शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
औँला समाएँ
मैले कान्छी छोरीको
दुर्ग यात्रामा ।
सजिलो छैन
जीवन बुझ्न पनि
यात्रा दुःखीको ।
कस्तो मुस्किल
डाँडाको घाम छुन
दोबाटो किर्नु ।
जताततै छ
पोखरी जिन्दगीको
डुबुल्की मार्न ।
हाँस्नु पनि त
यात्राको शुभारम्भ
उठ मान्छे हो ।