• ८ मंसिर २०८१, शनिबार

मनकारी नेपथ्य

blog

तीन दशकभन्दा लामो यात्रामा नेपथ्यले गीत सुनाउने काम मात्र गरेन, समयानुकूल सामाजिक अभियान पनि अगाडि बढाउँदै लग्यो । जतिबेला स–साना बालबालिका पढ्ने विद्यालयमा अशान्ति छायो, नेपथ्यले ‘शान्तिका लागि शिक्षा’ नाराको साथ आफूलाई अगाडि बढायो । ‘सुन्दर शान्त नेपाल’ अभियानमा सरिक भएर द्वन्द्वले जन्माएका घाउमा सङ्गीतको मलम दल्ने प्रयत्न ग¥यो । अहिले ‘मानवता प्रवद्र्धन अभियान’मार्फत मानवीय आयामलाई अगाडि बढाइरहेको छ । यसलाई सार्थक तुल्याउन नेपथ्यले मुलुकभर फैलिएको अग्रणी सामाजिक संस्था ‘मानव सेवा आश्रम’सँग हातेमालो गरेको छ । आफ्ना कार्यक्रममार्फत मानव सेवा आश्रमको अभियान प्रवद्र्धन गरी मानवीय आवाजलाई प्राथमिकताका साथ प्रस्तुत गर्ने काम ग¥यो । अभियानअन्तर्गत नेपथ्यले आफ्ना कार्यक्रमको मूल शीर्षक नै ‘म्युजिक फर ह्युम्यानिटी’ अर्थात् मानवताका लागि सङ्गीत भनेर राख्यो । 

नेपथ्यले आफ्नो कार्यक्रमको पहिलो प्रस्तुति विराटनगरमा गरेको थियो । त्यहाँस्थित ‘हाटखोला मैदान’मा नेपथ्य गुञ्जिएको थियो । त्यसपछि ब्यान्डले वीरगञ्जको ‘आदर्शनगर रङ्गशाला’ गुञ्जायो । त्यस्तै हेटौँडाको ‘भुटनदेवी स्कुल मैदान’मा लोक रक गीत सुनाएको थियो । हेटौँडापछि नारायणघाटको ‘क्याम्पाचौर’, त्यसपछि नेपालगन्ज, धनगढीको रङ्गशाला हुँदै ब्यान्डले सुर्खेतको वीरेन्द्रनगर खुलामञ्चमा कर्णाली प्रदेशका श्रोतालाई आफ्ना नयाँ तथा पुराना गीत सुनाएको थियो । फर्किएर बुटवल आइपुगेको टोलीले त्यहाँस्थित ‘रामनगर खेलमैदान’मा तयार पारिने मञ्चमा आफूलाई प्रस्तुत ग¥यो । नेपथ्य यात्राले ब्यान्डलाई उसको ‘होम ग्राउन्ड’मा पनि प्रवेश गरायो । पुसको १२ गते मङ्गलबारका दिन ब्यान्डले पोखरा नयाँबजारस्थित ‘प्रदर्शनी केन्द्र’मा आफूलाई उभ्याएको थियो । यसरी मुलुकका सम्पूर्ण प्रदेश घुमिसकेपछि अन्तिममा ब्यान्डले सङ्घीय राजधानी काठमाडौँमा लोक तथा रक गीतको प्रस्तुति दिएको थियो । 

ब्यान्डले यी प्रदर्शनमार्फत बेसहारा बन्न पुगेका नेपालीको आवाज बनिदिने मात्र नभई उनीहरूको सहयोगार्थ अर्थ सङ्कलनमा समेत हातेमालो गरेको छ । “हामीले गीत÷सङ्गीत मात्र नभई सामाजिक दायित्वलाई समेत अभिभाराका रूपमा उठाउँदै आएका छौँ,” ब्यान्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङ भन्नुुहुन्छ, “कुनै पनि नेपालीले कष्टपूर्ण अवस्था झेल्नु नपरोस् भनेर मानवताको सन्देश लिएर हामीलाई मन पराउँदै आउनुभएका श्रोता दर्शकमाझ पुगेका हौँ ।”  मुलुकभरका कन्सर्टको आयोजक मानव सेवा आश्रमका स्थानीय तवरमा सक्रिय केन्द्रले ती ती स्थानमा नेपथ्यलाई सघाएको थियो । “नेपाली समाजले जसरी नेपथ्यलाई मन परायो, त्यसरी नै नेपथ्यले पनि गीत÷सङ्गीत मात्र नभई सामाजिक दायित्वलाई समेत अभिभाराका रूपमा उठाउँदै आएको छ,” गायक एवं अगुवा गुरुङ मुलुक घुम्दाका नमिठो अनुभव थप्दै भन्नुहुन्छ, “द्वन्द्वकालताका र त्यसपश्चात् पनि देश यात्रा गर्दा सडकमा भौँतारिएर हिँड्ने मानसिक सन्तुलन गुमाएकाहरूको सङ्ख्या बढेको देख्थ्यौँ । उनीहरूको राज्यले उचित व्यवस्थापन गरिदिए हुनेजस्तो लाग्थ्यो । यसै क्रममा एउटा संस्थाले उनीहरूको उद्धार गरेको सुन्दा मलाई सन्तोष लागेको थियो,” अमृत भन्नुहुन्छ, “अहिले त्यसै संस्थासँग हातेमालो गरेर काम गरियो एकदमै खुसी लागेको छ ।” 

यसैगरी नेपालयका प्रमुख किरणकृष्ण श्रेष्ठ भन्नुहुन्छ, “एकातिर यसले सर्वत्र एकरूपता झल्काएको छ भने कतिपय स्थानमा यस किसिमको पहिलो मञ्चका रूपमा पनि स्थानीय श्रोता दर्शकले कन्सर्टको आनन्द लिन पाए ।” हेटौँडामा मुख्य कार्यालय रहेको मानव सेवा आश्रमले हाल सातै प्रदेशको १९ वटा जिल्लामा २३ वटा केन्द्र सञ्चालन गरिरहेको छ । यी केन्द्रले ७७ वटै जिल्लामा आफ्ना सेवा प्रवाह गरिरहेका छन् । यिनमा सहयोगापेक्षी (बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रूपमा कमजोर) सडक आश्रित मानवले आश्रय पाइरहेका छन् । उद्धार गरेर ल्याएकै क्षणदेखि खाने, लाउने, बस्नेदेखि लिएर औषधोपचार, मानसिक परामर्श अनि तालिमसम्म दिएर उनीहरूको अवस्थामा सुधार ल्याउने काम हुँदै आएका छन् । 

कार्यक्रमको अन्त्यतिर सधैँजस्तै नेपथ्यको सर्वकालिक हिट गीत ‘रेशम’ र ‘तालको पानी’ गाइएको थियो भने अन्तिममा ‘रातो र चन्द्रसूर्जे’बाट बिट मारिएको थियो । यसरी मानवताका लागि नेपथ्यले मुलुकभरको एक महिना लामो यात्रा सम्पन्न गरेको थियो ।

परिवारसँग अलग्गिएकाहरूलाई फेरि परिवारमै पुनस्र्थापना गरिदिनुका साथै पुनस्र्थापित हुन नसकेकाहरूलाई आत्मनिर्भर बनाइदिनेसम्मका काम यो संस्थाले गर्दै आएको छ । साथै यसले टुहुरा तथा अनाथका क्षेत्रमा पनि सेवा दिँदै आएको छ । आफ्नो लगाव र सुकर्मबाट आफू कार्यरत ठाउँमा उच्च सामाजिक सम्मान बटुल्न सफल यो संस्था अब स्वयंलाई मुलुकभर विस्तार गर्न चाहन्छ । मानव सेवा आश्रमका २३ वटै केन्द्रबाट हालसम्म सात हजार ३६५ जनाले सेवा प्राप्त गरिसकेका छन् भने दुई हजार ८२३ जनालाई उनीहरूको परिवारमा पुनस्र्थापित गराइसकिएको छ । अहिले पनि यसका केन्द्रमा करिब एक हजार पाँच सय उद्धार गरिएका मानिसले सेवा प्राप्त गर्दै आइरहेका छन् । त्यसैगरी आश्रमअन्तर्गत दुई सयभन्दा बढी पूर्णकालीन तथा अल्पकालीन स्वयंसेवी परिचालित छन् । 

नेपथ्यसँगको सहकार्यले यो अवस्थामा अब उल्लेखनीय फड्को मार्ने विश्वास यसका संस्थापक एवं अध्यक्ष रामजी अधिकारीले लिनुभएको छ । “मानव सेवा आश्रममा स्वस्फूर्त भावले संलग्न लगभग सबैजसो स्वयंसेवी एवं हितचिन्तक परिपक्व उमेरका मात्र देखिँदै आएका छन्,” अधिकारी भन्नुहुन्छ, “किशोरवयभन्दा माथिका बढीभन्दा बढी तन्नेरीलाई समेट्ने हाम्रो परिकल्पना नेपथ्यसँगको सहकार्यले सार्थक तुल्याएको छ ।” 

नेपथ्यसँगको सहकार्य जुटेपछि आफूहरूको मनोबल अत्यन्तै उच्च बन्न पुगेको अध्यक्ष अधिकारीले बताउनुभयो । “साङ्गीतिक क्षेत्रमा लागेका संस्थामध्ये नेपथ्यको सामाजिक योगदान र नैतिक बल अत्यन्त उच्च देखिएकै कारण हामी यो ब्यान्डसँग सहकार्यका लागि हौसिएका हौँ,” अधिकारी भन्नुहुन्छ, “त्यसमाथि ब्यान्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङको जीवनशैली र उनको सामाजिक छविबाट पनि हामी धेरै प्रभावित भयौँ ।” यो सहकार्यले हाम्रो अभियानलाई मुलुकभर लैजान र तन्नेरी पुस्तामाझ पुग्नका लागि महìवपूर्ण भएको उहाँले बताउनुभयो । अपहेलित भएर सडकको पेटी वा नदीका बगरमा एक जना पनि भोकै सुतेको दृश्य देख्नु नपरोस् भन्ने हेतु नै ‘मानव सेवा आश्रम’ र ‘नेपथ्य’ दुवैको साझा सङ्कल्प भएको पनि उहाँको भनाइ थियो । 


सङ्गीतका साथै मानवता प्रवद्र्धनका लागि नेपथ्यको यो कन्सर्टले राजधानी काठमाडौँमा समेत गरेर लगातार दसौँ सफलता पाएकोमा मानव सेवा आश्रमका अध्यक्ष अधिकारीले खुसी व्यक्त गर्नुभयो । “हामीले दुई वर्षभित्र सिङ्गो मुलुकलाई सडकआश्रित मानवबाट मुक्त गराउने सङ्कल्प लिएका छौँ,” उहाँले भन्नुभयो, “राजधानीका दर्शकबाट पाएको भव्य हौसलाले त्यो सङ्कल्प सजिलै पूरा हुने विश्वास मिलेको छ ।” 

महिना दिन लामो भ्रमणमा देशभरका दर्शक भेटेर आएको कलाकार टोलीसँग पर्याप्त ऊर्जा थियो भने काठमाडौँवासीसँग जिज्ञासा । यो दुवैको भव्य सम्मिश्रणका साथ लोक रक ब्यान्ड नेपथ्यको शृङ्खलाबद्ध यात्रा राजधानीको भृकुटीमण्डपमा सम्पन्न भएको थियो । के पहाड, के तराई, सातवटै प्रदेशका दस फरक–फरक सहरमा टनाटन भरिएका चौरबाटै पनि अब नेपथ्यले तय गर्ने ‘मानवताका लागि सङ्गीत’ अभियान अनुमोदित बन्न पुगेको छ । एकातिर मध्य पुसको काठमाडौँ, अर्कातिर चिसो घाम नलागेको मौसम । यस्तोमा चिसिएको भृकुटीमण्डपको पक्की मैदान बेलुकी एक्कासि चर्को आवाज र तिरिमिरि प्रकाशले तात्तिन पुगेको थियो । कोभिड महामारीले संसार आक्रान्त पारेपछि थामिएको नेपथ्य राजधानीमा यसपालि तीन वर्षपछि प्रस्तुत भएको हो । यसअघि भूकम्पले भत्किएको दोलखाको एउटा सरकारी विद्यालय निर्माणका लागि यसै भृकुटीमण्डपमै सन् २०१९ मा ब्यान्डले कन्सर्ट गरेको थियो । 

“केटाकेटीलाई शिक्षाको उज्यालो देखाउनु र आश्रय नपाएकाहरूलाई बाँच्ने आधार तयार पार्नुजत्तिको पवित्र कर्म अरू कुनै छैन,” सरकारी विद्यालयकै निम्ति यसअघि धेरै वर्षसम्म मुलुकभर सङ्गीत अभियान चलाउनुभएका अमृत भन्नुहुन्छ, “पुण्य कमाउने हो भने आआफ्नो ठाउँबाट गच्छेअनुसारको दान गर्न आजैबाट सुरु गर्नुस् ।” कार्यक्रमको अन्त्यतिर सधैँजस्तै नेपथ्यको सर्वकालिक हिट गीत ‘रेशम’ र ‘तालको पानी’ गाइएको थियो भने अन्तिममा ‘रातो र चन्द्रसूर्जे’बाट बिट मारिएको थियो । यसरी मानवताका लागि नेपथ्यले मुलुकभरको एक महिना लामो यात्रा सम्पन्न गरेको थियो ।