• ९ वैशाख २०८३, बुधबार

युद्धका कारण इरानका विद्यालय लगायतका पूर्वाधारमा क्षति

blog

तेहरान, वैशाख ९ गते । अमेरिका र इरानबिचको द्वन्द्वमा इरानका विद्यालय, यातायात नेटवर्कसहित नागरिक पूर्वाधारमा क्षति पुगेको उल्लेख गर्दै हाल मर्मत कार्य भई रहेको इरानी मन्त्रीहरूलाई उदृत गर्दै इरान समाचार एजेन्सीले रिपोर्टका गरेको छ । इरानका अनुसार युद्धमा २४ वटा पुललाई लक्षित गरी आक्रमण गरिएको थियो । 

यसैबिच, इरानका शिक्षामन्त्री अलिरेजा काजेमीले द्वन्द्वमा क्षतिग्रस्त भएका एक हजार ३०० विद्यालय मध्ये ७७५ वटा विद्यालयको मर्मत भइसकेको बताउनुभएको छ । यसै गरी बाँकी धेरै क्षतिग्रस्त भएका विद्यालयको मर्मत अक्टोबरसम्ममा सम्पन्न हुने अपेक्षा गरिएको उहाँले बताउनुभएको छ । 

उहाँले मिनाबको शाजारेह तैयबेह बालिका विद्यालयमा भएको आक्रमणमा मारिएका १७० जनाको स्मरण र परामर्श सेवासहित प्रभावित विद्यार्थी र कर्मचारीका लागि आवाश्यक उपायबारे कार्य गरिरहेको प्रकाश पार्नुभएको छ । इरानले वार्ताको प्रारम्भका पूर्व शर्त स्थापित गर्दैे अमेरिकाले आफ्नो सैनिक नाकाबन्दी समाप्त गरे पछि मात्र वार्तामा संलग्न हुन तयार रेहेको संयुक्त राष्ट्रका राजदूत अमिर सइद इरवानीले बताउनुभएको छ ।

यसैबिच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई जारी युद्धविराम बिचमा एकजुट हुन दवाव दिएको अमेरिकी अधिकारीलाई उद्धृत गर्दै जनाइएको छ । रिपोर्टले ट्रम्पको निर्णयले तेहरानलाई छोटो समय सीमा दिई हालको युद्धविराम विस्तार गर्न चेतावनी दिइएको छ । ट्रम्पले इरानलाई आफ्नो कुरा एक साथ राख्नका लागि थप तीनदेखि पाँच दिनको युद्धविराम गर्न इच्छुक रहेको अमेरिकी स्रोतले जनाएको छ । रासस/एएनआई