• १३ साउन २०८१, आइतबार

मन परेका तस्बिर

blog

काठमाडौं, भदौ २५ गते ।  

रात्रिकालीन लेकसाइडको  झिलिमिली : पोखरास्थित लेकसाइडको शुक्रबार साँझ देखिएको झिलिमिली दृश्य ।

पर्वत र बागलुङ जोड्ने बन्जी पुल : पर्वत र बागलुङलाई जोडेर निर्माण गरिएको बन्जी पुल  । यसको लम्बाई ५२५ मिटर र उचाइ कालीगण्डकी नदीबाट २२८ मिटर रहेको छ । 

बुलबुल ताल : कर्णाली प्रदेशका राजधानी वीरेन्द्रनगरमा रहेको बुलबुले ताल । मर्मत सम्भार अलपत्र पर्दा यस तालको सुन्दरता खस्किँदै । अहिले तालको एकतर्फ मात्र पानी जमेको छ । तालभरि पानी नजम्दा तालको सौन्दर्यता खोसिएको जस्तो देखिएको छ । 

सिम्ले गाउँ : बागलुङ जिल्ला सदरमुकाम नजिक रहेको सिम्ले गाउँ । बागलुङ–सिगाना, बरेङ हुँदै गुल्मीको शान्तिपुर जोड्ने मोटरबाटोले बीच भागबाटै चिरेर गएपछि यहाँ विकासको ढोका खुलेको छ ।

भोटेचौर बजार : सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१ मा रहेको भोटेचौर बजार । यहाँबाट दोर्जेलाक्पा र जुगल हिमाल देख्न सकिन्छ । 

ढ्याङ्ग्रोमा फलाक्दै झाँक्री : न्वागी पर्वको दिन मध्यरातमा एकपाखे ढ्याङ्ग्रोमा फलाक्दै धादिङ वेनिघाट रोराङ–३ माथिल्लो ओर्वाङका ८३ वर्षीय झाँक्री जीतबहादुर चेपाङ । यो पर्वमा विशेषगरी घैया धान, गाभा, निबुवा, घिरौँलालगायत कन्दमूल पितृलाई बुझाउने र अन्न फलाउने भूमिलाई पूजा गर्ने चलन छ ।

स्याडा गाउँ : हरियालीले ढपक्क ढाकेको हुम्लाको सिमकोट गाउँपालिका–८ रहेको स्याडा गाउँ । 

शिविरमा आँखा परीक्षण : नार्पा भूमि गाउँपालिकामा इन्द्रदल गुल्म मनाङद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा आँखा परीक्षण गराउँदै वृद्धा । 

ग्रामीण सडकको दुरावस्था :  सिन्धुपाल्चोक र काठमाडौँको सिमाना शङ्करपुर नगरपालिकाको सेल्फिडाँडामा निर्माण भइरहेको सडकको हिलोमा फसेको सवारीसाधन  । पानी पर्ने बित्तिकै सडक अवरुद्ध हुने गरेकाले मेलम्ची–काठमाडौँ चल्ने यातायातका साधन  रोकिने तथा फस्ने गरेका छन् । 

इन्द्रजात्रामा कैद गरिएका तस्बिरहरु ।

तस्बिरः मनोजरत्न शाही  रासस