अलौकिक खप्तड
नौजवान मेडिकल डाक्टर गम्भीर बिरामी बालकलाई बचाउन दिनरात खट्नुहुन्छ । आफूले जानेका सबै नुस्खा प्रयोग गर्नु हुन्छ तर बालकमा कुनै सुधार हुँदैन । नौजवान डाक्टर नरमाइलो मानेर बालकको छेउमा उभिरहनुहुन्छ । एक जना नेपालतिरका साधु अकस्मात आइपुग्छन् । साधुले बिरामी बालकलाई मायालु पाराले सुम्सुम्याउँछन् । केही मन्त्र पढ्छन्– ‘फु फु चट्’ भन्दै आफूसँग भएको खरानीको टीका लगाइदिन्छन् । केहीबेरमै बालक खेल्न थाल्छ । एक किसिमको चमत्कार हुन्छ । विज्ञानमाथि अध्यात्मले विजय पाउँछ । विज्ञानको स्रोत पनि त अध्यात्म नै हो । कश्मीरका सम्भ्रान्त दुर्गा पण्डितका सन्तान, बेलायतबाट डाक्टर उपाधि पाएर कलकत्ता मेडिकल कलेजमा कार्यरत त्यो बेलाका विश्वप्रसिद्ध नौजवान डाक्टरको मनमा चिसो पस्छ । आफ्नो ज्ञान, शिक्षा र पेसादेखि दिक्क लाग्छ । कसैगरी चित्त बुझ्दैन । अनि यी सबै छोडेर उहाँ बनारसति
दशरथचन्दको आँगनमा
गत असारमा कामविशेषले केही दिन गोठलापानी, बैतडी जानुपर्ने काम आइप¥यो । त्यसो त यसअघि पनि २०७४ सालमा डडेल्धुरा हुँदै बैतडीको केही दिनको बसाइपछि गोकुलेश्वर, मालिकार्जुन दर्शन गरी दार्चुलासम्म गएको थिएँ । यो पटक परिवारका सदस्यसहित बैतडी गएको थिएँ । हामी धनगढीसम्म हवाईजहाजमा र यसपछि जिपबाट त्यसतर्पm लाग्यौँ । यस पटकको ड्राइभर रमाइलो खालको प¥यो, त्यसो भएर बाटो सजिलै अनि रमाइलो तरिकाले कटाउन पाइयो । धनगढीदेखि १८ किमिको दूरीमा अत्तरिया चौबाटो पुगेपछि गोदावरीतर्पm लाग्यौँ । गोदावरी सुन्दर सुदूरपश्चिमको प्रस्तावित प्रदेश केन्द्र पनि हो । त्यहाँको पार्कमा केही समय विरचण गरेपछि सुदूरपश्चिमका अलि अप्ठ्यारा लेकमध्येको एक भासुको लेक कटेर सहजपुर पुग्नै लाग्दा सल्लेरी वनको आनन्द लिन पाइयो । बुडर पुगेपछि बिहानको खाना खायौँ । बुडरबाट महाकाली किनारतर्पmको जोगबुढा जाने बाटो छुट्टिने रहेछ । त्यसपछि बाटोभरि ठाउँठाउँमा गुराँसका रुख हेर्दै यात्रालाई अगाडि बढायौँ । यस क्रममा डडेल्धुराको बजार हुँदै उग्रताराको दर्शन गर्न पुग्यौँ ।
जलवायु परिवर्तनको असर : आकाशदेखि भान्सासम्म
सन् २००८ मा लन्डनको जियोलोजिकल सोसाइटीको स्ट्रेटिग्राफी कमिसनले पृथ्वी नयाँ भौगर्भिक युग (एन्थ्रोपोसिन एज)मा प्रवेश गरेको विषयलाई बहसमा ल्यायो । पछिल्ला दिनका मानवीय गतिविधि र जलवायु परिवर्तनको असरबारे भएको गहन अध्ययनमा यस कमिसनका सदस्यहरूले भूगर्भीय युग विभाजनको औपचारिक एकाइ बनाउने प्रस्ताव पारित गर्दै यो विचारलाई थप परीक्षण गर्नुपर्ने निर्णयसमेत ग-यो । त्यसपछि विश्वका अधिकांश वैज्ञानिक तथा वैज्ञानिक समूहले एन्थ्रोपोसिनलाई औपचारिक रूपमा भूगर्भीय समयमा प्रवेश गरेको स्वीकार गरिने बताए । अधिकांश वैज्ञानिक औद्योगिक क्रान्तिदेखि नै पृथ्वीको जलवायुलाई न्यानो पार्नमा मानिसको हात रहेको कुरामा सहमत हुँदै पृथ्वीले प्राचीन युगबाट निकै परको दूरी पार गरेर एन्थ्रोपोसिन भनिने नयाँ भौगर्भिक युगमा बाँचिरहेको कुरामा सहमत छन् ।
रङ र पानीको पर्व
फागु वसन्त ऋतुको आगमनसँगै मनाइने चाड हो । नेपालका विभिन्न भागमा बसोबास गर्ने समुदायमा एक महिना, सात दिन, एक दिन मात्रै पनि यो चाड मनाइन्छ । विभिन्न रङ र पानीको चाडको रूपमा फागुको उल्लेख गरिएको छ । ईश्वरप्रति कृतज्ञता, पारिवारिक मूल्य मान्यता, संस्कृति हस्तान्तरण गर्ने क्रममा पारिवारिक भेला, साथीसँगको मनोरञ्जन र खानपान सबैको सम्मिश्रणको रूपमा फागुलाई लिन सकिन्छ । होली, फगुवा, मदनोत्सव, पटवास विलासिनी आदि विभिन्न नामले फागु चाडलाई सम्बोधन गरिन्छ ।
ऐँठन
जीवनका यति धेरै पाइलाको उकाली ओरालीपछि आजभोलि मलाई कहाँ के पुगेन भन्ने कुराले सताइरहेछ । म बाँचेको संसार, मेरो परिवेश, मेरा चाहना र महत्वाकाङ्क्षा, मेरो हिम्मत र मैले सिक्दै आएको ज्ञानको क्षितिज पनि साना र साँघुरा पक्कै थिएनन् । मेरो जीवनप्रतिको मोह पनि कम लोभलाग्दो थिएन, न त मेरो जीवनदृष्टि नै थियो खजमजिएको र अस्पष्ट । सपनाहरू पनि हजारौँ थिए । यसमा सीमाहरू, बाधा र अड्चनका गाँठाहरू भने नभएका होइनन् । तिनलाई फुकाउन सक्ने विश्वास, आँट, धैर्य र लगनशीलता ममा भरिएकै थिए । तर आजको मेरो भोगाइ र मेरा सपनाको तालमेल किन मिल्दैन ? किन स्वप्निल यौवनका अतृप्त उतारचढावको व्यग्रता मेरा मनभरि ? यो यक्ष प्रश्न बनेर मेरो मथिङ्गल फनफनाइरहेछ ।
गजल
रानूले छोडिदिएको त्यो घर झैँ छ जीवन आफैँलाई जाइलाग्ने तरवार झैँ छ जीवन । छन् अस्तव्यस्त मेरा बाँच्नुका शृङ्खला ती स्वराज्य हाराएको सरकार झैँ छ जीवन ।
सत (कविता)
तराईको जगमा पहाडको भित्तो छानो हो हिमाल हुँदैन घर यी तीनै बिना रहन्न नेपाल जनताको शक्ति, देशको भक्ति शिर ठाडो पारेर आपसमा झगडा गरेर यहाँ नबसौँ हारेर
रहर (कविता)
रहरहरू कहिलेकाहीँ लाग्छ मेरा रहरहरू चाँदनी रातको धिपधिपे उज्यालोमा मलाई चियाएर जिस्क्याइरहेछन् मानौँ,
जीवनीमूलक श्रेष्ठ कृति
वि.सं. २०७९ मङ्सिरमा फाइन प्रिन्टद्वारा प्रकाशित ‘सुश्री पारिजात’ गोविन्द गिरी प्रेरणाद्वारा तयार पारिएको जीवनीमूलक कृति हो । तीन सय छयानब्वे पृष्ठको यो कृतिमा पारिजातका विषयमा थप जानकारी प्राप्त गर्न सकिने अनुक्रमणिकासहितका तस्बिर र अन्य स्रोत सामग्री पनि संलग्न गरिएका छन् । नेपाली साहित्यमा पारिजात सर्वाधिक विवाद र चर्चामा रहेकी स्रष्टा हुनुहुन्छ । पारिजातका बारेमा यसअघि पनि जीवनी नलेखिएका होइनन् । तथापि गिरीजीको यो कृतिमा पारिजातका लुकेका र छुटेका पाटामाथि चियाउने प्रयास गरिएको छ । पारिजात वामपन्थी विचारकी लेखिका भए पनि गैरवामपन्थीसमेत उहाँप्रति उत्तिकै आकर्षित हुन्थे । त्यसैले उहाँको लोकप्रियता सर्वत्र व्याप्त थियो ।