अचानक
हावाको झोक्काले ल्याइदिएको
फूलका वास्ना जस्तै
यादहरू गडेर आउँछ स्मृतिमा–
प्रिय अतीत ।
तिमीले चटक्कै बिर्सियौ कि
तर मसँग ताजै छ
हाम्रो आँखाका भाका र हाँसोहरू
देखिन्छ यतै कतै
तिमीले छाडेर हिँडेका पाइतालाका डोब
हर्दम आइरहन्छ तिम्रो सुगन्धित वासना
मोहित पारिरहन्छ
मौन उदासी रातमा
प्रिय अतीत ।
यतिबेला
प्रेमको सागर उर्लिएको छ
पागल तिम्रो बरफका मन
गरौँला स्पर्श शब्दका नीरब कोलाहलले
फर्कौंला पहिलेकै समयमा
एकैछिन भए पनि हराउन सकौँ
भुलेर सबथोक सुकुमारी
प्रिय अतीत ।