• १४ चैत २०८२, शनिबार

गजल

blog

शीतको थोपा सरी ढलपल देख्छु

लजायौ कि क्या हो अलमल देख्छु

 

ओठ टोक्दै जब मुसुक्क हाँस्छेउ

आफ्नै मनभित्र हलचल देख्छु


चैन छैन हिजो आज यो मनमा

जताततै तिमी हरपल देख्छु


चित्त काटिन्छ, जब ती आँखामा 

मोती सरी आँसु टलपल देख्छु ।

 

रूपको बयान खै कसरी गरूँ

पूर्णचन्द्र झैँ झलमल देख्छु ।