असहाय (कथा)
“डाक्टरले के भन्यो ?” “बढीमा छ महिना ।” पति निदाएजस्तो गरिरह्यो । यो प्रश्नले उसलाई त्रस्त पारिरहन्थ्यो । सबैले माया मारिसकेका थिए । उसकी पत्नीले मात्र आँसु झारिरहन्थी । भाइबुहारी पालैपालो कुरुवा बस्थे पहिले त पछि त्यो क्रममा पनि व्यवधान आयो । सबैले छ महिना पनि बढी भयो भनेजस्तो आआफ्ना व्यस्तता देखाउन थाले । मात्र पत्नीले सकीनसकी उसको स्याहा
आमा र घाम (कविता)
कलिलो घाम आमाको अनुहारमा विम्ब बनेर आयो । आमा ! मुसुक्क हाँसिन् घामझैँ किरण हाँस्यो घामजस्तै ।
गजल
घनु भन्ने बहरमा बनाएँ गजल यो अक्षर बाह्रले अब सजाएँ गजल यो । छन् अर्का न यसमा बुझौँ चार मात्रै
पसिनाको घर (कविता)
यो बादलको गाउँभन्दा पनि परको गाउँमा एक जोर आँखाहरू बाटोमा ओछ्याइएका छन् उप्किँदै गरेका घरका भित्ताहरू मक्किँदै गरेका झ्याल
खोजीको प्रतिफल– आविर्भाव आख्यान
गहिरो अध्ययन, कठिन सङ्कलन र सूक्ष्म अनुसन्धानको प्रतिफलका रूपमा ‘आविर्भाव आख्यान’ जनसामु आएको छ । कान्यकुब्जबाट जुम्ला हुँदै फैलिएका खस आर्यहरू (कौण्डिण्य गोत्री आचार्य आविर्भाव आख्यान एक प्रतीक) उपशीर्षक दिइएको यस कृतिका सङ्कलक, सम्पादक तथा लेखक हुनुहुन्छ– वेदनाथ आचार्य ।
लखेट्तै लखेट्तै समयले
मोफसलमा हराएको एउटा मध्यमवर्गीय अनाम नागरिकको रिटायर्ड जीवन । भेउ नपाइने अँध्यारो उत्तरार्ध ! पहिले जीवन भुवाजस्तै हल्का थियो, हिजोआज छिनछिनै झन्झन् ओसिलो र बोझिलो बन्दै आएछ । चरीजस्तै भुरुरुर्र उड्ने काया दिनानुदिन भद्दा, असजिलो र अलाख लाग्ने भएछ । आफैँ आफूलाई अप्ठ्यारो प्रतीत भइदिने रहेछ । आफ्नै कायातरु अलि कुरूप, अलि कफल्लो, अलि निम्छरोे र अलि खोक्रो अनुभव हुन थालेछ । तैपनि जस्तो हो त्यस्तै देखिन मन नमान्ने रहेछ ।
पुतलीबाजेका पदचाप
पिटरले पाँच महिनाअघि आफ्नो मामा नाता पर्ने कलिन स्मिथलाई भेटेर आएपछि नेपाल र नेपालीका बारे सबैसँग गर्नु भएको बखान सुन्दा ‘नेपाली हुँ’ भन्दा थप गर्व महसुस भयो । करिब पाँच वर्षअघि कामका सन्दर्भमा मेनेजरको रूपमा भेट हुनु भएका पिटरले शुरुमा नै ‘तिमी कुन देशबाट आएको’ भनेर प्रश्न गर्नु भयो । मैले नेपाल भनेँ । सामान्यतः यहाँका मानिसहरू गफिन थालेपछि मज्जाले नै कुरा गर्न थाल्छन् । उहाँले यही क्रममा आफ्नो नजिकको नाता पर्ने एकजना लामो समयदेखि
गाउँको कोसेली
गाउँ सहर बन्ने प्रतिस्पर्धामा छ । सहरलाई आधुनिक बनाउन अर्बौं अर्बका योजना थपिँदै छन् । व्यवस्थित सहर कसलाई मन पर्दैन र ! तर मानवमा असन्तुष्टि र वितृष्णा भने दिनानुदिन बढ्दै छ । सामाजिक, आर्थिक विकाससँगै आपराधिक गतिविधि पनि बढ्दै छन् । अपराधका घटनामा आधुनिक प्रविधि प्रयोग हुनुले पनि यसो भएको होला ।
रहरमै बाँचेको रङ्गमञ्च
नेपालमा टोलटोल र डबलीमा देखाइने नाटकको आफ्नै किसिमको परम्परा थियो । हामीले अहिले हेर्ने पश्चिमी शैलीको ‘थिएटर’ नाटक भने नाट्यसम्राट् बालकृष्ण समले भित्र्याउनु भएको हो । उहाँले नाटक लेख्ने, मञ्चन गराउने काम मात्र गर्नुभएन, नाटकको एउटा पुस्ता नै तयार पारिदिनु भएको थियो । समले तयार पारिदिनु भएको त्यो पुस्ताको पनि अन्त्य भइसकेको छ ।