• ९ चैत २०८२, सोमबार

बास्केटबल लिग : टाईम्सको लय जारी

blog

काठमाडौँ, चैत ९ गते । टाइम्स इन्टरनेसनल क्लबले हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबिएल) मा जितको लय जारी राखेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सोमबार भएको खेलमा टाईम्सले कीर्तिपुरलाई ८२–६० ले हरायो । टाइम्सको यो लगातार छैटौँ जित हो ।

जितसँगै टाईम्सले शीर्षस्थानको त्रिभुवन आर्मी क्लबसँग समान १३ अङ्क बनाएको छ । पहिलो क्वाटरमा दुवै टोलीले १२–१२ अङ्क बनाएका थिए । दोस्रो क्वाटरमा टाईम्सले २१–१२ को अग्रता लियो । 

टाईम्सले तेस्रो क्वाटर १७–८ र चौथो क्वाटर ३२–२८ ले आफ्नो पक्षमा पार्दै खेल जितेको हो । टाईम्सका लागि श्रेयासबहादुर थापाले सर्वाधिक २० स्कोर गर्नुभयो ।  यसअघि आइतबार राति भएको खेलमा आर्मीले सोलो बास्केटबल क्लबलाई १०३–६८ ले हराएको थियो ।