शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
विराटनगर, वैशाख ९ गते । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनबाट नेपाली कांग्रेसलाई अझ बलियो बनाउन कार्यकर्ताहरूसँग आग्रह गर्नुभएको छ ।
नेपाली कांग्रेस कोशी प्रदेश समितिले विराटनगरमा बुधबार आयोजना गरेको समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कांग्रेसलाई बलियो बनाउनकै लागि बदलेको बताउनुभयो । ‘कांग्रेसको नीति र नेतृत्व बदल्नुको उद्देश्य पार्टीलाई अझ बलियो बनाउनु हो, उहाँले भन्नुभयो ।
महामन्त्री पौडेलले समाज जस्तै गरी कांग्रेसलाई रूपान्तरण गर्न समेत आग्रह पनि गर्नुभयो । ‘‘हामीले अबको बाटो तय गरौं, समाज जस्तै कांगेसलाई रूपान्तरण गरौं,’’ उहाँले भन्नुभयो ।
महामन्त्री पौडेलले यसका लागि १५औँ महाधिवेशनबाट एकता र सहमति कायम गर्नुपर्ने भन्दै त्यसबाट मात्र सङ्गठन बलियो हुने बताउनुभयो ।