लखेट्तै लखेट्तै समयले
मोफसलमा हराएको एउटा मध्यमवर्गीय अनाम नागरिकको रिटायर्ड जीवन । भेउ नपाइने अँध्यारो उत्तरार्ध ! पहिले जीवन भुवाजस्तै हल्का थियो, हिजोआज छिनछिनै झन्झन् ओसिलो र बोझिलो बन्दै आएछ । चरीजस्तै भुरुरुर्र उड्ने काया दिनानुदिन भद्दा, असजिलो र अलाख लाग्ने भएछ । आफैँ आफूलाई अप्ठ्यारो प्रतीत भइदिने रहेछ । आफ्नै कायातरु अलि कुरूप, अलि कफल्लो, अलि निम्छरोे र अलि खोक्रो अनुभव हुन थालेछ । तैपनि जस्तो हो त्यस्तै देखिन मन नमान्ने रहेछ ।
पुतलीबाजेका पदचाप
पिटरले पाँच महिनाअघि आफ्नो मामा नाता पर्ने कलिन स्मिथलाई भेटेर आएपछि नेपाल र नेपालीका बारे सबैसँग गर्नु भएको बखान सुन्दा ‘नेपाली हुँ’ भन्दा थप गर्व महसुस भयो । करिब पाँच वर्षअघि कामका सन्दर्भमा मेनेजरको रूपमा भेट हुनु भएका पिटरले शुरुमा नै ‘तिमी कुन देशबाट आएको’ भनेर प्रश्न गर्नु भयो । मैले नेपाल भनेँ । सामान्यतः यहाँका मानिसहरू गफिन थालेपछि मज्जाले नै कुरा गर्न थाल्छन् । उहाँले यही क्रममा आफ्नो नजिकको नाता पर्ने एकजना लामो समयदेखि
गाउँको कोसेली
गाउँ सहर बन्ने प्रतिस्पर्धामा छ । सहरलाई आधुनिक बनाउन अर्बौं अर्बका योजना थपिँदै छन् । व्यवस्थित सहर कसलाई मन पर्दैन र ! तर मानवमा असन्तुष्टि र वितृष्णा भने दिनानुदिन बढ्दै छ । सामाजिक, आर्थिक विकाससँगै आपराधिक गतिविधि पनि बढ्दै छन् । अपराधका घटनामा आधुनिक प्रविधि प्रयोग हुनुले पनि यसो भएको होला ।
रहरमै बाँचेको रङ्गमञ्च
नेपालमा टोलटोल र डबलीमा देखाइने नाटकको आफ्नै किसिमको परम्परा थियो । हामीले अहिले हेर्ने पश्चिमी शैलीको ‘थिएटर’ नाटक भने नाट्यसम्राट् बालकृष्ण समले भित्र्याउनु भएको हो । उहाँले नाटक लेख्ने, मञ्चन गराउने काम मात्र गर्नुभएन, नाटकको एउटा पुस्ता नै तयार पारिदिनु भएको थियो । समले तयार पारिदिनु भएको त्यो पुस्ताको पनि अन्त्य भइसकेको छ ।
प्रेमिकाको टाई (कथा)
‘‘आज पनि महारानीको सवारी भएको छैन, रातको आठ बजिसक्यो । होइन हो ! ‘काम छ ! काम छ !’ मात्र भन्छे तेरी श्रीमती ! तँ पनि डाक्टर हो । तेरो बाबु पनि अझै काम गर्दै हुनुहुन्छ तर तेरी श्रीमतीको चाहिँ फुर्ती र ढाँचा हेर्नु पर्छ बाफ रे बाफ ! कस्तो काम हो सधैँ ढिलो हुने ? बुहारी मान्छेले रातिराति गर्नुपर्ने काम किन गर्नु ? खानलाउन दुःख छैन अनि किन यो जात्रा गरेकी हँ तेरी श्रीमतीले । समयमै श्रीमतीलाई तह लाउनू है छोरा ! नत्र पछुतो होला । तीन महिना भयो तेरो बिहे भएको पनि आज । जागिरको पैसा दिने कुरो पनि केही गर्दिन । साँच्चै के काम हुन्छ भन् त बैङ्कमा ? कि
अमेरिका चिनाउने नियात्रा
नेपाली नियात्रा साहित्यमा लगभग सात सयको हाराहारीमा नियात्रा कृति प्रकाशित छन् । अमेरिका भ्रमणबारे मात्रै दर्जनौँ कृति लेखिएका छन् । तिनैको लहरमा उभिएको छ शरद निरोलाको नियात्रा सङ्ग्रह ‘एटलान्टिकदेखि प्रशान्त महासागरसम्म’ । त्रिविको सहप्राध्यापकको जागिर छोडेर तीन दशकअघि शरद निरोला अमेरिका जानुभएको हो । यही बसाइका क्रममा अमेरिकाका अविस्मरणीय घटना लिपिबद्ध रहेछ यो कृतिमा ।
नृस्पृह साँझ (कविता)
अलिनो मेरो बस्तीभित्र साँझ विस्तार ओर्लंदैछ ज्वरले दिमाग झ्याप्प छोपेजस्तो सुगरको रोगीको थकित गोडामा सूर्यको शक्ति शिथिल भएर
सत्मार्ग (कविता)
भ्रष्टाचार भिखारीका हुन् कथा हुन् ती दरिद्री मन सारा यो धरती र द्रव्य धन सब जोड्ने छ भित्री मन । मात्रै केवल त्यै कमाइकन धन बित्यो सबै जीवनी इच्छा पूर्ण नभई ऊ मर्छ विचरा सच्चा भिखारी बनी ।
घामसँग शरीरको सामीप्य
पञ्चतत्त्वद्वारा निर्मित एक विचित्रको सजीव यौगिक हो– मानव शरीर । यो निकै रहस्यमय रसायनहरूको महाभण्डार र ईश्वरको प्रयोगशाला हो, नित्य नैसर्गिक जीवन प्रक्रियाहरूको निष्काम कर्मथलो हो, महाब्रह्माण्डको सारांश हो । अनि जीवतìवलाई आफ्नो सङ्गीतमय अभिव्यक्तिका लागि सारङ्गी हो । ईश्वरको यो महान् आविष्कारलाई जतन गर्नु र योमार्फत जीवनको यथार्थता जान्नु मानवको कर्तव्यसहितको उद्देश्य हो । शरीरको ख्याल गर्नु स्वधर्म हो । स्वधर्म शरीरलाई सत्यसँग परिचय गराउने सत्गुरु हो । अर्थात् शरीररूपी रथलाई सही मार्गमा हिँडाउने रथी हो ।