चौँरीगोठमा भैरव नाच
धेरै दिनको कसरतपछि एक दिन अचानक जुरेको थियो, हामी तीन भाइलाई भैरवकुण्ड पदयात्राको साइत । हामी तीन भाइमध्ये तीनै थियौँ– पदयात्राका सोखिन । त्यसमा पनि यो यात्रालाई अझ रोमाञ्चक र विशेष स्मरणयोग्य बनाउन हामीले कुनै कसर बाँकी राखेका थिएनौँ । पूरै ‘म्यान भर्सेज वाइल्ड’का बियर ग्रिल्स शैलीले यात्रा गर्ने योजना बुनेका थियौँ हामीले ।
हीरक वर्षको अन्योल
काठमाडौँ महानगरपालिकाको पूर्वोत्तर क्षेत्रको चाबहिलमा आजभन्दा ७५ वर्षअघि स्थापित पशुपति मित्र माविले २०७९ साल चैत २८ गते आफ्नो ७५औँ जन्मोत्सवलाई हीरक वर्ष भनेर मनायो । विद्यालयले ७५औँ जन्मोत्सव मनाउनु गौरवको विषय हो र यसमा कुनै विवाद रहेन । परन्तु यो हीरक महोत्सव कति वर्षमा मनाउने भन्ने प्रश्न यदाकदा देखिन्छ ।
कीर्तिपुरमा रमाउँदै
ऐतिहासिक र सांस्कृतिक धरोहरले भरिपूर्ण छ कीर्तिपुर । कतिपयले त कीर्तिपुर नेपालको अलग्गै जिल्ला पो हो कि भनेको यदाकदा सुन्न पाइन्छ । त्यसो त कीर्तिपुरको नाम नसुन्ने नेपाली विरलै पाइन्छन् । नेपालको पहिलो र सबैभन्दा ठूलो त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा छ ।
सोई ढोले सोई...
हाम्रा स्वभाव प्रकृतिअनुसार बदलिरहन्छ । टहटह जून लागिरहेको बेला हाम्रो हृदय चन्द्रमाझैँ उज्ज्वल भएर चम्किन थाल्छ । बादलहरूले घेरिएको बेला हामी निराशामा डुब्न थाल्छौँ । असारको रिमझिम वर्षात्को बेला हाम्रो हृदय मुजुर भएर नाच्न थाल्छ । प्रकृति आफैँमा ध्वनिमय छ । हामी चौतर्फी ध्वनिले घेरिएका छौँ । ध्वनिमा सङ्गीत छ । प्रकृति आफँैमा सङ्गीतमय छ । हावाका सरसराहट, खोलाका कलकल, चराका कलकल, बिजुलीका गर्जन आफैँमा सङ्गीतमय छ ।
रिलभित्रका तमासा
उदार मन भएका श्री ३ महाराज देवशमशेरले मुलुकको बागडोर सम्हालेपछि ‘प्रजा’ले सिनेमा हेर्ने अवसर पाए । संवत् १९५८ मिति ज्येष्ठवदी ३ सोमबारको गोरखापत्रमा ‘टुँडिखेलमा तमासा’ शीर्षकमा सिनेमा हेर्न सार्वजनिक निम्तो छापियो– श्री ३ महाराजबाट बेदाम्मा दुनिञाहरूले हेर्न पाऊन् भनी टुँडिखेलमा प्रोजेक्टास्कोप अर्थात् मानिसले चलफिर ग-येको सब काम तसवीरबाट सोही बमोजिम दुरुस्त देखिन्या तमासा वैशाख गते २६ बुधबारदेखि हुनेछ । सो तमाशा हेर्नेलाई अगाडि केटा केटीहरू, ताहाँपछि नीज केटा केटीहरूका आमाहरू, वाहाँपछि लोग्ने मानिसहरू वाहाँपछि बग्गीमा आउनेहरू अरूलाई नछेकने गरी रहने छन् ।
पन्नालालको सम्मान
पन्नालाल अवकाश प्राप्त कर्मचारी हो । उसलाई आफूले अवकाश पाइसकेको संस्थाको पूर्वकर्मचारी समूहबाट सम्मान गरिने एउटा निमन्त्रणा पत्र आयो । सेवा अवधिभर कार्यालयले दिने नियमित तलबभत्ताबाहेक अरू कुनै प्रकारको अतिरिक्त आम्दानी उसको थिएन । सेवारत हुँदा दैनिक ऊ ठिक समयमा कार्यालय पुग्थ्यो र कतै अलमल नगरी आफ्नो जिम्माको काम पूरा गथ्र्यो । आफ्नो जिम्मेवारी पूरा नगरी ऊ कहिल्यै कार्यालयबाट निस्कँदैनथ्यो । आफूले काम गरेको संस्थाको पूर्वकर्मचारी समूहले उसलाई एक इमानदार र उत्तरदायी पूर्वकर्मचारीको रूपमा सम्मान गर्न लागेको विषय अत्यन्त उत्साहजनक थियो । पन्नालाल
ऐना र म (कविता)
हर प्रातःकालमा जुरुक्क उठ्छु ऐना तिमीलाई हेर्छु आफूलाई अत्यन्तै सक्कली र सुन्दर देख्छु लाग्छ ऐना हेर्ने मेरै नजर भएर होला कठै म आफैँमा मपाइँत्व बढ्छ अनि
केही हाइकु
ताजमहल मसीहा आलोकित सम्झना भेल । ओभाना जून बेवारिस जूठो थाल
नियात्राको चोटिलो दस्ताबेज
नेपाली साहित्यको वर्तमान कालखण्ड नियात्राले हराभरा हुँदै गएको छ । नेपाली साहित्यमा कविता विधाका अतिरिक्त नियात्रा विधाले पनि थप ऊर्जा प्रदान गरेको देखिन्छ । नियात्रालाई लिपिबद्ध तुल्याउन संस्मरण लेखन सहज माध्यम स्वीकारिन्छ । संस्मरणमा लेखकलाई मुक्त गतिबाट आफ्ना भाव, भाषा, दर्शन, चिन्तन, अनुभूति प्रकट गर्न सहज हुन्छ । विविध समयका यायावरीय अनुभूति प्रकट गर्ने क्रममा गोपीचन्द्र कार्कीले ‘चार भन्ज्याङ काटेपछि’ को स्वादिलो व्यञ्जन पस्कनु भएको छ, बीसवटा नियात्रा सङ्ग्रह गरेर ।