• २४ असोज २०८२, शुक्रबार

‘नेपाली सेनाले शान्ति सुरक्षाका लागि पहल लिएको हो’

blog

फाइल तस्बिर

काठमाडौँ, असोज २४ गते। नेपाली सेनाले आन्तरिक सुरक्षामा पर्न सक्ने असरलाई वस्तुपरक ढङ्गले मूल्यांकन गरेर छिटोभन्दा छिटो शान्ति सुरक्षा कायम गर्ने उद्देश्यका साथ पहल लिएको जानकारी गराएको छ।

नेपाली सेनाले शुक्रबार विज्ञप्ति जारी गर्दै भदौ २३ र २४ गतेको विषम परिस्थितिलाई सामान्यकरण गर्ने सम्बन्धमा नेपाली सेनाले वहन गरेको भूमिकाप्रति विद्वतवर्ग, समाजसेवी, सञ्चारकर्मी तथा आम नागरिकबाट प्राप्त रायसुझाव तथा समालोचनात्मक अभिव्यक्तिप्रति आभार व्यक्त गरेको छ। 

हालको संवेदनशील अवस्थामा विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत संस्था र नेतृत्वलाई जोडेर विभिन्न प्रकारका टिकाटिप्पणी र धारणाहरु सम्प्रेषण भएकोमा नेपाली सेनाले ध्यानाकर्षण गराएको छ।

नेपाली सेनाको विज्ञप्तिमा भनिएको छ, आन्तरिक सुरक्षामा पर्न सक्ने असरलाई वस्तुपरक ढङ्गले मुल्याङ्कन गरी छिटोभन्दा छिटो शान्ति सुरक्षा कायम गर्ने उद्देश्यका साथ नेपाली सेनाले आवश्यकता अनुसार पहलता लिएको अवगत गराउन चाहन्छौं।’ 

नेपाली सेनाको धारणा र गतिविधि नियमित रुपमा प्रेस विज्ञप्ति, प्रेस नोट र आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको जानकारी गराउँदै यथार्थपरक सूचना सम्प्रेषण गर्न आम जनसमुदायमा अपिल समेत गरिएको छ।