काठमाडौँको जमलस्थित ‘एल्लो प्यागोडा होटेल’ को भान्सामा यतिबेला युद्धस्तरमा काम भइरहेको छ । भाँडाको आवाज, मसलाको सुगन्ध र ओभनको रापबिच एक जना व्यक्ति निकै शान्त मुद्रामा देखिनुहुन्छ । सेतो सुकिलो कोट र शिरमा ककर्ड सेफ ह्याट (टोपी) लगाउने राम खड्काको हातमा एउटा चक्कु छ र अगाडि विभिन्न तरकारी । उहाँको काट्ने शैलीमा यस्तो निपुणता छ, मानौँ कुनै कलाकारले क्यानभासमा कुची चलाइरहेको छ तर यी सिपालु हात र सुकिलो पोसाकको पृष्ठभूमिमा ओखलढुङ्गाका पहाड, अभावका काला रात र आँसुले निथ्रुक्क भिजेका विगतका पाना लुकेका छन् ।
छिमेकी भारतमा कलाकारप्रतिको ‘क्रेज’ थामिनसक्नुको छ । कलाकारलाई देवता झैँ पुज्ने भारतमा कलाकार बिरामी हुँदा वा दुर्घटनामा घाइते हुँदा उनीहरूको कामनाका लागि ठुला पूजा मात्र होइन व्रत नै बस्ने गरिन्छ ।
‘राजवैद्य’ का थुप्रै पुस्ताले मल्लकालदेखिका राजपरिवार र खानदान घरानाको नाडी छामेर रोग पहिचान गरे । जडीबुटी खोजे, कुटे र आयुर्वेद ज्ञानमा अब्बलता हासिल गरे तर त्यही ‘
कथाकार गुरुप्रसाद मैनालीको चर्चित कथासङ्ग्रह नासोभित्रको उत्कृष्ट कथा हो, ‘परालको आगो’ । यस कालजयी कृतिलाई पहिलो पटक निर्देशक प्रताप सुब्बाले पर्दामा उतार्नुभएको थियो । त्यसबेला
काठमाडौँको हात्तीगौँडामा जन्मिनुभएकी रङ्गकर्मी सिर्जना अधिकारी नेपाली नाट्य र चलचित्र क्षेत्रमा एक स्थापित नाम हो । उहाँको कला यात्राको जग विद्यालय जीवनमै बसिसकेको थियो । अग्रज रङ्गकर्मी अशेष मल्लका सडक नाटकबाट प्रभावित भएकी सिर्जनाले कक्षा ९ मा अध्ययनरत रहँदा आफ्नै काकाको प्रेरणा र आमाको प्रोत्साहनबाट अभिनयको श्रीगणेश गर्नुभयो । विद्यालयस्तरदेखि नै देशका विभिन्न दुर्गम जिल्लामा पुगेर सडक नाटकमार्फत सामाजिक चेतना फैलाएकी उहाँले पछि अनुप बरालको एक्टर्स स्टुडियोमा व्यावसायिक प्रशिक्षण लिएपछि आफूलाई एक परिपक्व कलाकारका रूपमा उभ्याउनुभयो ।
नेपाली चलचित्र जगत्मा कहिल्यै नमेटिने छाप छाड्न सफल नाम हो, तुलसी घिमिरे । ‘कुसुमे रुमाल’ देखि ‘दर्पणछाया’ सम्मका कालजयी चलचित्र पस्किसक्नुभएका घिमिरेको निर्देशकीय जादु पुनः पर्दामा हेर्न दर्शकले लामो समय प्रतीक्षा गर्नु प¥यो । ठ्याक्कै यही सन्दर्भमा, चलचित्र ‘पहाड’ को सबैभन्दा सबल र आशालाग्दो पक्ष भनेकै यिनै दिग्गज निर्देशकको ठुलो पर्दामा भएको पुनरागमन हो । मौलिक कथा वाचन र मानवीय संवेदनालाई पर्दामा उतार्न खप्पिस घिमिरेले यस पटक चलचित्रको गम्भीर समस्यालाई आफ्नो क्यानभास बनाउनुभएको छ । यद्यपि बदलिँदो समय र दर्शकको बदलिएको रुचिका बिच उहाँको चलचित्रले हलसम्म दर्शकलाई कत्तिको आकर्षित गर्न सक्छ, त्यो भने भविष्यकै गर्भमा छ ।
घरबाटै जिम सुरु गर्नुभएका उहाँ यतिबेला खेलाडी मात्र हुनुहुन्न, राष्ट्रिय/अन्तर्राष्ट्रिय निर्णायक/प्रशिक्षकको भूमिकामा पनि परिचित हुनुहुन्छ । विसं २०५५ मा मिस्टर धर्मश्री बडिबिल्डिङ च्याम्पियनसिपको उपाधि जितेपछि उहाँको उचाइ बढ्दै गयो । नेपाल स्ट्रेथ लिफ्टिङ महासङ्घको महासचिव र विश्व स्ट्रेथ लिफ्टिङ महासङ्घको कार्यकारी सदस्यसमेत रहनुभएका कपिलवस्तुका जीवन गिरीले धेरै चुनौती पार गर्दै यो उचाइ हासिल गर्नुभएको हो ।
भारतीय पाश्र्वगायनकी शिखर व्यक्तित्व आशा भोसलेको कोकिलकण्ठी आवाज गुञ्जिरहे पनि उहाँको भौतिक शरीरले यस धराबाट विश्राम लिएको छ । करोडौँका मनमा अमिट छाप छाड्न सफल आशाका कर्णप्रिय स्वरले साङ्गीतिक मनहरूलाई युग युगसम्म उद्वेलित बनाइनै रहने छ । जसको स्वरमाधुरी आवाजले नेपाली सङ्गीत पारखीलाई बर्सौंदेखि मुग्ध पारिरहेको थियो । करोडौँ मनमुटुलाई आफ्नो जादुमयी स्वरले हल्लाइदिने आशा नेपाली गीतसङ्गीत अनुरागीका लागि पनि उत्तिकै रुचाइने नाम हो । जोसँग नेपाली गीतसङ्गीतको साइनो सम्बन्ध दशकौँ पुरानो छ । वसन्त नै बस्न खोज्छ यहाँ लोलाएर
विसं २०८२ हामीबिच बिदा हुँदै छ । नयाँ उत्साह र उमङ्गका साथ नयाँ वर्ष २०८३ ले हामीलाई स्वागत गर्दै छ । गएको वर्ष देशमा जेनजी आन्दोलनदेखि लिएर निर्वाचनसम्म भए । सर्वसाधारणले आशा र भरोसाका साथ देशमा नयाँ शक्तिलाई सरकार चलाउन जिम्मा दिएको छ । देशमा गत वर्ष आर्थिक, राजनीतिक, सामाजिक क्षेत्रमा उतारचढाव आउँदै गर्दा चलचित्र क्षेत्र पनि यसबाट अलग हुन सकेन । गत वर्ष ५६ वटा चलचित्र प्रदर्शनमा आउँदा केहीले मात्रा उल्लेखीय व्यापार गरे भने अधिकांशको स्तर औसत रह्यो । केही नयाँ अनुहारलाई दर्शकले मन पराए भने पुराना कलाकारको क्रेज त्यति धेरै चलेन ।
नेपाली सेनाबाट स्वैच्छिक अवकाश लिएका लेफ्टिनेन्ट कर्नेल डा. खेमबहादुर क्षेत्री साधना, साहस र सृजनाका प्रतिविम्ब हुनुहुन्छ । सैन्य पोसाकभित्र एउटा कठोर योद्धा, प्राज्ञिक क्षेत्रमा एक गहिरो अध्येता र कलाको मञ्चमा एक भावुक सर्जकका रूपमा उहाँ चिनिनुहुन्छ ।
बलिउडका चलचित्रले एक सय करोडको व्यापार गर्नु अब औसत भइसक्यो । कुनै बेला ‘खान’ अभिनीत जुनसुकै चलचित्रले करोडको व्यापार गर्नुलाई सामान्य लिइन्थ्यो तर अहिले समय फेरिएको छ, खानहरूको विरासतलाई तोड्दै नयाँ पुस्ताका अभिनेताले एकपछि अर्को रेकर्ड तोडिरहेका छन् । व्यापार अब एक करोडमा होइन, पाँच सय र हजारभन्दा माथि पुगेको छ ।
नेपाली चलचित्र र म्युजिक भिडियोको आकाशमा पछिल्लो समय प्रविधिको जुन चमक देखिएको छ, त्यसको पृष्ठभूमिमा केही यस्ता शिल्पी छन् जसले दृश्यको भाषालाई नै बदलिदिएका छन् । यो आधुनिक दृश्य क्रान्तिका एक अविचल र दरिलो खम्बा हुनुहुन्छ, रूपेश थापा । सन् २०१० को दशकदेखि सुरु भएको उहाँको क्यामराको यात्राले एक दशकभन्दा लामो अनुभव बटुलिसकेको छ । अस्कर इन्टरनेसनल कलेजबाट चलचित्र मेकिङमा स्नातक थापाले आफ्नो सिर्जनात्मक लेन्समार्फत नेपाली मिडियालाई वैश्विक र सिनेम्याटिक स्वरूप दिन महत्वपूर्ण भूमिका खेल्दै आउनुभएको छ ।
फरक फरक भूमिकाबाट दर्शकको मन जित्दै आउनुभएका भारतीय चलचित्र अभिनेता अनिल कपुर अभिनीत चलचित्र ‘सुबेदार’ यतिबेला ओटिटीमा प्रदर्शनरत छ । उमेरले ६० काटेर पनि अभिनयको जादु छर्दै आउनुभएका कपुरको यस चलचित्रलाई भने दर्शकले त्यति रुचाएको देखिएन । गत हप्ता प्रदर्शनमा आएको चलचित्र व्यापारिक रूपमा सफलता नपाउने बाटोमा छ । सुरेश त्रिवेणी निर्देशित चलचित्रले एक सेवानिवृत्त सेना अधिकारीको आन्तरिक द्वन्द्व र माफियासँगको लडाइँलाई चित्रण गर्ने प्रयास गरेको छ ।
कलाकारलाई देशको गहनाका रूपमा मात्र व्याख्या गरिँदै आए पनि यो भाष्यलाई कलाकारले तोड्ने भएका छन् । टेलिभिजन र ठुलो पर्दामा मात्र देखिँदै आएका कलाकार अब वास्तविक रूपमा राजनीतिक मञ्चमा देखिने पक्का भएको छ ।
कलाकारको मनभित्र गुम्सिएर बसेको भावना व्यक्त गर्ने माध्यम हो ‘अन्तर्दृष्टि’ । जसलाई कलाकार आफैँले आफ्नो मनसँग सोधेर बनाएको एउटा विचार पनि भन्न सकिन्छ । अर्को अर्थमा भन्नु पर्दा मनभित्रको विचार । यही मनभित्रको विचारलाई पोख्न ठमेलस्थित छाया सेन्टरमा सङ्गी श्रेष्ठका ‘अन्तर्दृष्टि’ शीर्षकमा एकल कला प्रदर्शनी भइरहेको छ ।