• १ असार २०८२, आइतबार

एक पुरुषको शव फेला

blog

भवानीदत्त भट्ट

कञ्चनपुर, जेठ ३१ गते । कञ्चनपुरमा एक पुरुषको शव फेला परेको छ । जिल्लाको पुनर्वास नगरपालिका –३ हुलाकी सडक छेउमा अन्दाजी ४५ वर्षीय एक पुरुष मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार शनिबार साँझ कपडा खोलेको अवस्थामा पुनर्वास नगरपालिका वडा २ का सूर्य दमाई मृत अवस्थामा फेला पर्नुभएको हो । 

उहाँको मृत्युको कारण भने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) सागर बोहराले बताउनुभयो । घटनास्थल सिल गरेर थप अनुसन्धान भइरहेको डिएसपी बोहराले जानकारी दिनुभयो ।