प्रेम दिवस अर्थात् ‘भ्यालेन्टाइन डे’ । यसको मुख्य उद्देश्य भनेको प्रेमी र प्रेमिकाले आफ्नो प्रेमभाव आपसमा दर्साउनु हो । कसैले कार्डको माध्यमबाट आफ्नो प्रेम व्यक्त गर्छन् भने कसैले फूलको ।
पुण्यमाता र रोशी नदीको पावन सङ्गम, जहाँ ढुङ्गा ढुङ्गामा इतिहास मुस्कुराउँछ र हरेक बस्तीमा प्राचीन संस्कृतिको छाप छ, त्यही पवित्र भूमि पनौतीको काखमा जन्मिनुभएका एक शब्दशिल्पी हुनुहुन्छ सूर्यप्रसाद लाकोजू । २०५४ सालमा ‘फूल’ कविताबाट सुरु भएको उहाँको सिर्जनात्मक यात्रा अहिले एउटा यस्तो सागर बनेको छ, जहाँ साहित्य, शिक्षा र संस्कृतिका अनगन्ती लहर एकसाथ ठोकिन्छन् ।
माघ २४ गते काठमाडौँको बिहानी आकाश अलिक धमिलो थियो । ठिहीले कामिरहेको सहर पूर्ण रूपमा ब्युँझिन नपाउँदै एउटा खबरले मुटु नै चिसो बनाइदियो, ‘राते काइँला अब रहेनन् ।’ नेपाली चलचित्रको पर्दामा जसको नाम सुन्नेबित्तिकै दर्शकको आङ जिरिङ्ङ हुन्थ्यो, जसको एउटै हेराइले । नायकको वीरतालाई समेत चुनौती दिन्थ्यो, तिनै सुनील थापा शनिबार सधैँका लागि मौन हुनुभएको छ ।
सङ्गीत केवल श्रवण आनन्दको माध्यम मात्र नभई आत्मालाई झङ्कृत गर्ने गहन साधना हो । वास्तविक सङ्गीतले मानिसको अन्तस्करणलाई स्पर्श गर्नु पर्छ तर वर्तमान समयमा केही सिर्जनामा ‘आत्मारञ्जन’ भन्दा ‘सस्तो लोकप्रियता’ को मोह हाबी भएको देखिन्छ ।
जब अपराध कथा केवल रहस्य समाधान गर्नुभन्दा बाहिर जान्छन् र मानव मानसिकतामा डुब्छन्, तिनीहरूको प्रभाव फरक हुन्छ । चलचित्र ‘दलदल’ पनि त्यस्तै एउटा वेब शृङ्खला हो, जसले कसरी र कुन परिस्थितिमा अपराध उत्पन्न हुन्छ भन्ने कथालाई दर्शाउँछ । चलचित्रको पहिलो शृङ्खला सात भागमा प्रस्तुत गरिएको छ । प्रत्येक शृङ्खलामा फरक कथा समेटिएका छन् । चलचित्रभित्र यस्ता शृङ्खला छन् जहाँ एकपछि अर्को भाग आफ्नै सिर्जनाको दलदलमा गहिरो तरिकाले अपराध भुमरीमा डुब्दै जान्छन् ।
देश निर्वाचनमय बन्दै जाँदा यसको प्रभाव नेपाली चलचित्र क्षेत्रमा पनि देखिँदै छ । एकातिर कलाकार चुनावी मैदानमा होमिएको अवस्था छ भने अर्कोतफ प्रदर्शनरत भइरहेका र प्रदर्शनको लाइनमा रहेका चलचित्रको व्यापारिक अवस्था कस्तो हुने हो भन्ने अन्योलमा चलचित्रकर्मीहरू रहका छन् ।
नेपाली समाजमा एउटा स्थापित भाष्य छ, ‘कलाकार देशका गहना हुन्’ तर समय बदलिएको छ । हिजोसम्म पर्दामा समाजको ऐना देखाउने र मञ्चमा संस्कृति जोगाउने कसम खाने कलाकार आज देशको नीति निर्माण गर्ने थलो संसद्को कुर्सी खोज्न राजनीतिको मैदानमा उत्रिएका छन् । निर्वाचनको मिति नजिकिँदै गर्दा ‘स्क्रिप्ट’ कण्ठ गर्ने ओठ अहिले राजनीतिक घोषणापत्र र चुनावी नारा घन्काउन व्यस्त देखिन्छन् । निर्वाचन नजिकिँदा राजनीतिक दलका कार्यालयमा अहिले सुटिङ युनिटको भन्दा बढी चहलपहल
सामाजिक सञ्जाल ‘टिकटक’ अहिले नेपालमा लोकप्रिय बन्दै गइरहेको छ । टिकटकको प्रयोगले धेरै चर्चित बनेका छन् । टिकटकका माध्यमबाट छोटो भिडियो बनाएर आफूलाई प्रस्तुत गर्दै लाखौँ
रङहरू एउटा यस्तो मौन भाषा हो, जसले शब्दले स्पर्श गर्न नसक्ने हृदयका गहिरा भावनालाई क्यानभासमा जीवन्त तुल्याउँछ । यो केवल कलाकारको कल्पना मात्र होइन, बरु समाजको ऐना र सभ्यताको सुन्द
प्रविधिको तीव्र विकाससँगै कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स–एआई) ले मानव जीवनका हरेक क्षेत्रमा हस्तक्षेप गरिरहेको छ । विशेष गरी कला र सङ्गीतको क्षेत्रमा एआईको प्रवेशले एउटा नयाँ बहस छेडिदिएको छ । हिजोआज सामाजिक सञ्जाल र युट्युबमा यस्ता गीतहरू छ्यापछ्याप्ती सुनिन्छन्, जसलाई सुनेर यो मानवले गाएका हुन् कि मेसिनले भनेर छुट्याउनै कठिन भइसकेको छ ।
शनिबारबाट सुरु भएको स्वस्थानी महास्नानमा सहभागी हुन आउनुभएका बालाजुका राजु दाहाललाई काठमाडौँको चिसो मौसम भए पनि शालीनदीमा भक्तिपूर्वक स्नान गर्दा आनन्द अनुभूति गर्नु भयो । निक्कै प्रसन्न देखिनुभएका दाहालको अनुहारमा धार्मिक आस्था र स्वस्थानी व्रतप्रतिको विश्वास अझ बढी झल्किन्थ्यो ।
पछिल्ला एक/ दुई वर्ष व्यावसायिक हिसाबले बलिउडका लागि राम्रो ठहरिएको छ । अझ सन् २०२५ पछिल्लो वर्षभन्दा राम्रो वर्ष साबित भएको छ । यो वर्ष बलिउडका चलचित्र ‘ग्राफ’ पनि उच्च रह्यो ।
चलचित्र ‘अवतार : फायर एन्ड एस’ जेम्स क्यामरुन निर्देशित अवतारको तेस्रो शृङ्खला हो । ‘अवतार’ (२००९) र ‘अवतार : द वे अफ वाटर’ (२०२२) ले दर्शकबाट राम्रो प्रतिक्रिया बटुलेको थियो । अहिले तेस्रो शृङ्खलाबाट दर्शकले राम्रो अपेक्षा राखे पनि अपेक्षाअनुरूपको चलचित्र दर्शकले पाएनन् । चलचित्र ‘अवतार’ लाई जसरी एउटा ठुलो चलचित्र जसभित्र भिन्न संसार र अद्भुत प्रविधिबारे देखाइएको थियो ।
प्रधानमन्त्री सुशीला कार्कीले सरकारले जति काम गरे पनि बाहिरबाट आलोचना मात्रै हुने गरेको बताउनुभएको छ ।
क्रिसमस र अङ्ग्रेजी नयाँ वर्ष लगभग सँगसँगै पर्ने भएकाले काठमाडौँलगायत देशका ठुला सहरमा क्रिसमसको बेग्लै रौनक छ । क्रिसमसको रौनकसँगै यसको मनाउने तौरतरिकामा भने तडकभडक देखिन थालेका छन् । सबैतिर झिलिमिली बत्तीमा सजिएका ‘क्रिसमस ट्री’ र ‘सान्टा क्लज’ को राता लुगाको पहिरनमा अधिकांशले ‘हेप्पी क्रिसमस डे’ भन्दै शुभकामना साटासाट गरेको देखिन्छ । दसैँ, तिहार, इद जस्ता चाडमा रमाउनेहरू अब क्रिसमसमा पनि उत्तिकै रमाइरहेका भेटिन्छन् ।