• १ असार २०८२, आइतबार

युद्धस्तरमा निर्माण हुँदैछ त्रिवि क्रिकेट मैदान (फोटो फिचर)

blog

कीर्तिपुर क्रिकेट मैदानको पुनःनिर्माणको काम हुँदै । तस्बिरः अनुप प्रधान, न्यूज एजेन्सी नेपाल

गोरखापत्र अनलाइन

काठमाडौँ, जेठ ३१ गते । त्रिवि क्रिकेट मैदान कीर्तिपुर अहिले पुनर्निर्माणको क्रममा छ । हालसम्मलाई देशको एकमात्र अन्तर्राष्ट्रिय क्रिकेटको भार थेग्दैआएको कीर्तिपुर मैदानमा निर्माण संरचना थपिन लागेका हुन् । 

माटोको ढिस्कामा बसेर हेर्नुपर्ने बाध्यता अब कङ्क्रिट प्यारापिट थपिन लागेपछि अन्त्य हुनेभएको छ । साथै यसमा फ्लडलाइट पनि जडान हुने छ । त्यसपछि रात्रिकालीन क्रिकेट पनि आयोजना गर्न सकिने छ । नेपालले विशेषगरी अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा कीर्तिपुर मैदानलाई दर्शक धान्न हम्मेहम्मे पर्दैआएको थियो । 

प्यारापिट निर्माणपछि यसमा १० हजार दर्शक बसेर हेर्न सक्ने छन् । कीर्तिपुर मैदानमा पुनर्निर्माणका कार्य सम्पन्न भएपछि फेरि यसमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालनमा आउने छ । त्रिभूवन विश्वविद्यालयसँग लिजमा लिएर नेपाल क्रिकेट सङ्घ (क्यान) ले यो मैदानमा क्रिकेट गर्दैआएको छ । अहिले तीन चरणमा काम भइरहेको छ ।