• ८ मंसिर २०८१, शनिबार

मुक्तक

blog

जति तक्र्यौ भन्यो त्यति फर्कन्छ यो मन 

भिजाएर दिलले सधैँ निथ्रुक्क छ यो तन

सपना र बिपनाको साँधमा आउँछ्यौ तिमी

फक्रिएर गुलाफले छ-यो सुवासना हेर लौ झन् ।


विश्वासको सागर तरेर त हेर 

गन्तव्यमा पुग्न लाग्दैन बेर

पूर्णिमाको चन्द्रमा उदाएपछि

मनको बत्ती बल्छ दिलमा सबेर ।


हराएर तिमी क्षणमै आज कता लुक्यौ किन   

पर्खिबसेँ लिई फूलगुच्छा मैले तिमीलाई दिन   

मौसम राम्रो भन्छन् मङ्सिरको पुण्य राम्रो काम  

आउ प्रिय मनको बाटो दिलको सौगात लिन ।