मजात शरीरमा रोगसँग लड्ने क्षमता नभएका बिरामीलाई बोन म्यारो प्रत्यारोपण गर्छौं हामीले । 

साधारण रोगको उपचार हुन्छ र हुन्थ्यो, निको भएर जान्छ । रगतको क्यान्सरको उपचार नेपालमा थिएन, उपचार अभावमा बिरामी मर्थे । त्यसो हुनाले रगतको क्यान्सरलाई भयावह रोग भनिन्थ्यो । 

पहिला त रगतको क्यान्सर भएको छुट्याउनुप-यो । रगतको क्यान्सर भएको किटान गर्न रगतको र बोन म्यारोको जाँच हुनुप¥यो । त्यसैगरी शरीरमा पलाएका गाँठागुँठीको जाँच गरेर रगतको साधारण रोग हो वा क्यान्सर हो छुट्याउन सकिन्छ । 


रगतको क्यान्सर हुने कारण

वंशाणुगत, विकिरण, भाइरल इन्फेक्सन वा ब्याक्टेरियल इन्फेक्सनले रगतको क्यान्सर हुने पुष्टि भइसकेको छ । चुरोट सेवन गरेर फोक्सोको क्यान्सर हुन्छ, रक्सी खाँदा कलेजोको क्यान्सर हुन्छ भने जसरी फलानो वस्तु खाएमा रगतको क्यान्सर हुन्छ भन्ने छैन । खाएरै हुने भए नवजात शिशुमा समेत रक्त क्यान्सर किन हुन्थ्यो त ?

किमोथेरापी गरिसकेपछि पनि रोग फर्केर आउने सम्भावना कतिको हुन्छ ?

ल्युकिमिया तीन प्रकारका हुन्छन् । क्यान्सरको प्रकृतिअनुसार ३० देखि ७० प्रतिशतसम्म यो रोग फर्केर आउने सम्भावना हुन्छ । कुनै रोग ३० प्रतिशत मात्रै फर्किने सम्भावना हुन्छ भने कुनै रोगमा उक्त सम्भावना ७० प्रतिशतसम्म रहन्छ । यो सम्भावना ल्युकिमियामा बढी हुन्छ । 

कार्यस्थल वा वंशाणुगत कारणले रगतको क्यान्सर हुने सम्भावना कति हुन्छ ?

नयाँ शोधहरूले रगतका क्यान्सर पनि वंशाणुगत हुन्छ भनेर पुष्टि गरिसकेका छन् । माइलो डिस्प्लास्टिक सिन्ड्र«ोम बाह्य कारणले हुने एक प्रकारको क्यान्सर हो । ल्युकिमिया, लिम्फोमा र मल्टिपल माइलोमा पनि वंशाणुगत हुनसक्छ भनेर पुष्टि भइसकेको छ । 

त्यसैले परिवारमा कसैलाई रगतको क्यान्सर भएको छ भने अर्को व्यक्तिलाई पनि रगतको क्यान्सर हुने सम्भावना बढी हुन्छ । 

बेन्जिन भने रसायनको सम्पर्कमा लामो समयसम्म रह्योे भने रगतको क्यान्सर हुने जोखिम बढी हुन्छ । खाडी राष्ट्रहरू, मलेसियालगायतका राष्ट्र«मा काम गरेर फर्किने नेपालीमा अप्लास्टिक एनिमिया वा रगतको क्यान्सर देखिने गरेको छ । 


रगतको क्यान्सर बढी हुने उमेर समूह कुन हो ?

ल्युकिमिया भने रगतको क्यान्सर बालबालिकामा बढी देखिन्छ । लिम्फोमा भने रगतको क्यान्सर वयस्कहरूमा बढी देखिएको छ । मल्टिपल माइलोमा उमेर पुगेका व्यक्तिमा बढी भेटिन्छ । यसो भन्दैमा ल्युकिमिया बुढेसकालमा देखिने हैन भनेको होइन, देखिन सक्छ । 

अप्लास्टिक एनिमिया भने बालबालिका र युवामा बढी देखिन्छ । ‘आईटीपी’ युवतीमा बढी देखिने गरेको छ । 

बिरामीको चाप र उपचारको अवस्था

रगतको क्यान्सरको अवस्था आजको दिनमा समेत भयावह नै छ । भोलिको दिनमा के हुन्छ भन्न सकिन्न । उपचार पद्धति पनि महँगै छ, सबैले बेहोर्न नसक्लान् तर भोलिको दिनमा उपचारलाई लिएर भन्नुपर्दा सरकारले ध्यान दिने हो र रगतको रोगका लागि भिन्नै अस्पताल चाहिन्छ भन्ने महसुस गरेर निर्माण ग¥यो भने रगतको क्यान्सरले त्यत्ति भयावह रूप नलेला । 

तर रगतको रोगप्रति हेलचेक्र्याइँ गर्ने हो भने थाल्सेमिया (एक प्रकारको रगतको रोग)को जस्तो भयावह रूप लिन सक्छ । बोन म्यारो प्रत्यारोपण गरेर विदेशमा ९० प्रतिशत थाल्सेमिया बिरामी निको भएका छन् तर नेपालमा ३५ वर्ष उमेरभन्दा माथि कोही बाँच्दैनन् । 

पश्चिमी नेपालको धनगढी क्षेत्रलगायत थारू समुदायमा देखिने सिकलसेल एनिमिया पनि यस्तै हो । यस रोगले गर्दा धेरैले अकालमै ज्यान गुमाएका छन् । यसको अवस्था विकराल छ । अप्लास्टिक एनिमियामा बोन म्यारो प्रत्यारोपण गर्नुपर्छ तर उपचार खर्च जुटाउन नसकेर हामीले एक वर्षमा सय बिरामीमध्ये ७५ जनाको मृत्यु भएको देखेका छौँ । 

सरकारले आजको दिनमा रगतको रोगका बिरामीलाई बचाउने हो भने सेवा विस्तार गर्नलाई छुट्टै अस्पताल नखोलेर हुँदैहुँदैन । यी सबै कुरा सरकारले गर्न सकेन र निजी क्षेत्रको हातमा गयो भने उपचार खर्च जुटाउन नसकेर धेरै बिरामी बाँच्न सक्ने छैनन् । 


उपचार खर्च कति लाग्छ ?

दक्षिण एसियामा तुलना गर्दा नेपालमा क्यान्सरको उपचार सस्तो छ । निजामती कर्मचारी अस्पताल सरकारी भएर हो अन्य अस्पतालभन्दा उपचार सस्तो नै छ । हामीले गर्ने बोन म्यारो प्रत्यारोपण संसारमै सबैभन्दा सस्तो हो । हामीले गर्ने बोन म्यारो प्रत्यारोपणको नतिजा अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशन गरिसकेका छौँ । यहाँको प्रत्यारोपणको नतिजा अमेरिका, युरोपलगायत विदेशमा हुने प्रत्यारोपणसँग मिल्दोजुल्दो छ । 

तर जतिसुकै सस्तो भए पनि दस लाख रुपियाँ निकाल्न गाह्रो हुन्छ नि । सरकारले त्यस सम्बन्धमा विचार पु-याउनुपर्ने हो । 

विस्तारै सुधार हुँदै गएको छ । काठमाडौँमा मुख्यतया निजामती कर्मचारी अस्पतालमै रगतको क्यान्सरको उपचार हुने हो । काठमाडौँ बाहिर नेपालगञ्जमा, भरतपुरमा क्यान्सरको उपचार गरिन्छ । á