• ७ मंसिर २०८१, शुक्रबार

गजल

blog

उड्यो उड्याथ्यो रङहरू फिका थियो दिल मेरो 

दुख्यो दुख्याथ्यो बल्किएर छातीभित्र खिल मेरो । 


चिर्दै निशा, ज्योति बोकी आयौ मधुर मुस्काउँदै 

तिम्रो आगमनसँगै भयो जीवन झिलमिल मेरो ।


खडेरी झैँ सुक्खा थियो, धाँजा फाटी मनको तलाउ 

तिम्रै प्यारको वर्षात्ले भरियो तलाउ डिल मेरो ।


उदासीमा विरहका गीत गाउँथेँ सुस्केरामा 

आयौ सिकायौ धुन तिम्रो भयो भाका कोकिल मेरो ।


यसरी भयौ सामेल जीवनमा प्रियतमा 

फूल्यो ‘शिरीष’ भयो जिन्दगीको चाह हासिल मेरो ।