सिनेमामा फुटबलका कथा–व्यथा
सन् १९९४ को विश्वकपमा कोलम्बियालाई राम्रो टिमका रूपमा लिइएको थियो तर आन्द्रेइ स्कोबार नामका खेलाडीले गरेको आत्मघाती गोलले कोलम्बिया पहिलो चरणबाटै बाहिरिनु प-यो । पराजय बेहोरेर देश फर्केलगत्तै स्कोबार मारिए । कोलम्बियामा फुटबल खेलाडी स्कोबार मात्र नभई अर्का एक स्कोबार पनि थिए । उनी ड्रग डिलर थिए । उनको नाम पाब्लो स्कोबार थियो । यी दुवै स्कोबारलाई एउटै कथामा उनेर एउटा सिनेमा बनाइएको थियो । सिनेमाको नाम ‘द टु स्कोबार्स हो ।
जोखिममा हिमाल
नेपाल संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धिको क्योटो प्रोटोकल १९९७ र त्यसको आधारमा बनेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय फ्रेम वर्क कन्भेन्सनको पक्ष राष्ट्र हो । यी दुईलाई कार्यान्वयनमा ल्याउन सन् २०१५ मा पेरिस सम्झौता बन्यो । नेपालले सन् २०१६ मा जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौता अनुमोदन गरेको छ । पेरिस सम्झौतामा नेपालसहित पक्ष राष्ट्रहरूले पृथ्वीको औसत तापमान पूर्व–औद्योगिक स्तरमाथि १.५ डिग्री सेल्सियसमा सीमित गर्न प्रतिवद्धता जनाएका छन् । त्यसका लागि जलवायु सम्मेलनमार्फत अ
हिजो राति सपनीमा (कविता)
हिजो राति सपनीमा तिमीलाई देखेँ ब्युँझिएर बिपनीमा मैले चिठी लेखेँ । बिपनीमा परपर सपनीमा ओर तिम्रो कस्तो चाला हो त्यो मलाई प-यो पीर तिम्रो मन कस्तो कस्तो बुझ्नै सकिएन
कोदालो पनि समाऊन् (कविता)
सांसारिक भूगोलका नामहरू विविध दुई ढुङ्गाबीचको ‘तरुल’ हाम्रो नेपाल हुन्छ बढी महìव नामभन्दा कामको गाँस, बास, कपास ज्युने आधार मान्छेको ।
मुक्तक
तिमीसँग मनभित्रका कुरा गर्नै बाँकी छ सुन्दर सपना सजाएर जिउनै बाँकी छ मात्र होस् ढुकढुकीको हलचल मन्द मन्द नशालु प्याला भरेर पिउनै बाँकी छ ।
अमलेखित होरीलाल (कथा)
एकाधबाहेक सबै कैदी प्रत्येक दिन बिहानको कलिलो घाम ताप्न बाहिर चौरमा निस्कन्छन् र झन्डै तीन घण्टा ठाउँ सरीसरी पहार तापेर समय कटाउने गर्छन् । हिजोजस्तै आज पनि ती दुई जनाका लागि कुटका कार्टुनमा दुई कार्टुन फलफूल बिहान घाम तापिरहेको बेला जेलभित्र आइपुग्यो । त्यो देख्नासाथै होरीलाल हत्त न पत्त उनीहरूका अगाडि गएर हात जोड्दै उभिइरहे । उनी त्यतिबेलासम्मै त्यहाँ उभिइरहे जतिबेलासम्म उनीहरूले फलफूल प्लास्टिकका झोलामा खन्याएर ती दुई खाली कार्टुन उनलाई दिएनन् । त्यसरी कार्टुन हात पार्दा हिजो र आज दुवै दिन होरीलालको कालो र बूढो अनुहार पनि निकै उज्यालिएको छेउछाउका सबैले देखे । ती दुई जना खाइलाग्दो ज्यान भएका मान्छेहरू तीन दिनअघि मात्र जेलमा आएका हुन् ।
रोमाञ्चकारी आत्मवृत्तान्त
नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमा अग्रणी भूमिका निर्वाह गर्दै आएको नेपाली कांग्रेस र शीर्षस्थ नेताहरूको सामान्यदेखि असामान्य व्यक्तित्वसम्मको मूल्याङ्कन गर्न ‘काठमाडौँ कांग्रेस र तीर्थराम’ पुस्तकलाई एकपल्ट गहिरिएर अध्ययन गर्नैपर्ने हुन्छ । वि.सं. २०४६ अघिसम्म प्रतिबन्धित अवस्थामा रहेको नेपाली कांग्रेसलाई ‘काठमाडौँ कांग्रेस’ ले नै नेतृत्वदायी ऊर्जा प्रदान गरेको तथ्य तीर्थराम डङ्गोल, मार्सल जुलुम शाक्य, हरिबोल भट्टराई, मनमोहन भट्टराई, भीमसेनदास प्रधान, वीरनाथजी, योगेन्द्रमान शेरचन, अनङ्गमान शेरचन, दलसिंह थापा, अरविन्द ठाकुर, चिरञ्जीवी तिवारी, कपिलेश्वर श्रीवास्तव, लीलाबहादुर क्षेत्री, कमलबहादुर खड्का, दयानन्द वैद्य, पीएल सिंह, श्रीरामजी, नीलमणि शर्मा, वीरेन्द्रभक्तजस्ता
त्रिकुटमा रमाउँदा
रोचक, रमणीय र आनन्ददायी यात्रा भइरहेको छ । कटरा जाने क्रममा कविर दासको दोहा गुनगुनाउँदै थियौँ । नेपालको जस्तै सुन्दर पहाडहरूले चारैतिर घेरेको अति नै रमणीय वातावरणमा जम्मु हाँसेको रहेछ । गाडीको सीसाबाट पहाडका भिन्न भिन्न रूप हेर्दै थिएँ । कुनै पहाड त मलाई महान् चित्रकारले ठूलो क्यानभासमा आफ्नै कल्पनाले कोरेको सुन्दर चित्रजस्तो लाग्दैथ्यो ।
आमा सिनेमाका साक्षी
मधेश प्रदेशस्थित जनकपुरको एउटा श्रेष्ठ परिवार विभिन्न कामका क्रममा भारतको बनारसमा बस्थ्यो । यदाकदा नेपाल आउजाउ गर्ने त्यो परिवारका काशीबहादुर श्रेष्ठले सुरु गर्नुभयो ‘उदय’ साहित्यिक पत्रिका । उदयमा महाकवि लक्ष्मीप्रसाद देवकोटादेखि विश्वेश्वरप्रसाद कोइरालासम्मका रचना प्रकाशित हुन्थे । बनारसमा रहेर नेपाली मुद्रण उद्योगलाई विकसित गर्नमा काशीबहादुरको पनि सार्थक उपस्थिति रह्यो । तत्कालीन राजाले वार्षिक रूपमा छ सय रुपियाँका दरले उदयलाई विज्ञापन दिएर सहयोग गर्न लगाए । यो सहयोग काशीबहादुरले स्वीकार पनि गर्नुभयो । सेखपछि उहाँका छोरा दुर्गाप्रसाद श्रेष्ठ ‘उपेन्द्र’ले आजसम्म पनि उदयलाई बचाइरहनुभएको छ ।
मनास्लु पदमार्गको रौनक
सागरसँग समेटिन आतुर बूढीगण्डकी बग्दै छिन्, एकतमासले सुसाउँदै तलतिर । सुसाइ यति बेस्सरी छ कि नजिकैबाट बोलेको पनि प्रस्टसँग सुन्नै सकिँदैन । बूढीगण्डकीलाई ठाउँको ठाउँ छेक्न/थुन्न दाउ हेरेजस्तो गरेर माथि भने अक्करे पहाड अजङ्गको छाती फुकाएर उभिएको छ । कठोर र डरलाग्दो देखिने पहाडले भने निक्खर हरियो बर्को ओढेको छ । यस्तो हरियालीबाट आँखालाई पनि अथाह आराम र शीतलता मिलिरहेछ । तिनै हरिया रुखबिरुवाका हाँगाहाँगा पातपातमा चराचुरुङ्गी चहार्दै छन् । चिरबिराउँदै छन् । पखेटा फट्फटाउँदै छन् । प्राकृतिक सुन्दरतामा यसले सुगन्ध थपिदिएको छ । यो सुन्दर मनास्लु मार्गमा अर्को आकर्षण थपिएको छ– साहस र कौशलले चट्टानी पहरा खोपेर बनाइएको पृथक् पुल जसलाई अङ्ग्रेजीमा ‘क्यान्टिलिभर फुटब्रिज’ भनेर चिनिन्छ ।
कतारमा फुटबलको कुम्भमेला
विश्वकै सबभन्दा लोकप्रिय खेल फुटबलको कुम्भमेला सुरु हुन एक दिन मात्र बाँकी छ । त्यसैले विश्वकपको ज्वरोबाट सबै रन्किएका छन् । विश्वभरका फुटबल समर्थक अहिले नै आफूलाई मनपर्ने टिमको टिसर्ट लगाएर विश्वकपको चाडमा मस्त भइसकेका छन् । लोकप्रियताको हिसाबले विश्वकप फुटबल सबभन्दा ठूलो खेल आयोजना हो । प्रत्येक चार वर्षमा आयोजना हुने विश्वकप यस पटक पनि विश्वका उत्कृष्ट टिमबीच प्रतिस्पर्धा हुँदैछ । आयोजक कतारले आइतबार इक्वेडरसँग खेलेर यो खेल सुरु हुँदैछ । ३२ टिमले २९ दिनमा कुल ६४ खेल खेलेपछि विश्वकपको समा
भग्नावशेषमा एकाग्र मान्छे (कविता)
नीलकाँडा, केत्तुके–सिउँडी, सिस्नु झाङ्गिएको ठाउँ नजिकै भग्नावशेष मन्दिरको छेउमा एक थोत्रो पाटी छ, त्यसकै पेटीमा ध्यानमग्न जस्तो लाग्ने, तपस्वी जस्तो देखिने चिन्तक, दार्शनिक जस्तो अनुभूत हुने
गजल
महँगो भएछ बजार खुद्रा यहाँ चल्दै चलेन मोटो गोजी नहुनेहरूको चुलो बल्दै बलेन । मल भित्र्याउने बेला पद जोगाउन चटारो थियो त्यसैले यो वर्ष पनि बाली सोचेझैँ फल्दै फलेन ।
भाषिक विभूतिको सन्दर्भ र यथार्थ
राष्ट्रिय विभूति (नेसनल पायोनियर) को सन्दर्भ र परिचर्चा कुनै पनि देशको गौरवशाली यथार्थ हो । पृथक् थलो, राज्य र परिवेशमा समय समयमा के कस्ता मान्छे जन्मे तथा अन्य के कस्ता छन्, विषयगत र विधागत रूपमा त्यससम्बन्धी प्रसङ्ग विशिष्ट एवं श्रवणीय हुने गर्छ । राष्ट्रिय र सामाजिक जीवनको विविधाङ्गी मानवीय क्रियाकलाप विश्लेष्य मानिन्छ । राजनीतिक, सामाजिक र सांस्कृतिक जीवन गत्यात्मक हुन्छ तथा अनेकानेक पद्धति एवं प्रवृत्ति (एट्टिचुड) ले ऐतिहासिक अंश र एकाइको निर्माण गर्छ । जीवन प्रणालीमा समुदाय, समाज, राज्य र अन्तरबाह्य पक्षको विश्लेषण हुन्छ । महापुरुष र अद्वितीय प्रतिभा कुनै पनि ठाउँमा सीमित जन्मिने र देखिने हुन्छ । वस्तुतः प्रवृत्तिसापेक्ष, संस्कृतिसापेक्ष, समयसापेक्ष र मानवतासापेक्ष तिनको आविर्भाव हुन्छ । यस क्रममा उत्तर आधुनिकतावाद (पोस्ट मोर्डनिज्म) को वैचारिक मन्थनले नेपालमा दिशा चिन्तनको नवीनता थपेको यथार्थ हो ।
गौतमको समृद्धि सपना
सन् २०३० भन्दा अगावै नेपालले थुप्रै ठूला जलविद्युत् परियोजना तयार गरिसक्नेछ भने १० हजार मेगावाट स्वच्छ ऊर्जा निकाल्न सक्ने हैसियत बनाइसक्नेछ जुन अर्को १० वर्षमा दोब्बर हुनेछ । सन् २०५१ मा प्रवेश गर्नु अगावै हाम्रा ऊर्जाका स्रोत विस्तार हुँदै जान सक्नेछ जसमध्ये सूर्यको तापबाट उत्पन्न हुने विद्युत् मुलुकको कुल स्वच्छ ऊर्जाको एक चौथाइ भाग ओगट्ने छ .......। (पृष्ठ ४३७)
पानाथेनाइक रङ्गशालामा एक फन्को
टेकेको छु, एथेन्सको धरतीमा । ठिङ्ग उभिएको छु, छब्बीस सय वर्ष पुरानो रङ्गशालाअगाडि । नजर दौडाइरहेछु, आधुनिक ओलम्पिक खेल सुरु भएको रङ्गशालामा । घरि आँखा ठोकिन्छन् रङ्गशालाको ठीक अगाडिको व्यस्त सडकमा । त्यहाँ देखिरहेछु म्याराथुन धावकझैँ दौडिरहेका गाडीका ताँती ।
मानुङ्गकोटको मोहनी
एकाबिहानै उजाड डाँडाको टुप्पोमा मान्छेको भीड देखेपछि पहिलो पटक पुग्ने धेरैलाई लाग्नसक्छ, “त्यहाँ जात्रा वा पर्व लागिरहेको छ ।” तर त्यतिखेर त्यहाँ कुनै पर्व वा जात्रा लागेको भने होइन । हरेक दिन बिहान झिसमिसेमै मान्छेको भीड भने लाग्ने गर्छ । झट्ट हेर्दा आममानिसले गाउँघरतिर देख्दै भोग्दै आएका उजाड पहाडजस्तो देखिने यो ठाउँको नाम हो– मानुङ्गकोट ।
खियाको बजार
सभा चलिरहेको थियो । एक जना मानिस उठे र भन्न थाले– इन्जिनियरिङ आचारसंहिताले खिया लागेको डण्डी प्रयोग गर्नु हुँदैन भन्छ । मैले काठमाडौँ उपत्यकाभरि प्रायः पसल घुमेर सफा डण्डी खोजेँ तर कहीँ पाइएन, के गर्ने ? यसको जावाफमा विद्वान्ले भने– तारब्रसले सफा गरिदिनू । फेरि अर्का विद्वान्ले टोरकारी–साकारी डण्डीको गुणस्तरीयता र सावधानीबारे भन्न थाले– यो डण्डी धेरै बलियो छ तर ढलानभित्र सानो–सानो चिरा मात्र भयो भने त्यो चिरामार्फत जलयुक्त हावा प्रवेश भई सफा डण्डी पनि चाँडै खियायुक्त हुन जान्छ ।
समुन्नत नेपालको यात्रा
निर्वाचन लोकतन्त्रको मेरुदण्ड हो तर सही अर्थमा निर्वाचन हुन सकेन भने लोकतन्त्रमाथि खतराको घण्टी बज्न थाल्छ । त्यसैले निर्वाचन स्वच्छ, स्वतन्त्र, भयरहित वातावरणमा विश्वसनीय पनि हुनुपर्छ । निर्वाचनलाई सफल बनाउन सरकार, निर्वाचन आयोग, राजनीतिक दल, उम्मेदवार, दलका कार्यकर्ता, सञ्चारमाध्यम, सरोकारवाला निकाय सबैको साथ र सहयोग आवश्यक पर्छ ।
बबरमहलदेखि रानीमहलसम्म
कात्तिक महिनाको तेस्रो साताको समय, मुलुकमा चुनावी उत्सवले उत्साहितहरू आ–आफ्नै धुनमा थिए । यही चुनावी उत्सवकै समय पारेर वर्षौंदेखि हुँदै आएको सिर्जना उत्सवले अर्को रौनक थपियो । यही उत्सवमा सहभागी हुन केही स्रष्टा एउटै थलोमा मिसिन पुगे । विगत १५ वर्षदेखि निरन्तर भाषा–साहित्य, कला–संस्कृतिको क्षेत्रमा काम गर्दै आएको नेपाली कला साहित्य डट कम प्रतिष्ठानको यसपालिको कलासाहित्य यात्रा पाल्पामा गर्ने र कास्की र गुल्मीको सद्भाव भ्रमण पनि हुने खब
यात्रा हाइकु
औँला समाएँमैले कान्छी छोरीको दुर्ग यात्रामा ।सजिलो छैन जीवन बुझ्न पनियात्रा दुःखीको ।कस्तो मुस्किल डाँडाको घाम छुनदोबाटो किर्नु ।जताततै छपोखरी जिन्दगीकोडुबुल्की मार्न ।हाँस्नु पनि तयात्राको शुभारम्भउठ मान्छे हो ।
गीत
झरी पर्छ आँखाहरूमा उदाउँदैन जून फर्कन्छु भन्थ्यौ प्रियतम तिमी फर्केनौ किन ? झरी पर्छ.......
नेपाली लोकजीवनका हृदयस्पर्शी कथाहरू
बिक्रमभक्त जोशी उन्नाइसवटा कथा लिएर ‘चोभार ब्लुज’ शीर्षकको पहिलो कथा सङ्ग्रहमार्पmत नेपाली कथा साहित्यको क्षेत्रमा देखापर्नुभएको छ । उहाँको यो पहिलो कथाकृति भए पनि यसभित्र सङ्गृहीत प्रत्येक कथा अतुलनीय अनि अभिनव पनि बन्न सकेका छन् । एक्काइसौँ शताब्दीको समय–सन्दर्भको आजको नेपाली समाजको देश, काल, परिस्थिति, वातावरण आदिका सापेक्षतामा लेखिएका यसभित्र सङ्गृहीत कुनै पनि कथा कृत्रिम र बोझिला लाग्दैनन् ।
बस चढ्नेहरू
धेरै वर्ष भो बस चढ्न थालेको! थाहा छैन, अझै कति वर्ष चढिरहनुपर्छ। थाहा छैन, कहिलेसम्म यो बस यात्रामा जोडिनुपर्छ। थाहा छैन, बस मेरा लागि कुन दिनसम्म साथी–सँगाती भइरहन्छ। बस चढ्न खोज्नेका धेरै अनुहार अचेल निकै सम्झिन्छु। ती अनुहारका पछाडि जोडिएका पेसा, स्वभाव, अड्डी, रहर र व्यवहार सम्झिँदा निकै उल्लासका लहर पोखिन्छन् छातीभरि ।