आएको छ नयाँ वर्ष (कविता)
अहँ, पटक्कै लाग्दैन प्रियतम दिन दिनजस्तो अब त बिर्सिसकेँ खुसी हुन्छ कस्तो ? सोचिरहन्छु हरदम
छुट्टै स्वादका कविता
समकालीन कविता लेखनमा आफ्नै विशेषता बोकेका कवि हुनुहुन्छ– राजेन्द्र तारकिणी । कविता लेखन यात्राका क्रममा हालै उहाँले ‘बिगन रामको मादल’ नामक कृति सार्वजनिक गर्नुभएको छ । मुलुकको आमपात्रको प्रतिनिधित्व गर्ने बिगन रामलाई प्रतीकात्मक रूपमा प्रस्तुत गरी कवितासङ्ग्रहको रूप दिनु भएका तारकिणीले प्रस्तुत कृतिका ५५ वटा कवितालाई छ खण्डमा विभक्त गर्नुभएको छ । यी सबै खण्डमा पीडित पात्रको कथा छ तर कथाको परिवेश र विषय फरक रहेको छ । काव्यानुभूति र काव्यचिन्तनको कोण मिलेका यी कवितामा समकालीन समयको विसङ्गत परिस्थितिको सार्थक चित्रण रहेको छ । हरेक कविताको संरचना क्षेत्रमा पनि विविधता रहेको छ, जसले गर्दा पाठकलाई एकपछि अर्काे कविता पढ्दा पृथक् स्वादको अनुभूति हुन्छ ।
पराक्रमी योद्धा अङ्गद घले
गण्डक क्षेत्रका शासकको नाम लिनुपर्दा घले राजाको नाम आउँछ । यस प्रसङ्गमा लिगलिगकोटको इतिहासबाट चर्चा गरौँ । पहिले लिगलिगकोटमा घले राजाले शासन गर्ने गर्थे । त्यहाँ शाह राजाको उदय भएपछि घलेहरूको राज्य विस्थापित हुन पुग्यो । स्थानीय जनश्रुतिअनुसार घलेहरूमध्येबाट राजा छानिँदा चोरकाँटेदेखि जो पहिले लिगलिगकोटमा पुग्छ, उही राजा हुने चलन थियो तर घले राजासँग लमजुङका दुरा र घिमिरेहरू बिच्किएका
मेरो पहिलो प्रेम
कलम ! सुन्दा आनन्दित, लेख्दा मनमोहक र बोक्दा गर्व लाग्ने शब्द÷वस्तु । कलम शब्द नै कति मायालु छ । मलाई यसको अति नै माया लाग्छ । कलम शब्द नै यति प्यारो लाग्छ कि मानौँ त्यो मैले जन्म दिएको बच्चा हो । मेरो पहिलो प्रेम । म कलमबिना घरबाहिर निस्किन पनि सक्दिनँ । मेरो ब्यागमा जहिले पनि कलम रहन्छ । यतिसम्म कि कुनै पनि ठाउँमा दस्तखत गर्नु परे अर्काको कलमले नगर्ने वाचा गरेकी छु । अर्काको कलमले दस्तखत गर्दिनँ पनि ।
थोरैले कमाए, धेरै डुबे
वि.सं. २०७९ को पहिलो दिन वैशाख १ गते नेपाली चलचित्र जगत्का अति लोकप्रिय मानिएका अभिनेता अनमोल केसीको चलचित्र ‘ए मेरो हजुर ४’ प्रदर्शनमा आयो । अभिनेत्रीबाट निर्देशक बन्नुभएकी झरना थापाको निर्देशनमा बनेको यो तेस्रो चलचित्र हो । यसभन्दा अघि उहाँले निर्देशन गर्नुभएका ‘ए मेरो हजुर २’ र ‘ए मेरो हजुर ३’ ले राम्रो व्यापारिक सफलता हासिल गरेको थियो ।
पवित्र धाम रुरुक्षेत्र
नेपालको मध्य भूभागमा अवस्थित रुरुक्षेत्र लुम्बिनी प्रदेशको गुल्मी, पाल्पा र गण्डकी प्रदेशको स्याङ्जा गरी तीन जिल्लाको सङ्गमस्थलका रूपमा रहेको छ । नेपालका चारधाम मुक्तिक्षेत्र, रुरुक्षेत्र, पशुपतिक्षेत्र र वराहक्षेत्रमध्ये एक प्रसिद्ध धामका रूपमा रुरुक्षेत्र रिडीलाई लिइन्छ । यो क्षेत्रमा भगवान् हृषिकेश, प्राचीन मठमन्दिर र धार्मिक, ऐतिहासिक, पौराणिक दृष्टिले समेत महत्त्वपूर्ण मानिएका स्थानहरू भएकाले विशेष महत्त्वको मानिन्छ । यहाँ तीनमुखे पुलको निर्माण भएपछि विशेष दर्शनीय र पर्यटकीय दृष्टिले झन् महत्त्व बढेको छ ।
दिदीबहिनी हत्या प्रकरण: दुई बालिका पक्राउ
जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिका –३ रन्मामा एकै घरका दुई दिदीबहिनीकाे हत्या आरोपमा दुई बालिकालाई प्रहरीले पक्राउ गरेको छ ।
बेलायतमा नेपाली
कुनै समय फाट्टफुट्ट रूपमा मात्र विदेश जाने नेपालीको सङ्ख्या यतिबेला निकै माथि उक्लिएको छ । सयौँ, हजारौँ होइन, लाखौँमा पुगेको छ । कोही कामको क्रममा, कोही अध्ययनका लागि त कोही आफ्ना सपना पूरा गर्न पुगेकाहरू पछि त्यहीँका ‘रैथाने’ पनि बनेका छन् । अहिले नेपालीको आकर्षक गन्तव्य युरोप, अमेरिका र अस्ट्रेलिया बन्दै गएको छ । उज्ज्वल भविष्यको सपना देख्दै घरखेत बन्दकी राखेर आकर्षक कमाइ हुने देशमा जान नेपाली लालयित छन् । तथ्याङ्कले पनि यस कुरालाई पुष्टि गर्छ
न्युरोड उर्फ नयाँ सडक
हरेक दिन हजारौँ पैतलाले चुम्छ न्युरोड । हजारौँ मनको क्रीडास्थल हुन्छ न्युरोड । रङ्गिला सपनामा मुस्कुराउँछ–न्युरोड । इन्द्रेणी विपना बोकेका मानिसहरूको स्वर्णिम सौन्दर्य हो– न्युरोड । हृदयमा प्रेमिल यौवन बोकेर आउँछन् मानिसहरू ! मस्तिष्कमा गुलाफी रङ पोतेर आउँछन् अधवैंसेहरू ! प्रेमको काल्पनिक स्वर्ग कल्पिएर आउँछन्– तन्नेरीहरू ! सपनाको धरोहर हो न्युरोड । विपनाको प्रिय गन्तव्य हो न्युरोड ।