शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
आफ्नै जिन्दगी फेरिएन
देशको के फेरिएला
देशकै जिन्दगी फेरिएन
आफ्नो के फेरिएला ।
धुस्रो–फुस्रो छु
देश पनि त्यस्तै होला
फेर्नै सकिएन
आफ्नो न देशको चोला ।
म बूढो हुँदैछु
देश त बूढो नहुनु नि
म सधैँ रुनु परे पनि
देश त कहिल्यै नरुनु नि ।