• ७ मंसिर २०८१, शुक्रबार

समाजको यथार्थ चित्र

blog

जीवन बिताउने थलो स्वदेशै हुनुपर्छ भन्ने कुरामा अब नेपाली समाज पनि चोखो रहेन । गाउँबाट सहर, सहरबाट सदरमुकाम, र सदरमुकामबाट राजधानी हुँदै परदेश स्थानान्तरण हुनुमा कुनै नौलो रहेन । यसै मेलोे र विषयवस्तुमा आधारित भएर कलम चलाउँदै आउनु भएको छ साहित्यकार दीपक प्याकुरेलले । 

सुरुमा गीतकवितामा हात हाल्नु भएका प्याकुरेलले आख्यानमा समेत हातै धोएर लागेको देख्न सकिन्छ । उहाँले अमेरिकी आप्रवासीमाथिको ‘उबर’ लेख्नु भयो । यसपछि ‘बाह्र वर्षपछि’ कृतिमा रोशन शर्मा प्रतिनिधिपात्र खडा गरेर उसलाई आफ्नो घरदेशमा बाह्र वर्षपछि फर्कंदाको राजनीतिक एवं सामाजिक–आर्थिक अवस्थाको यथार्थलाई पाठकमाझ पस्केर राखिदिनु भएको छ । हुन त यसमा रोशन भन्ने मूलपात्रलाई आख्यानकार प्याकुरेलले बाह्र वर्षमा आफ्ना देशमा प्रवेश गरेदेखिका आमरूपमा देखिने, भोगिने र आइपर्ने सबै घटनावलीलाई देखाउन सीप खर्चनु भएको छ । विमानस्थलमा ओर्लेर ट्याक्सीवालास“ग भाडाको मोलमोलाइ गर्नु, नातेदार–आफन्त होइन कि होटल खोज्नु, जेट ल्यागबाट जोगिन मनलाग्दी सुत्नु, रात्रि बजार डुल्नु, रोज्जा मदिरा सेवन गरी मन लागेर मातिदिनु आमअनुभवलाई प्याकुरेलले पनि पछ्याउनु भएको छ । यस आख्यान कृतिमा उहाँले केही प्रतिनिधि पात्र उभ्याएर ती पात्रलाई देखेभोगेका कुरा बक्न लगाउनु भएको छ जुन सबै कथानकका कथा हुन् र त्यस्तै औपन्यासिक कार्यव्यापार उहाँले पनि गर्न भ्याउनु भयो यसै कृतिका माध्यमले । 

पक्कै पनि नेपाली समाज अब क्रमशः डायस्पोरिक समाजमा खडा भइरहेको पाइन्छ । मूलतः अध्ययन, त्यसपछि उतैतिर श्रम विनिमयका साथसाथै कुनै माध्यम र कसैगरी विदेशिने अभिप्राय बोकेर नेपाली मन हि“डेको छ भन्दा अत्युक्ति नहोला नै । भन्ने हो भने अब न युरोप, न अमेरिका सायदै कुनै महादेशमा नेपाली समाज खडा भएको नहोस् । समाज भएपछि सामाजिक विषयोन्मुख अनि त्यसबाट उत्पन्न हुने भावावेगको फल लागेर त होला साहित्यमा जोडबल गरेर विदेशिनुका पीडोद्गार, निःश्वास मिसिएका कथा, कवितात्मक प्रवेगहरू भटाभट आउन थालेका । प्याकुरेलहरू पनि कुनै माध्यमले विदेशिनु र विदेशि“दा आफ्नो अन्तर्यमा भएको लेखन प्रतिभालाई खेर जान नदिएर देखेभोगेका उच्छ्वासलाई अनुभवका चास्नीमा डुबाएर पाठकसम्म जानु सुखद आश्चर्य हो भन्न कञ्जुसी देखाउनु नपर्लाजस्तो लाग्छ ।

आफू हुर्केको बढेको ठाउ“ अर्थात् देश अर्थात् समाजमा बाह्र वर्षपछि फर्कंदाका विविध प्रकारका दृश्यांशहरू जस्तै व्यवस्था परिवर्तनले ल्याएका समाजका प्रकारेण परिवेश, मान्छेहरूमा आएका परिवर्तन, भौतिक विकास, समाजका सङ्गति, विसङ्गतिहरूको निर्मिति पनि प्याकुरेलको यो बाह्र वर्षपछि निर्माणको पृष्ठभूमि हो भन्न कर लाग्छ । विभिन्न पच्चीस शीर्षकमा बा“डफा“ट गरेर बुनेको यो आख्यान नभएर समाजकै यथार्थ चित्र हो जो वास्तविकतामा आधारित रहेको छ । समाजमा घटित हुने प्रायः सबै कुरालाई अवगत गराएर माटोप्रतिको मोहलाई अझ गाढा बनाउनु भएको छ यस कृतिमा । प्याकुरेल आफै“ पनि अमेरिका जानु भएकाले यस ‘बाह्र वर्षपछि’लाई अझ जीवन्त बनाउन मद्दत ग¥यो कि भन्ने पनि लाग्छ । प्याकुरेलको यस आख्यानका नायक रोशन शर्मालाई बाह्र वर्षपछि देश फर्कंदाको मनोदशाको वर्णन गर्न लगाउ“छन् । केके न बनाउँछु भनेर उदाएका पार्टीहरूले आफू र आफ्नालाई मात्र बनाएकोमा चिन्ता गर्न लगाउँछन् । अमेरिका भासिएको रोशन शर्मालाई लागिरहन्छ कि यत्रो समय देशमा केही नहुनुलाई के भन्ने ? समयकै दोष या केही भन्ने ठानिरहनुलाई प्याकुरेल असमञ्जसमा हुनुहुन्छ । देशदेशावर डुलेर घरदेश फर्किएपछि या बाह्र वर्षपछिका मूल पात्र रोशन शर्मालाई सिर्जनशीलताको भोक जाग्छ अथवा यो पनि भनौँ भएभरका अनुभव र सीपलाई अक्षरमा कु“द्ने रहर पलाउ“छ । अबको काम भनेकै सिर्जनशील भएर बा“च्ने हो वा यसैमा आफूलाई व्यस्त बनाउने इच्छा जाहेर गर्छन् । देशलाई सही दिशा कसले देखाउने वा सही दिशा देखाउन के गर्नु पर्लाको चिन्तामा पनि रोशन शर्मा डुबेका छन् 

बाह्र वर्षपछि घरदेश फर्केका मुखर पात्र रोशन शर्मालाई होटल मात्र कत्ति बस्नु भन्दै यसो टहल्न चल्तीको चिया पसलमा निस्कन मन लाग्छ । वास्तविक जनताका भ“डासलाई चोकचोकमा सुन्न भ्याउ“छन् र त्यहा“ उनले मात्र गन्थन्, गुनासो र आत्मरतिमै रमाउनुको विकल्प नभएको पाउ“छन् । जनता झनै निरीह, निमुखा र निम्छरोन्मुख भएको मात्र भेट्छन् । 

उपन्यासभित्र खडा गरिएका पात्रहरूलाई आआफ्नै व्यथा र कथा भन्न लगाइएको छ । रोशन शर्माले परदेशमा बिताएका पलभन्दा आफ्नै देशमा आएर बिताएका पलको हिसाब मूल्यवान् भएको मानेका छन् । या यो भनौँ जति दिन वा बाह्र वर्ष विदेशमा बिताए पनि यहा“ छुटेका पलहरू अविस्मरणीय रहेको मान्छन् रोशन शर्मा । निकै महìवपूर्ण कुरा छुटेको आभास पाउ“छन् बाह्र वर्षपछिको नेपालमा वा आफ्नो घरदेशमा ।  यस्तै उपन्यासमा भुइ“मान्छेका दुःख, पीडा, हा“सो, रोदन सबै जस्ताको तस्तै रहेकोमा खिन्नता प्रकट गरिएको छ । अझै कति समयसम्म भुइ“मान्छे भुइ“मान्छे नै रहने भनेर । एकै बसाइमा खरर्र पढिसकिने यस कृतिले आफ्नो जन्मथलोमा लामो समयपछि आउ“दाको निमग्नपनको झझल्को त दिन्छ नै । त्यसको अलावा आफू जन्मेको ठाउ“को गुनगान र माटोको थोरै भए पनि ऋण तिर्न खोजेको देखिन्छ । शिखा बुक्सले छापेको यस लघु उपन्यासको मूल्य ३००÷– रुपियाँ रहेको छ ।