शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
शिवकुमार रिजाल
मनहरी (मकवानपुर), चैत ९ गते । हेटौँडामा इन्टरनेटको तार जोड्नका लागि पोलमा चढेका एक किशोरको लडेर मृत्यु भएको छ ।
हेटौँडा उपमहानगरपालिका वडा ४ कर्राचोक नजिकै बिजुलीको पोलमा चढेका राक्सिराङ गाउँपालिका वडा ६ खरखण्डेटारका घर भई हेटौँडा १ चौकीटोल डेरा गरी बस्दै आएका १८ बर्षीय भुवन चेपाङको ज्यान गएको हो ।
सोमबार अपरान्ह बिजुलीको पोलबाट लडेका चेपाङको उपचारका लागि हेटौँडा अस्पताल लगिएकामा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मकवानपुरका प्रहरी नायब उपरिक्षक पुस्कर बोगटीका अनुसार मृतक चेपाङ नेटफ्लिक्स इन्टरनेट कम्पनीमा काम गर्दै आएका थिए । घटनाको थप अनुसन्धान जारी रहेको र शव पोष्टमार्टमका लागि हेटौँडा अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।