नेपालमा प्राकृतिक सम्पदा, जैविक विविधता तथा तिनको समग्र पारिस्थितिकीय प्रणालीको संरक्षण, व्यवस्थापन र दिगो सदुपयोग गर्ने उद्देश्यले वि.सं. २०२९ मा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन ल्याइएको थियो । जसले नेपालमा संरक्षण महìवका वन्यजन्तु, तिनको वासस्थान र समग्र जैविक विविधता संरक्षणका लागि मार्गनिर्देशन ग¥यो । यसैको जगमा संरक्षित क्षेत्रको पहिचान, संरक्षण र व्यवस्थापन हुँदै आएको छ ।
हालसम्म नेपालमा १२ वटा राष्ट्रिय निकुञ्ज, एकवटा वन्यजन्तु आरक्ष, एकवटा सिकार आरक्ष, छवटा संरक्षण क्षेत्र र १३ वटा मध्यवर्ती क्षेत्र घोषणा गरिएको छ । कुल क्षेत्रफलको २३.३९ प्रतिशत भू–भाग ओगट्ने यी संरक्षित क्षेत्र र यहाँका वन्यजन्तु तथा वनस्पतिको अनुसन्धान, संरक्षण र व्यवस्थापनमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले नेतृत्व गरिरहेको छ भने राष्ट्रिय प्रकृति संरक्षण कोष र अन्य संरक्षण साझेदार संस्था, नेपाली सेना र स्थानीय समुदायले निकुञ्ज विभागसँग हातेमालो गरिरहेका छन् । परिणामतः बाघ, गैँडा, गौर, गिद्धजस्ता दुर्लभ वन्यजन्तुको सङ्ख्या नेपालमा बढ्दै गएको छ । देशको एक चौथाइ क्षेत्रफल ओगट्ने संरक्षित क्षेत्रबाहिरका विभिन्न वनस्पति, वन्यजन्तु र भू–दृश्यको संरक्षण, संवद्र्धन तथा व्यवस्थापन भने उपेक्षित नै छ । परिणामतः संरक्षित क्षेत्रबाहिरका अधिकांश राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महìवका प्राकृतिक सम्पदाको पहिचान, संरक्षण र प्रवद्र्धनभन्दा पनि अनियन्त्रित दोहन र विनाश तीव्र बन्दै गएको छ । प्राकृतिक सम्पदाको संरक्षण र दिगो विकासको मुद्दा पेचिलो बन्दै गइरहेको अवस्थामा केही सकारात्मक र अनुकरणीय कामको थालनी भने भएको छ ।
स्थानीय र प्रदेश सरकारले आफ्नो क्षेत्रका सुन्दर भू–दृश्य, वनजङ्गल, वन्यजन्तु, जलाधार, सांस्कृतिक सम्पदा, मौलिक जीवनशैलीको संरक्षण तथा प्रवद्र्धनलाई प्राथमिकतामा राख्ने अभ्यास गरिरहेका छन् । यसलाई सहभागितामूलक जैविक विविधताको संरक्षण तथा दिगो व्यवस्थापन एवं पर्यटन उद्योग र विकास सँगसँगै लैजान समन्वयकारी तथा अभिभावकीय भूमिका निर्वाह गर्ने प्रयासका रूपमा बुझ्न सकिन्छ । यस्तै एउटा सकारात्मक र अनुकरणीय पहलका रूपमा सुदूरपश्चिम र लुम्बिनी प्रदेश सरकारले घोषणा गरेका चरा आरक्ष (बर्ड सेन्चुरी) क्षेत्रलाई लिन सकिन्छ ।
रामसार क्षेत्रमा सूचीकृत नेपालका दसवटा सिमसार क्षेत्रमध्ये घोडाघोडी ताल क्षेत्र र जगदीशपुर ताललाई क्रमशः सुदूरपश्चिम र लुम्बिनी प्रदेश सरकारले आफ्नो वन ऐनमा नै व्यवस्था गरी चरा आरक्ष क्षेत्र बनाएका छन् । प्रदेश वन ऐनमा प्रदेश सरकारले रैथाने तथा आगन्तुक पन्छी र सङ्कटापन्न वन्यजन्तुको वासस्थान संरक्षण तथा वन्यजन्तु आवतजावत गर्ने प्रदेशभित्रको कुनै क्षेत्रलाई चरा आरक्ष वा जैविकमार्ग घोषणा गर्न सकिने व्यवस्था गरिएको छ ।
चरा र तिनको वासस्थान संरक्षण गर्दै समुदायको संलग्नतामा पर्यापर्यटनको विकास र आकर्षण बढाउन ती सिमसार क्षेत्रलाई चरा आरक्ष घोषणा गरिएको हो । चरा आरक्ष क्षेत्र भनेको ठूलो सङ्ख्यामा रैथाने र आगन्तुक चरा बस्ने मुख्य वासस्थान तथा चरन क्षेत्र हो; जहाँ चरा भयरहित वातावरणमा विचरण गर्न पाउँछन् । नेपालको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनमा भने चरा आरक्ष क्षेत्र बनाउने व्यवस्था छैन । छिमेकी देश भारतमा भने करिब ७२ वटा चरा आरक्ष क्षेत्र छन् । चीनको ‘एलो सी बर्ड सेन्चुरी’ त विश्व सम्पदा सूचीमा सूचीकृत नै छ । अन्य थुप्रै देशमा पनि चरा आरक्ष क्षेत्र बनाउने व्यवस्था छ ।
घोडाघोडी सिमसार चरा आरक्ष
सन् २००३ मा विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी नगरपालिकामा अवस्थित घोडाघोडी सिमसार क्षेत्रलाई नेपालकै पहिलो चरा आरक्ष क्षेत्र घोषणा गरिएको हो । वि.सं. २०७८ फागुन २७ मा यसलाई देशकै पहिलो बर्ड सेन्चुरी घोषणा गरिएको हो । करिब दुई हजार ५६३ हेक्टर क्षेत्रफलमा पैmलिएको घोडाघोडी सिमसार क्षेत्र र यस आसपासमा ३६१ प्रजातिको चरा पाइने नेपाल पन्छी संरक्षण सङ्घको अध्ययनले देखाएको छ । यस सिमसार क्षेत्रमा जाडोयाममा साइबेरिया, मङ्गोलियालगायत उत्तरी भूभागबाट हिउँदे आगन्तुक चराहरू बसाइँ सरी आउने गर्छन् । यहाँ पाइने चरामध्ये ६४ प्रजाति सिमसारमा आश्रित जलपन्छी हुन् । यसैगरी कैले टाउके हाँस, राज धनेश, राजलाहाँचे, भुँडीफोर गरुड, सुनौलो तोपचरा, घेघरी घाँसेफिस्टो, लघु महाचिल, डङ्गर गिद्ध, सानो खैरो गिद्धलगायत विश्वमै दुर्लभ १३ प्रजातिका चरा पनि घोडाघोडी सिमसार क्षेत्रमा पाइन्छन् ।
घोडाघोडी सिमसार क्षेत्रमा नेपालकै सबैभन्दा धेरै सङ्ख्यामा हरिहाँस पाइन्छन् । हरिहाँसलाई यस सिमसार क्षेत्रको सूचक प्रजाति मानिएको छ । सन् २००९ देखि २०२० सम्मको अध्ययनमा यस क्षेत्रमा हरिहाँसको सङ्ख्या बढेको देखिएको छ । हाल करिब चार सयको हाराहारीमा हरिहाँस यहाँ पाइन्छन् । दक्षिण भारतमा प्रजनन गर्ने नादुन हाँसले नेपालमा घोडाघोडी ताल क्षेत्रमा मात्र प्रजनन गर्ने अभिलेख छ । त्यस्तैगरी दक्षिण भारत र अफ्रिकाको रैथाने नकटा हाँसले पनि यस क्षेत्रमा प्रजनन गर्छ । पाहुना चराका रूपमा बसाइँ सरी आउने चराहरूले यस क्षेत्रमा प्रजनन गरी बस्नु निश्चय नै सुखद कुरा हो । हरेक वर्ष दुई हजारभन्दा बढी जलपन्छी यस क्षेत्रमा गणना गरिनेछ । विश्वमै परिचित यस क्षेत्र २९ प्रजातिका माछा, नौ प्रजातिका उभयचर र सरीसृप, ३४ प्रजातिका स्तनधारी वन्यजन्तुको पनि वासस्थान हो । घोडाघोडीजस्ता अन्तर्राष्ट्रिय महìवका महìवपूर्ण चरा तथा जैविक विविधता क्षेत्र नेपालमा ३७ वटा छन् ।
पूर्व–पश्चिम राजमार्गको छेवैमा अवस्थित घोडाघोडी चरा आरक्ष आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र हो । चरा र अन्य वन्यजन्तुको संरक्षणसँगै पर्यापर्यटन विकासमा स्थानीय सरकार र स्थानीय बासिन्दाको सहकार्य आवश्यक छ । यस चरा आरक्ष क्षेत्रमा दसौँ लाटोकोसेरो तथा हुचिल उत्सव आउँदो माघ २० र २१ गते हुँदै छ । संरक्षण अभियान र स्थानीय संस्कृतिको सम्मिश्रण गरी गरिने यस उत्सवले अवैध व्यापार र सिकारको चपेटामा परेको लाटोकोसेरो संरक्षणका बहुआयामिक पक्ष खोतल्नु, संरक्षण शिक्षा बाँड्नुका साथै स्थानीय संस्कृतिको प्रवद्र्धन र पर्यापर्यटन अभिवृद्धिको सन्देश प्रवाह गर्छ ।
जगदीशपुर ताल चरा आरक्ष
जगदीशपुर ताल मुलुकको दोस्रो तथा लुम्बिनी प्रदेशको पहिलो चरा आरक्ष क्षेत्र हो । वि.सं. २०७९ असार ३२ मा जगदीशपुर ताललाई चरा आरक्ष घोषणा गरिएको हो । कपिलवस्तु नगरपालिका ९ र १० मा फैलिएको जगदीशपुर सिमसार २२५ हेक्टर क्षेत्रफलमा पैmलिएको छ । सन् १९७० को दशकको सुरुतिर सिँचाइ प्रयोजनका लागि जखीरा ताल र यस आसपासका कृषि भूमिमाथि बनाइएको जगदीशपुर ताल नेपालको सबैभन्दा ठूलो मानवनिर्मित ताल हो ।
खेतीयोग्य जमिन र केही स–साना पोखरीलगायत नहर संरचनाले वरिपरिबाट घेरिएकोे जगदीशपुर ताल हजारौँ आगन्तुक तथा रैथाने चरा, माछा, उभयचर, स्तनधारीका लागि महìवपूर्ण वासस्थान हो । स्थानीय जनसमुदायको जीवनयापनको आधार यस महìवपूर्ण सिमसार क्षेत्रलाई सन् २००३ सेप्टेम्बरमा रामसार सूचीमा सूचीकृत गरिएको हो । त्यसैगरी हिउँदयाममा जाडो छल्न साइबेरिया क्षेत्रबाट बसाइँ सरी आउने हजारौँ आगन्तुक चराको आश्रयस्थल यस ताललाई सन् २००५ मा महìवपूर्ण चरा तथा जैविक विविधता क्षेत्र घोषणा गरिएको थियो । आयाताकार यस तालको उत्तरपूर्वी भाग जलीय वनस्पतिले आंशिक रूपमा ढाकिएको छिपछिपे पानीयुक्त छ । दक्षिण–पश्चिमपट्टिको भाग गहिरो एवं पूरै पानीले भरिएको छ । तालको बीचमा रहेको सानो टापु र रुखले ताल आकर्षक देखिन्छ; जुन चराको आरामस्थल र शत्रुबाट बच्न लुक्ने स्थान पनि हो । तालको गहिराइ वर्षा र हिउँदयामको खेती गर्ने समयमा फरक–फरक दुईदेखि सात मिटरसम्म हुने गर्दछ । चुरे क्षेत्रको जलाधारबाट आउने वाणगङ्गा नदीको लक्ष्मणघाट बाँधबाट ४.७५ कि.मि. लामो नहर हुँदै तालमा भण्डारणका लागि पानी आपूर्ति हुन्छ । करिब छ हजार दुई सय हेक्टर खेतीयोग्य जमिन सिञ्चित गर्न पानी आपूर्ति हुने यस तालको पिँधको पानीले वरिपरिको भूमिगत पानीको स्रोतलाई सघाउँछ । जैविक विविधताको संरक्षण, पर्यापर्यटन प्रवद्र्धन, मनोरञ्जन, आर्थिक, सांस्कृतिक, धार्मिक तथा पर्यावरणीय दृष्टिकोणले समेत यस ताललाई महìवपूर्ण मानिन्छ ।
जगदीशपुर तालमा विश्वमै दुर्लभ १४ प्रजातिसहित कुल २९६ प्रजातिका चरा पाइन्छन् । चराका अलावा यस क्षेत्रमा ४३ प्रजातिका माछा, १० प्रजातिका उभयचर, ४२ प्रजातिका सरीसृप, ३२ प्रजातिका स्तनधारी जनावरका साथै ५५ भन्दा बढी प्रजातिका वनस्पति पनि पाइन्छन् । जगदीशपुर जलाशयलाई हिउँदे आगन्तुक चराको स्वर्ग मानिन्छ । खासगरी उत्तरी धु्रवमा हिमपातको सुरुवातसँगै अनुकूल मौसम, सुरक्षित वासस्थान र चरनको खोजीमा बर्सेनि हजारौँ चरा उत्तरी मुलुक रुस, तुर्किस्तान, उज्वेकिस्तान, अजरवैजान, चीन, मङ्गोलियाका साथै युरोप, कोरिया तथा तिब्बती क्षेत्रबाट यहाँ आउने गर्छन् । यी हिउँदे आगन्तुक चरा यस क्षेत्रमा आउने क्रम भदौ मध्यदेखि पुुस मध्यसम्म जारी रहन्छ । चैतसम्ममा हिउँद बिताएर प्रायःजसो आफ्नो स्थायी बसोवास गर्ने ठाउँमा फर्किसकेका हुन्छन् । तालले बर्सेनि हिउँदमा बसाइँ सरेर आउने १५ देखि २० हजार चरालाई आश्रय दिँदै आएको छ । त्यसैगरी विश्वमै दुर्लभ सारस, गरुडलगायत सयौँ रैथाने चराले यस ताल र आसपासको क्षेत्रमा प्रजनन गर्छन् ।
घोडाघोडी सिमसार क्षेत्र र जगदीशपुर ताल चरा आरक्ष घोषणा भएपछि देश तथा विदेशमा रहेका चराप्रेमी र संरक्षणकर्मीले खुसी व्यक्त गरेका छन् । प्रदेश सरकार, स्थानीय सरकार र स्थानीय समुदाय धन्यवादको पात्र बनेका छन् । चरा र तिनको वासस्थान संरक्षण सँगै महìवपूर्ण सिमसार क्षेत्रमा दिगो तथा पर्यावरणमैत्री भौतिक पूर्वाधारको निर्माण, पर्यापर्यटन प्रवद्र्धन र समुदायको विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ । स्वदेशी मात्र होइन, हरेक वर्ष सयौँ विदेशी पर्यटक पनि यी क्षेत्रमा चरा अवलोकन र फोटो खिच्नका लागि आउने गर्छन् । जगदीशपुर ताल त नेपालमा सबैभन्दा धेरै चरा एकै ठाउँमा देख्न सकिने र नजिकबाट फोटो÷भिडियो पनि खिच्न सकिने उत्कृष्ट स्थान हो ।
यी सिमसार क्षेत्रमा पछिल्ला वर्षमा भौतिक संरचना निर्माण, अतिक्रमण, वनभोजको होहल्लाजस्ता मानवीय क्रियाकलाप र अतिक्रमण बढ्दो छ । यसैका कारण आगन्तुक पानी चराको विविधता र सङ्ख्या घट्दो छ भने यहाँका रैथाने चरा पनि विस्थापित भएका छन् । तालक्षेत्र वरिपरि प्लास्टिकजन्य वस्तु र अन्य फोहोरमैला असरल्लै देखिन्छन् । चरा र अन्य वन्यजन्तुको चोरीसिकार पनि छ । यस खालका पर्यावरण अमैत्री क्रियाकलापलाई बेलैमा नियन्त्रण गर्न नसके पानी चरालाई मात्र होइन, त्यस क्षेत्रको समग्र जैविक विविधता संरक्षण, सामाजिक तथा सांस्कृतिक अवस्था, दिगो विकास र पर्यावरणमैत्री पर्यटन प्रवद्र्धनमा ठूलो चुनौती थपिने देखिन्छ । चरा, वन्यजन्तु र सिमसार स्रोतको संरक्षण, वातावरणमैत्री पूर्वाधार बनाउने र लाभको न्यायोचित वितरणको कसीले नै यसको भविष्य निर्धारण गर्नेछ । यसका लागि समुदाय, नागरिक समाज, सञ्चारमाध्यम, संरक्षण साझेदार सङ्घसंस्थाहरू, स्थानीय, प्रदेश र केन्द्र तीनै तहको सरकार र अन्तर्राष्ट्रिय समुदायबीचको समन्वय र सहकार्य जरुरी हुन्छ ।
वातावरणमा देखिने परिवर्तन तथा त्यसमा देखिएका समस्याको सङ्केत सूचक प्राणी हुन्– चरा । पर्यावरणीय परिवर्तन र त्यसको असरबारे अध्ययन गर्ने वैज्ञानिकले चरालाई सूचक प्रजातिका रूपमा रोज्ने गर्छन् । त्यसैले हाम्रा सिमसार क्षेत्रको अवस्था र गुणस्तर जाँच्न चराको सङ्ख्या र प्रजातिको आवतजावत अवस्थाको नियमित अनुगमन गर्नुपर्छ । खास प्रकारको वासस्थानमा मात्र बस्ने चरा, त्यस वासस्थान र आसपासको वातावरणमा आएको परिवर्तनले प्रभावित हुन्छन् र प्रतिक्रियात्मक हुन्छन् । त्यसैले चरा आरक्ष क्षेत्रलाई चरा र समग्र पर्यावरणमा आइरहेको उतारचढाव अध्ययन अनुसन्धान क्षेत्रका रूपमा पनि विकास गर्न सकिन्छ । चरा आरक्ष क्षेत्रमा सबैको पहुँच हुन्छ किनकि यहाँ राष्ट्रिय निकुञ्ज वा अन्य संरक्षित क्षेत्रमा जस्तो कडाइ हुँदैन तर हामीले चरा, तिनका गतिविधि र वासस्थानलाई हानि गर्ने कुनै पनि क्रियाकलाप गर्नु हँुदैन । हामी पनि जाने होइन त एक पटक घोडाघोडी र जगदीशपुर ‘बर्ड सेन्चुरी’मा चरा हेर्न ।